Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

पाखाबारीमा लोभलाग्दो केराखेतीः १५ लाखसम्म आम्दानी

खबरडबली संवाददाता

बेनी । बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बनेका छन् । वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल भएका हुन् । सुरुमा तीन रोपनीमा केराखेती गर्नुभएका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लागेका थिए ।

“अहिले मेरो सबै जग्गामा केराखेती छ, करिब २५ रोपनीमा केराखेती विस्तार गरेको छु, वार्षिक रूपमा रु १० देखि १५ लाख केराबाट आम्दानी हुन्छ, नयाँ बोटले उत्पादन दिन थाल्यो भने आम्दानी पनि बढ्ने अनुमान गरेको छु”, खत्रीले भने । परम्परागत रूपमा धान रोप्ने खेत र मकै, कोदोलगायत अन्नबाली लगाउने बारीमा खत्रीले व्यावसायिक केराखेती लगाएका छन् ।

केराखेतीका लागि आवश्यक पर्ने मलका लागि कुखुरापालन पनि गरेका खत्रीले परम्परागत खेतीबालीलाई व्यावसायिक बनाउने र परिश्रम गर्न सकेमा स्वदेशमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । उनका चारवटा केराखेतीको बगान छन् । काउलेगौँडामा विगत एक दशकयता केराखेतीको लहर चलेको हो । यहाँका करिब एक सय ५० घरपरिवार सबैले केराखेती गरेका छन् । काउलेगौँडाको थाकन, गौउथले, मुलबारी, पाटारुख, बराहथान तुसारेलगायत क्षेत्रमा केराखेतीको व्यावसायिकता बढेको छ ।

यस गाउँमा रुद्र चोखाल, दीपक खड्का, ओमकार पुरी, सोम केसी, भगवती बस्नेत, रुद्रबहादुर बस्नेतलगायतले केराको व्यावसायिक खेती गरेका छन् । काउलेगौँडाका विभिन्न टोलबस्तीमा करिब चार सय रोपनीमा केराखेती विस्तार भएको काउलेगौँडा कृषि समूहका अध्यक्ष पुन्य चोखालले जानकारी दिए । अध्यक्ष बस्नेतले समेत साढे पाँच रोपनी बढी जग्गामा केराखेती गरेका छन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत काउलेगौँडामा एक सय २० रोपनी जग्गामा तीन हजार पाँच सय हजारी जातको नयाँ बिरुवा लगाइएको छ ।

पच्चीस जना किसान आबद्ध काउलेगौँडा कृषक समूहले बेनी नगरपालिकाको रु १२ लाख अनुदान र किसानको रु १२ लाख बराबरको साझेदारीमा एक सय २० रोपनी जग्गामा केराखेती विस्तार गरिएको छ । 

दुईवटा माटे पोखरी र एक ढलान गरेको पक्की सिँचाइ पोखरी निर्माण गरी स्थानीयस्तरमा रहेका मुलको पानीलाई जम्मा गरेर तीन हजार पाँच सय मिटर पाइप लाइन विस्तार गरेर केराखेती भएको ठाउँमा सिँचाइको बन्दोबस्त मिलाइएको समूहका अध्यक्ष चोखालले बताए । पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत भर्याङ, सिकेचरलगायतका कृषि औजार र उपकरणसमेत खरिद गरी वितरण गरिएको छ । यहाँ हजारी, धुर्से र मुर्रे जातका केराखेती हुँदै आएको छ ।

काउलेडौँडा क्षेत्रमा अहिले स्थानीय पानीका मुलहरूलाई जम्मा गरेर केराखेतीमा सिँचाइको प्रबन्ध मिलाउँदै आइएको छ । व्यावासायिक रूपमा खेती विस्तार भइरहेकाले निकट भविष्यमा हिउँदयाममा केरालाई सिँचाइको अभाव हुने भएकाले रघुगङ्गा र कालीगण्डकी नदीबाट लिफ्ट प्रविधिको सिँचाइ आयोजनाका लागि माग गरिएको कृषक समूहका अध्यक्ष चोखालले जानकारी दिए ।

अन्नबाली छाडेर केराको व्यावसायिक खेती

युवायुवती वैदेशिक रोजगारको कारण विदेश जाने र गाउँघरमा अन्नबालीको खेती लगाउन काम गर्ने जनशक्ति पाइन छाडेपछि स्थानीयले केराखेती सुरु गरेका थिए । खेतबारीलाई बाँझो रहन नदिन सुरु भएको केराखेती अहिले गाउँको आम्दानीको प्रमुख स्रोत बनेको छ । गाउँमा अधिकांशले खेतीयोग्य जमिनका साथै पाखो बारीमा पनि केराखेती लगाएको स्थानीय कुलबहादुर बस्नेतले बताए ।

“करिब आठ रोपनी जग्गामा केराखेती विस्तार गरेको छु, अहिले त्यसले उत्पादन दिन थालेको छ, उत्पादन भएको केरा बिक्रीका लागि बजार अभाव छैन, खेती गर्न पनि कठिन छैन”, बस्नेतले भने । व्यावसायिक रूपमा पशुपालन गरेर दूध बिक्री गर्दै आएका बस्नेतले गाउँ नजिकै रहेको गलेश्वर बजारमा दूध तथा केरा बिक्री गरेर मासिक रु २७ हजारबराबर आम्दानी हुने गरेको अनुभव सुनाए ।

गाउँमा अधिकांश घरले केराखेतीबाट नगद आम्दानी गर्न थालिसकेका छन् । परम्परागत खेतीबाट नगद आम्दानी नहुने र श्रम गर्ने जनशक्तिको अभाव हुन थालेपछि अन्नबालीको विकल्पमा यस गाउँमा केराखेती विस्तारले तीव्रता पाएको थियो । स्थानीय किसान टेकबहादुर भण्डारीले अन्नबालीको तुलनामा केराखेतीबाट तेब्बर बढी आम्दानी हुने गरेको सुनाए ।

करिब पाँच वर्षदेखि केराखेती गर्नुभएका बस्नेतले धानखेती हुने करिब आठ रोपनी खेतमा केराखेती विस्तार गरेका छन् । “अन्नबाली लगाउनुभन्दा केराखेतीबाट धेरै फाइदा छ, बिरुवा लगाएपछि हिउँदयाममा सिँचाइ पुर्याउन सकियो भने उत्पादन राम्रो हुन्छ, पहिले अन्नबाली लगाउने स्थानीय अहिले फलफूलखेतीतर्फ आकर्षित भएका छौँ”, उनले भने ।

स्वरोजगार र समृद्धिका लागि पकेट क्षेत्र विस्तार

म्याग्दी अहिले पनि केरामा आत्मनिर्भर बन्न सकेको छैन । बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं ९ को काउलेगौँडा केराखेतीको पकेट क्षेत्र मानिन्छ । नगरपालिकाले सम्भावित खेतीको व्यावसायिकता बढाउन र किसानलाई स्वरोजगार, जिल्लालाई आत्मनिर्भर, गाउँलाई समृद्धिको बाटोमा अघि बढाउन पकेट क्षेत्र विस्तारलाई जोड दिएको छ ।

चालु आर्थिक वर्षमा वडा नं ३ भकिम्लीलाई विकी र वडा नं ९ घतानको काउलेगौँडालाई केरा पकेट विस्तार कार्यक्रम सञ्चालन गरी किसानलाई प्रोत्साहन गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए । उनका अनुसार, नगरपालिका र कृषक समूहको रु १२–१२ लाखको साझेदारीमा सञ्चालन गरिएको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमबाट कम्तीमा ६० प्रतिशत रकम केराको क्षेत्र विस्तारमा लगानी भएको छ ।

बेनी –९ घतानका वडाध्यक्ष चक्रबहादुर केसीले निर्वाहमुखी खेती किसानीबाट काउलेगौँडाका किसान केराखेतीको व्यावसायिकतामा लागेको बताए । 

खेतबारी बाँझो रहन नदिन सुरु गरेको केराखेती सफल भएपछि अहिले अभियानकै रूपमा केराखेती विस्तारले तीव्रता पाएको र यसले यहाँका स्थानीयको जीवनस्तर सुधारमा पनि सघाउन थालेको वडाध्यक्ष केसीले जानकारी दिए । यहाँ उत्पादन भएको केरा अहिले गलेश्वर बजार र सदरमुकाम बेनीमा खपत हुँदै आएको छ । बजार खोज्न नपर्ने र व्यापारी केरा खरिदका लागि गाउँमै पुग्ने भएकाले केराखेतीमा आकर्षण बढेको छ ।

बोट लगाएको दुई वर्षभित्र नै उत्पादन दिन सुरु गर्ने र एउटा बोटबाट दर्जनौँ घारीका रूपमा विस्तार हुने तथा अन्य फलफूलको तुलनामा गोडमेल र मलजलमा समेत झन्झट कम हुने भएकाले केराखेती किसानको रोजाइमा पर्न थालेको छ । म्याग्दीमा अहिले पनि बाहिरबाट केरा आयात हुने भएकाले केराखेतीको पकेट विस्तारले जिल्लालाई केरा उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending