काठमाडौँ । प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैठौं) शंकरप्रसाद सुवेदीसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैँकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरले आफ्नो जिम्मामा रहेको सार्वजनिक संस्थाको सम्पत्ति हानि नोक्सानी तथा दुरुपयोग गर्ने बदनियत राखी रकम हिनामिना गरेको देखिएको छ ।
उहाँका अनुसार प्रदेश अस्पताल, सुर्खेतमा मिति २०८० साउन १ गते देखि २०८१ साउन ३२ सम्मको अवधिमा सङ्कलन भएको राजस्व रकम ३४ लाख तिन हजार ८५६ रुपियाँमध्ये आठ लाख ३६ हजार ३३० रुपियाँ रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी २५ लाख ६७ हजार ५२६ रुपियाँ रकम हिनामिना गरे गराएको देखिएको छ ।
आयोगका अनुसार, लेखा अधिकृत सुवेदी र तृप्ति शाही ठकुरी भन्ने तृप्ती शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
यसैगरी, प्रदेश अस्पताल, सुर्खेतस्थित रहेको कुमारी बैँकको एकस्टेन्सन काउन्टरको तत्कालीन ईन्चार्ज गोमा सिंजाली भन्ने गोमा सिंजाली मगरविरुद्ध २४ लाख दुई हजार ९० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार निवारण् ऐन, २०५९ को दफा १७ बमोजिम उनीहरूविरुद्ध बिगो असुल हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - १०:२८
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्याल...
आषाढ़ १२ गते, २०८३ - १०:०७
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित...
आषाढ़ १२ गते, २०८३ - ०७:४०
काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...
आषाढ़ १२ गते, २०८३ - ०७:३६
काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...
आषाढ़ १२ गते, २०८३ - ०७:३४
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...
आषाढ़ १२ गते, २०८३ - ०७:३१
ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...
आषाढ़ १२ गते, २०८३ - ०७:०९
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...
आषाढ़ १२ गते, २०८३ - ०७:०८
सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...
आषाढ़ १२ गते, २०८३ - ०७:०६
काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...



प्रतिकृया लेख्नुहोस्: