काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक संस्था ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’सँग आबद्ध भएर त्यसकै गतिविधिमा केन्द्रित हुने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले आफू सुरुदेखि नै प्रलोपाको कुनै पनि कार्यकारी पदमा नरहेको स्पष्ट पारे। युवा पुस्ताको पहलमा स्थापना हुन लागेको ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’मा आबद्ध रहने प्रतिबद्धता यसअघि नै जनाइसकेको उल्लेख गर्दै अब आफ्नो सक्रियता त्यही संस्थामा सीमित रहने बताए।
पार्टीमा रहँदा सहकर्मीहरूबाट पाएको साथ, सहयोग र आत्मीय व्यवहारप्रति आभार व्यक्त गर्दै उनले सबैलाई धन्यवादसमेत दिएका छन्।
कार्कीले प्रलोपाको विभाजनप्रति टिप्पणी गर्दै पार्टीमा आबद्ध अधिकांश नेता संसदीय राजनीतिमा अल्झिएका दलबाट आएको उल्लेख गरेका छन्। यही कारण धेरैका लागि राजनीति निर्वाचनमा मात्र सीमित हुन पुगेको र वैचारिक अभियानलाई प्राथमिकता दिन नसक्दा पार्टी अपेक्षित दिशामा अघि बढ्न नसकेको उनको निष्कर्ष छ।
उनका अनुसार, यदि निर्वाचनको तयारीभन्दा वैचारिक तथा संगठनात्मक अभियानमा जोड दिइएको भए पार्टीको भविष्य फरक हुन सक्थ्यो। पुराना दलको विकल्प बन्ने उद्देश्यसहित स्थापना भएको प्रलोपा अन्तत: पुन: पुरानै दलहरूसँगको समीकरण र निर्वाचनकेन्द्रित राजनीतिमा अल्झिँदा आफ्नो मूल वैचारिक अडान गुमाउन पुगेको उनले बताएका छन्।
कार्कीले पार्टी विभाजन सौहार्दपूर्ण ढंगले भएको उल्लेख गर्दै दुवै पक्षलाई आगामी यात्राका लागि शुभकामना पनि दिएका छन्।
उल्लेखनीय छ, राम कार्की गत फागुनमा नेकपा ९माओवादी केन्द्र०बाट अलग भएका थिए। त्यसपछि मङ्सिर ७ गते बाबुराम भट्टराई संरक्षक रहेको नेसपा ९नयाँ शक्ति० र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको सन्तोष परियार समूहबीचको एकताबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १२:५६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुरु भएको पुनरावलोकन प्रक्रियाप्रति सम्म...
श्रावण २२ गते, २०८३ - १२:३३
वीरगन्ज। पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला ...
श्रावण २२ गते, २०८३ - १२:१८
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानक...
श्रावण २२ गते, २०८३ - १२:००
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक ...
श्रावण २२ गते, २०८३ - ११:३१
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–१७ मा निर्माण प्रस्ताव गरिएको बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन ग...
श्रावण २२ गते, २०८३ - ११:००
सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार ब...
श्रावण २२ गते, २०८३ - १०:४४
काठमाडौँ। संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार (साउन २२ गते) दिउँसो १:१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त द...
श्रावण २२ गते, २०८३ - १०:२४
काठमाडौं । सरकारले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत पहिलो १५ दिनको बम्पर उपहारको न...
श्रावण २१ गते, २०८३ - २३:२७
पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...
श्रावण २१ गते, २०८३ - २३:१४
कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...



प्रतिकृया लेख्नुहोस्: