Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

पर्सामा लागुऔषध कारोवारको जालो तोडिदैँ, एकै बर्ष १५१ कारोबारी पक्राउ

खबरडबली संवाददाता

बिरगंज। लामो समय देखि लागुऔषध कारोवारको हब बन्दै गएको पर्सा जिल्लामा प्रहरीले सञ्चालन गरेको नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले पुरै एक्सनका साथ सञ्चालन गरेको लागुऔषध कारोवार नियन्त्रण अभियानको प्रभावकारी भएको छ ।

पर्सा जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले यस आर्थिक वर्षमा ठूलो परिमाणमा अनेक प्रकारका लागुऔषध बरामद गरेको छ। त्यस्तै कारोवारमा संलग्न तथा ठूलो संख्यामा दुर्व्यसनी लाई कारवाहीको दायरामा ल्याईएको छ।

यस आर्थिक वर्षको साउन महिनादेखी गत असार १२ गतेसम्म प्रहरीले १५ क्विन्टल ६१  किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ। त्यस्तै, ६ क्विन्टल २५ किलोग्राम चरेस, ३८४ ग्राम खैरो हेरोइन र १ क्विन्टल ४९ किलोग्राम अफिम बरामद गरिएको एसपी मिश्रले न्युज कारखानालाई बताए ।

सोही अवधिमा प्रहरीले नशालु ईन्जेक्सन फेनारगन, डाइजेपाम नुरफिन ९ हजार एम्पुल, नशालु नाइट्राभेट ट्याब्लेट, ३ हजार ७०८ पिस, नशालु झोल १८६ फाईल कोरेक्स सिरप र नशालु क्याप्सुल ट्रामाडोल २ लाख ८९ हजार पिस बरामद गरिएको एसपी मिश्रले जानकारी दिए ।

पर्सा जिल्लामा जकडिएको लागुऔषधको जालो तोड्न बिभिन्न किसिमका लागु औषधका साथ पक्राउ परेका १५१ जना मध्ये ११४ जनालाई कारवाहीको दायरामा ल्याईएको तथा बाँकी लाई सामान्य कार्वाही गरी तारेखमा छोडिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।

बिगत देखि नै लागुऔषध उत्पादन तथा मकवानपुर लगायत जिल्लाबाट भारत तर्फ ढुवानी गर्ने मुख्य मार्ग पर्सा जिल्ला रहेको थियो। तर एसपी मिश्रले पुरै एक्सनका साथ लागुऔषध नियन्त्रणमा शून्य सहनशीलता अपनाइए पछि कारोवारको जालो तोड्न प्रहरी प्राय: सफल भएको उनको भनाई रहेको छ।

नेपालको मुख्यद्वार तथा भारतीय सहर रक्सौलसँग जोडिएको बिरगंजमा लागु औषध दुव्र्यसन र कारोवार पुर्ण नियन्त्रण प्रहरीले एक्लै चाहेर पनि गर्न नसक्ने एसपी मिश्रले न्युज कारखाना लाई बताएका छन्।

आफू र आफ्ना सम्पूर्ण सहकर्मीको प्रयास पछि पर्सामा लागुऔषध कारोवार र बिगतको तुलनामा प्रयोगकर्ताको संख्यामा निकै कमी आएको उनको भनाई छ।

पर्सा जिल्लामा लागुऔषधको कारोवार पूर्ण रुपमा नियन्त्रण गर्न जिल्लाका नागरिक समाज र सेवनकर्ताको अभिभावकको अहम भूमिका हुने भएकाले सहयोग गर्न एसपी गौतम मिश्रले आग्रह गरेका छन्। 

भारतबाट बिभिन्न नाका हुँदै तस्करले भित्र्याएको ३२ करोड भन्दा बढीको राजश्व छलीको सामान प्रहरीले बरामद गरी बिरगंज भन्सार तथा राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख गरिएको छ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीका सल्लाहकारलाई प्रश्न: रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

रास्वपामा महाधिवेशन: प्रतिनिधि विवाद कायमै, केन्द्रीय सदस्य उम्मेदवारको सूची अझै सार्वजनिक भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...

नेप्सेमा लगातार गिरावट, चार महिनाकै न्यून विन्दुमा पुग्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट

नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending