ओस्लो । नर्वे सरकारले सन् १९९० को तुलनामा सन् २०३५ सम्ममा हरितगृह ग्यास उत्सर्जन ७० देखि ७५ प्रतिशतसम्म घटाउने उद्देश्यसहितको नयाँ र महत्वाकांक्षी जलवायु लक्ष्य घोषणा गरेको छ ।
यो प्रतिबद्धता बिहीबार सार्वजनिक गरिएको अद्यावधिक ‘राष्ट्रियरूपमा निर्धारण गरिएको योगदान’ अन्तर्गत प्रस्तुत गरिएको हो । नर्वेका जलवायु तथा वातावरण मन्त्री माननीय आन्द्रेयास ब्जेलान्द एरिक्सनज्यूले यस लक्ष्यलाई अत्यन्त महत्वका साथ प्रस्तुत गर्दै भने, “आज हामीले पेरिस जलवायु सम्झौताअन्तर्गत नर्वेले गरेको प्रतिबद्धता पूरा गरेका छौँ भन्नेमा म अत्यन्त सन्तुष्ट छु । यो सम्पूर्ण देशका लागि गर्वको कुरा हो ।”
उक्त लक्ष्य यसै महिना नर्वेको संसदबाट पारित गरिएको हो । पेरिस सम्झौताको प्रावधानअनुसार, सहभागी राष्ट्रहरूले हरेक पाँच वर्षमा आफ्नो जलवायु सम्बन्धी प्रतिबद्धता थप मजबुत बनाउँदै लैजानुपर्छ । मन्त्रीज्यूले थप जानकारी दिँदै भने, “पेरिस सम्झौता लागू हुनु अघि विश्व तापक्रम झन्डै ४ डिग्री सेल्सियसले वृद्धि हुने प्रक्षेपण गरिएको थियो । तर हालको विश्लेषणअनुसार हालका प्रतिबद्धताहरूले यो वृद्धिलाई करिब २.६ डिग्रीमा सीमित राख्ने सम्भावना देखिएको छ । यसले पेरिस सम्झौता प्रभावकारी भइरहेको पुष्टि गर्दछ ।
जब देशहरूले अझ कडा प्रतिबद्धताहरू ल्याउँदैछन्, हामी विश्व तापक्रम वृद्धिलाई १.५ डिग्रीभित्र सीमित राख्न थप नजिक पुग्न सक्छौँ । नर्वे सरकारले यस लक्ष्यलाई हासिल गर्न देशभित्र उत्सर्जन कटौतीका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै युरोपेली संघसँग सहकार्य गर्ने योजना बनाएको छ ।
मन्त्रीज्यूले अन्त्यमा भने, “नर्वेले यस्ता लक्ष्यहरू निर्धारण गर्नुपर्दछ जसले वातावरण संरक्षणका साथै रोजगारी सिर्जना गर्ने, हरित प्रविधिको विकास गर्ने र दीर्घकालीन प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने कार्यमा समेत टेवा पुर्याओस् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: