काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गरेको हो ।
अध्यक्ष दाहालले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न आग्रह गरे। उनले भने, “हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ, यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो ।”
सङ्घीय निजामती सेवा र विद्यालय शिक्षाजस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष दाहालले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराए। उनले थपे, “संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौँ ।”
अध्यक्ष दाहालले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिए । उनका अनुसार विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र सङ्घीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ ।
“यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु । तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ”, उनले भने । उनले सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी आधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिए।
अध्यक्ष दाहालको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - ०७:४०
काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...
आषाढ़ १२ गते, २०८३ - ०७:३६
काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...
आषाढ़ १२ गते, २०८३ - ०७:३४
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...
आषाढ़ १२ गते, २०८३ - ०७:३१
ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...
आषाढ़ १२ गते, २०८३ - ०७:०९
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...
आषाढ़ १२ गते, २०८३ - ०७:०८
सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...
आषाढ़ १२ गते, २०८३ - ०७:०६
काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...
आषाढ़ ११ गते, २०८३ - १९:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...
आषाढ़ ११ गते, २०८३ - १७:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...
आषाढ़ ११ गते, २०८३ - १६:५३
काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...



प्रतिकृया लेख्नुहोस्: