Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

विद्याको पुनरागमनमा वरिष्ठ उपाध्यक्ष पोखरेलको समर्थन, दबाबमा ओली

खबरडबली संवाददाता

काठमाडौं । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किनु नौलो नभएको बताएका छन् । राजनीतिक व्यक्ति नै रहेकाले राजनीतिक फर्किन मिल्ने उनले भनाइ थियो । अध्यक्ष केपी ओलीसहित सबैको सल्लाहमा पार्टीमा भण्डारीको जिम्मेवारी तोकिनुपर्ने उनले बताए ।

‘उहाँ दलको प्रतिनिधित्व गरेर राष्ट्रपतिमा जानुभयो । त्यहाँ गएपछि एउटा भूमिका पूरा गर्नुभयो । अब पोलिटिकल मान्छे हो कि होइन भन्ने प्रश्न छन् । पूर्वराष्ट्रपति एउटा पोलिटिकल मान्छे हो । पोलिटिकल मान्छे हो भन्नेमा किन इफ–बट भनेको ? इफ–बटको केही जरुरी छैन,’ पोखरेलले भने, ‘पोलिटिक्स गरेर आएको व्यक्तिमा पोलिटिक्सप्रति रुचि हुन्छ । यो के अनौठो भो ? पोलिटिक्समा रुचि राख्नु उहाँको धर्म हो । अब के गर्ने, कसो गर्ने, त्यो त सल्लाह हुन्छ । अध्यक्षज्यूसँग सल्लाह हुन्छ । हामी सबै बसेर सल्लाह गर्छौँ, र टुंगिन्छ । यसमा तातेको तावामा उफ्रेजस्तो किन गरेको ?’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन नपाए असन्तुष्टिले विस्फोटको रूप लिने चेतावनीसमेत दिए । ‘पार्टीभित्रको द्वन्द्व विधिसम्मत प्रकट हुन दिइएन भने विस्फोट हुन्छ । विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ, विग्रह पैदा गर्छ । त्यस्तो अवस्थामा विग्रह–विद्रोह गर्नेलाई मात्र दोष दिएर पुग्दैन । हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ । असन्तुष्टि निश्चित विन्दुमा पुगेपछि विस्फोट हुन्छ,’ जबजको व्याख्या गर्दै पाखेरेलले भने ।

उनले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि ध्यान दिनुपर्ने औँल्याए । लहडमा नभई धेरै सोच–विचार गरेर पार्टीमा उमेरहदको व्यवस्था गरिएको पनि बताए । ‘त्यसवेला पारित भएका दस्ताबेज जस्ताको तस्तै सुरक्षित छन् । हामीले पार्टीको लोकतान्त्रीकरणबारे कुरा गर्‍यौँ । कार्यकाल र उमेरका कुरा गर्‍यौँ । नियन्त्रण र सन्तुलनका कुरा पनि गर्‍यौँ र थुप्रै कुरा राख्यौँ,’ उपाध्यक्ष पोखरेलले भने, ‘त्यो कुनै झ्वाँकमा राखेको होइन । सुविचारित ढंगले लामो बहस र छलफलबाट निकालिएका निष्कर्ष हो ।’

एमालेले २०–२२ भदौमा विधान महाधिवेशन गर्दै छ, जहाँ नेतृत्वको उमेरहद र कार्यकालको विषय टुंग्याउने तयारी छ । पार्टी अध्यक्ष ओली र उनीनिकट नेताहरू ७० वर्षे उमेरहद र कार्यकाल सीमा तोक्न नहुने पक्षमा छन् । तर, उपाध्यक्ष पोखरेलसहित ओली समूहइतरका नेता भने उमेरहदको पक्षमा छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेकोे छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending