Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

मधेश प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित

खबरडबली संवाददाता

जनकपुर। मधेश प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।

बजेटमाथि जारी सामान्य छलफलको लागि बिहीबार १ बजे सभाको पाँचौँ अधिवेशनको १३औं बैठक बोलाइएको थियो । 

बैठक सुरु हुनुअगावै एक सूचना जारी गरेर बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख रामचन्द्र मण्डलको आदेश आएपछि बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । 

जारी सूचनामा भनिएको छ, ‘‘आव २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने बजेट ब्यक्तव्य मिति २०८२।३।१२ गते दिनको १ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक अर्कोसूचना नहुन्जेलसम्मको लागि स्थगीत गरिएको छ ।’’ ।

बिहीबारको मधेश प्रदेश सभा पाँचौ अधिवेशन १३ औं बैठकको दैनिक कार्यसूची अनुसार मधेश प्रदेश सरकारको आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने उल्लेख गरिएको छ । 

छलफलमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री सुनिलकुमार यादवले दिने कार्यसूचि जारी गरिएको थियो ।

त्यसपछि व्यवस्थापन कार्यअन्तर्गत विनियोजन विधेयक, २०८२ सभामा प्रस्तुत गर्ने कार्यसूचीमा रहेको सचिव कोइरालाले जानकारी दिए।

सभाको चालु अधिवेशनको असार १ गते ११ औं बैठकमा अर्थमन्त्री यादवले आ।व। २०८२/०८३ को राजश्व र व्यय (बजेट वक्तव्य) प्रस्तुत गरेको थिए । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको थिएन । 

त्यसपछि हिजो बुधबार प्रदेश सभाको १२ औ बैठकमा प्रदेश साँसदहरुलाई रेडबुक ९रातो० किताब वितरण गरिएको थियो । बुधबारको बैठकमा दुई जना साँसदलाई मात्र राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी गराइएको थियो । 

रेडबुकमा गहिरो अध्ययन नपुगेको भन्दै समामुख मण्डलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने जानकारी दिदै अर्को बैठक २०८२ असार १२ बिहीबार १ बजे बस्ने गरी स्थगित गरेको थिए। 

स्थगित अघि सो बैठकमा जनता समाजवादी नेपालका प्रदेश साँसद तथा प्रमुख सचेतक रामअशिष यादव र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश साँसद रमिता प्रधानलाई मात्र राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सहभागी गराइएको थियो । 

मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वमा गठबन्धन सरकार छन । मधेश प्रदेश सरकारले सार्वजनिक गरेको रेडबुक अध्ययन गरेपछि सत्ता नेतृत्व जनमत पार्टीभित्रै व्यापक असन्तुष्टिहरु व्यक्त गरिएको छ । 

सभामा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले पार्टीको नीति, सिद्धान्त, र भिजनलाई वास्ता नगरी बजेट ल्याएकोले हाम्रो व्यापक असन्तुष्टि रहेको बताए। सो विषयमा पार्टीको संसदीय दलको बैठकले उचित निर्णय लिने उनले जानकारी दिए। 

मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले हामी साँसदहरु बजेट ब्यक्तव्यको गहिरो अध्ययनमा रहेको बताए। बजेट वक्तव्य अध्ययनको क्रममा रहेकोले, कहाँ के त्रुटि, वा कुन माननीयको कुन योजना छुटेको हो भने बारेमा अहिलेसम्म कतैबाट आधिकारिक जानकारी आएको छैन, उनले भने, यदि बजेटमा त्रुटि छ भने छलफल गरेर समाधान गर्छौ ।

यता प्रतिनिधि सभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत ९सिके राउत० ले आफनो सामाजिक सञ्जालको सचिवालय पेजमा बुधबारै मधेश प्रदेशको बजेटमाथि विरोध गर्दै नकारात्मक टिप्पनी गरिएपछि पार्टीभित्रका असन्तुष्टिहरु सतहमा आएका हुन । 

राउतको सचिवालय पेजमा मधेश सरकारको वार्षिक कार्यक्रम २०८२र८३ ९रेडबुक० आएको उल्लेख गर्दै जनमत पार्टीले लिएको नीति, सिद्धान्त र ‘भिजन’ बाट हामी वञ्चित भएको आभाष भएको बताउनु भएको छ । जनमत पार्टीका अधिकांश योजनाहरू परेका छैनन्, न त पार्टीले राखेका गौरवका योजनाहरूरभिजनरी कार्यक्रमहरू नै परेको छ, उल्लेख गरिएको छ ।

बिचौलिया वा अन्य पार्टीका माध्यमबाट राखिएका कार्यक्रमहरूमा २५–५० लाख, दुई करोड, चार करोड बजेट राखिएको छ भने जनमत पार्टीले सिफारिश गरेका कार्यक्रम परी हाले पनि पाँचरपाँच लाख बजेट छुट्टयाइएको पेजमा आलोचनात्मक टिप्पनी गरिएको छ । 

तल र माथि ‘सिरियली’ अरूको योजनामा २५–५० लाख, वा करोडको बजेट छ, तर बीचमा मैले नै दिएको मेरै निर्वाचन क्षेत्र सप्तरी  २ को योजना आयो भने पाँचरपाँच लाखको बजेट छ, सचिवालय पेजमा आक्रोश व्यक्त गरिएको छ ।

यस्तै असन्तुष्टिहरुको कारणले प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित गरिएको प्रदेश साँसदहरुको बुझाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीका सल्लाहकारलाई प्रश्न: रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

रास्वपामा महाधिवेशन: प्रतिनिधि विवाद कायमै, केन्द्रीय सदस्य उम्मेदवारको सूची अझै सार्वजनिक भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending