Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

जन्मसिद्ध नागरिकताबारे अमेरिकी सर्वोच्चले आज निर्णय गर्ने

खबरडबली संवाददाता

अमेरिका। अमेरिकाभित्र जन्मेका प्रत्येक बालबालिकाहरु स्वत: अमेरिकाको जन्मसिद्ध नागरिक हुन्छन् कि हुन्नन् भन्ने कुराको फैसला शुक्रबार साँझ हुने भएको छ ।

यस विषयमा गत मे १५ मा सर्वोच्च अदालतले सुनुवाइ गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिवक्ताहरुले सर्वोच्चका नौ जना न्यायाधीशहरुसमक्ष आफ्नो दलील पेस गरेको थिए ।

अमेरिकी समाचारपत्रका अनुसार, अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी समय अनुसार शुक्रबार साँझसम्ममा यसको निर्णय दिने भएको छ । अमेरिकाको संविधानको १४ औँ संशोधनमा केही अपवादलाई छोडेर अमेरिकाभित्र जन्मने प्रत्येक बालबालिकाहरु स्वत: अमेरिकाको जन्मसिद्ध नागरिक हुने व्यवस्था गरिएको छ ।

विगत एक सय ५७ वर्षदेखि चल्दै आएको यो संवैधानिक व्यवस्थामाथि वर्तमान राष्ट्रपति ट्रम्प अनुदार थिए। त्यसैले उनले यो व्यवस्थालाई खारेज खारेज गर्न राष्ट्रपति भएको पहिलो दिनमै कार्यकारी निर्देशन जारी गरेको थिए । तर तल्लो अदालतले ट्रम्पको यो निर्देशनमाथि चुनौती दिँदै राष्ट्रपतिको यो कदम असंवैधानिक छ भनेर रोकेपछि यो मुद्दा सर्वोच्चमा पुगेको थियो ।

राष्ट्रपति ट्रम्प जन्मसिद्ध नागरिक हुने व्यवस्थामाथि परिवर्तन गर्न चाहनुहुन्छ । उनको भनाइ छ स्वत: नागरिक हुनका लागि अमेरिकामा जन्मेको बच्चाको बाबु वा आमामध्ये एकजनासँग कम्तीमा पनि अमेरिकाको नागरिक वा ग्रिन कार्ड हुनुपर्छ । संविधानमा भएको १४ औँ संशोधन दासहरुसँग मात्र केन्द्रित भएकाले अहिलेको समयमा पनि त्यही अवस्था भइराख्न नहुने उनको तर्क छ । यदि यो तरिकाले हेर्ने हो भने हामी मुद्दा जित्छौँ उनी भन्न्छन् ।

तर ट्रम्पको यो विवादास्पद कदमलाई लिएर अमेरिका विभाजित भएको थियो । कुनै राज्यले यसको समर्थन गरेका थिए भने केही सङ्घीय तथा राज्य न्यायाधीशहरुले संविधानमाथिको यो हमला सैह्य नहुने चेतावनी दिँदै यसलाई अस्वीकृत गरेका थिए । त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको हो र यसको निर्णय आज हुने भएको हो ।

यो निर्णय कस्तो आउला र के आउला भन्ने खुल्दुली आम जनमानसमा छ । सर्वोच्चले ट्रम्पको कदममा समर्थन जनायो भने अब जन्मने बालबालिकाका लागि मात्र यो नियम लागू हुने जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।  फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...

जनकपुरमा होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । धनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्न...

जेनजी आन्दोलनको छानबिन तथा अनुसन्धान प्रतिवेदन माग्दै मानव अधिकार आयोगमा ओलीले पठाए पत्र

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानबिन तथा अनुसन्ध...

गर्मी भत्ता दुरुपयोगको आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्र प्रदर्शन

विराटनगर । मोरङ जिल्ला कारागारका कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीको पक्ष र विपक्षमा शनिबार कारागारभित्र प्रदर्शन...

सल्यानमा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव

सल्यान । सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि नि:शुल्क वितरण गरिने औषधिको अभाव भएको छ । यहाँका अस्पतालहरूमा उच्च रक्तचाप, मधुमेह, मान...

सरकारले ११ खर्ब १२ अर्ब राजश्व उठायो, पूँजीगत खर्च सुस्त

काठमाडौँ। चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व सङ्कलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिस...

नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न समन्वय र सहकार्य आवश्यक छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकार भएका सबै निकायबिच प्रभावकारी समन्वय र सहकार्...

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending