Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

इन्डोनेसियाबिरूद्ध सानदार जीत निकाल्दै नेपाल सेमिफाइनलमा

खबरडबली संवाददाता

काठमाडौं। लगातार तेस्रो जित निकाल्दै साबिक विजेता नेपाला एसिसी यु–१६ इस्ट जोन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालले इन्डोनेसियाविरुद्ध ३७० रनको जित निकालेर सेमीफाइनलमा प्रवेश गरेको हो ।

नेपालले प्रस्तुत गरेको ४२१ रनको लक्ष्य पछ्याएको  इन्डोनेसिया २४.३ ओभरमा ५० रनमै समेटियो ।

इन्डोनेसियाका लागि कविन निरज चड्डाले १५ र दिभित नन्दाले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान विपिनप्रसार शर्माले ६ तथा सुगम बुढाथोकी र सुभम खनालले समान एक विकेट लिए ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ४२० रनको योगफल तयार पारेको थियो । 

नेपालका लागि प्रसिद्ध जैसीले ११४ बलमा १५ चौका र एक छक्काको मद्दतले सर्वाधिक १३२ रनको योगदान गरे । रोनक श्रीवास्तवले ७१ बलमा आठ चौका र दुई छक्कासहित ८८ रन जोडे ।

यसैगरी अक्रमक ब्याटिङ गरेका परिमार्जन यादवले २८ बलमा आठ छक्का र चार चौकासहित ७१, जोय थापाले ४१ बलमा सात चौकाको मद्दतले ५७, सुगम बढाथोकीले अविजित ३९ र रोशन शाहीले अविजित १० रन बनाए । प्रसिद्धले तेस्रो विकेटका लागि रौनकसँग १४८ तथा पहिलो विकेटका लागि परिमार्जनसँग १३० रनको साझेदारी गरेका थिए । यसैगरी पाँचौं विकेटका लागि जोय र सुगमबीच ७४ रनको साझेदारी भएको थियो ।

इन्डोनेसियाका लागि केतुक धर्मपुत्रले दुई तथा कविन निरज चड्डा, महेन्द्र अजी युदा प्रतामा, रेहान रिजा अथैलाले समान एक विकेट लिए ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै समान खेलबाट दुई अंकका साथ चौथो स्थानमा इन्डोनेसिया समूह चरणबाटै बाहिरिएको छ ।

नेपालको यो जितसँगै सिंगापुरले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

यसअघि नेपालले सिंगापुर र जापानलाई पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भुटानको सामना गर्नेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीका सल्लाहकारलाई प्रश्न: रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

रास्वपामा महाधिवेशन: प्रतिनिधि विवाद कायमै, केन्द्रीय सदस्य उम्मेदवारको सूची अझै सार्वजनिक भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending