तनहुँ। कृषि ज्ञानकेन्द्र तनहुँले धान दिवसको अवसरमा किसानलाई सम्मान गरेको छ। २२ औँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा व्यावसायिक कृषि पेसामा सङ्लग्न भएर जिल्लामै सफल किसानको पहिचान बनाएका किसानलाई नगद दस/दस हजार रुपियाँसहित सम्मान गरेको हो।
आइतबार व्यास नगरपालिका–९ मा आयोजना गरिएको धान दिवस तथा रोपाइँ महोत्सवमा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछाने लगायतले किसानलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो।
व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्ने म्याग्दे गाउँपालिका –२ उमाचोक निवासी उमादेवी कृषि फर्मका सञ्चालक निर्मल अधिकारी, म्याग्दे गाउँपालिका–२ का व्यवसायिक तरकारी खेती गर्नुहुने म्याग्दे गाउँपालिका–६ का डेकबहादुर गुरुङ, व्यावसायिक पशुपालन तथा तरकारी खेती गर्ने भानु नगरपालिका–२ थक्रेका अनुग्रह कृषि तथा पशु फर्मका सञ्चालक छेर्नबु तामाङ, भिमाद नगरपालिका–५ का गैह्रे पशु तथा कृषि फर्मका सञ्चालक कृष्णप्रसाद गैह्रेलाई सम्मान गरिएको हो।
कृषि ज्ञानकेन्द्र र व्यास नगरपालिकाको सयुक्त आयोजना गजौडे फाँटमा रोपाइँ महोत्सव गरिएको छ। पञ्चे बाजासहित किसानको सहभागीतामा जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणले नाचगान, धान रोपाइँ लगायतका कार्यक्रम गरेर महोत्सव मनाएका हुन्। पञ्चेबाजा सहित असारे भाका गीत गाउने, नाच्ने र रोपाइँ गर्ने गीत तथा सस्कृतिको संरक्षण गर्ने तथा खाद्यान्नमा आत्मनिर्भर बनाउन उत्प्रेरणा दिने उद्धेश्यले रोपाइँ महोत्सवको आयोजना गरिएको व्यास नगरपालिकाका प्रवक्ता सुरेश थापाले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १७:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...
आषाढ़ १० गते, २०८३ - १७:३८
काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...
आषाढ़ १० गते, २०८३ - १७:१२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...
आषाढ़ १० गते, २०८३ - १६:५४
विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...
आषाढ़ १० गते, २०८३ - १६:३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...
आषाढ़ १० गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...
आषाढ़ १० गते, २०८३ - १५:२७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...
आषाढ़ १० गते, २०८३ - १५:१७
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...



प्रतिकृया लेख्नुहोस्: