काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आधा बाटोबाटै काठमाडौं फर्किएका छन्।
हेली एभरेस्टको दर्ता नम्बर ‘९एन–एओबी’ हेलिकप्टरमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहान ९:१२ बजे काठमाडौंबाट झापाका लागि उडेका थिए। तर करिब आधा घण्टाको उडानपछि हेलिकप्टर झापा नपुगी काठमाडौं नै फर्किएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार हेलिकप्टर ओखलढुंगाको आकाशमाथि पुगेपछि काठमाडौं फर्किएको थियो। विमानस्थल स्रोतले मौसम वा हेलिकप्टरमा प्राविधिक समस्या नभएको जनाएको छ। ‘काठमाडौं फर्किनुपर्ने खालको खराब मौसम थिएन। उहाँहरूले सुरक्षाको कारण देखाउँदै हेलिकप्टर फर्काउन भन्नुभएको हो,’ स्रोतले बतायो।
यता बालेनको सचिवालयले भने सुरक्षाकै कारण हेलिकप्टर फर्किएको दाबी गरेको छ। सुरक्षा निकायबाट झापा जाँदा सुरक्षा चुनौती बढ्न सक्ने जानकारी आएपछि नआइदिन अनुरोध गरिएको भन्दै सचिवालयले फर्किएको जनाएको छ।
तर जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ९एसपी० बसुन्धरा खड्काले भने आफूहरूले सुरक्षाका कारण नआइदिन नभनेको स्पष्ट पारेकी छिन्।
‘हामीले सुरक्षाको कारण देखाउँदै नआइदिन भनेका छैनौं। यहाँ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ,’ एसपी खड्काले भनिन्, ‘उहाँहरू आफैंले सुरक्षा चुनौती हुन सक्छ भनेर फर्किनुभएको भए त्यसबारे हामीलाई जानकारी छैन।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: