Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

मनाङमा ‘यार्तुङ’

खबरडबली संवाददाता

मनाङ। ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला मनाङमा ‘यार्तुङ’ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ । सोमबारदेखि पर्व सुरु भएको हो । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् भन्ने कामना तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउनका लागि पर्व मनाउने गरिएको हो ।

माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यो पर्व मनाउने गरिन्छ । यहाँ पाँच दिनसम्म पर्व मनाउने चलन छ ।  ट्याङ्की, मनाङ समाज र ङिस्याङ युवा क्लबको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ट्याङ्की मनाङ पर्यटन व्यवस्थापन उपसमितिको समन्वयमा यार्तुङ पर्व मनाइँदै आइएको छ ।

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले विशेषगरी लामा नाचेर पर्व मनाउने गरिएको बताए । विगतमा जिल्लाभरि मनाइने पर्व बसाइँसराइले गर्दा हाल माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उनले सुनाए ।

यस पर्वलाई पाँच दिनसम्म उत्साहपूर्वक मनाउने प्रचलन रहेको स्थानीय बताउँछन् । “घोडालाई भगवान्को रूपमा पुजिन्छ । विगतमा गाउँमा सबैले घोडा पाल्थे, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रूपमा पूजा हुन्थ्यो”, अध्यक्ष गुरुङले भने, “अचेल घोडा पाल्ने प्रचलन कम भएकाले पर्व मनाउने चलन छोड्दै गए पनि माथिल्लो क्षेत्रमा भने कायमै छ । यहाँ घोडालाई महत्त्वपूर्ण साधनको रूपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न प्रोत्साहन पनि गर्छ ।”

वर्षायाममा रोगव्याधिबाट जोगाउनु नै यस पर्वको महत्त्व तथा विशेषता हो । जानकारहरूका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई जोगाउनसमेत टेवा पुगेको छ । पर्वको माध्यमबाट गाउँ, समाज र व्यक्ति–व्यक्तिबीच एकापसमा सामाजिक सद्भावको विकास भइरहेको अध्यक्ष गुरुङसमेत स्वीर्काछन् ।

यस पर्वप्रति विदेशी तथा स्वदेशीमा आकर्षण बढ्दो भए पनि स्थानीय युवाको सहभागिता कम हुँदै गएको स्थानीय ज्येष्ठ व्यक्तित्व सगर गुरुङको भनाइ छ । युवा विदेशिनु, अध्ययन, जागिरलगायत कारणले गाउँ छोड्नुजस्ता कारणले सहभागिता घटेको उनको बुझाइ छ ।

‘यस पर्वतर्फ पर्यटकको आकर्षण बढ्दो छ । यहाँका वेशभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप ऊर्जा मिल्छ । यहाँको संस्कृति अध्ययन तथा प्रवर्द्धन स्थानीयको दायित्व हो’, गुरुङले भने ।

धेरै ठाउँमा सडक नपुगेकाले अझै पनि घोडा यहाँको प्रमुख यातायात तथा सामान ढुवानीको साधन हो । जिल्लाको नार्पाभूमि गाउँपालिकामा सडक पुगेको छैन, यहाँ घोडा अझै पनि उत्तिकै महत्वपूर्ण छ । सडक पुगेका स्थानमा भने यसको प्रयोग घट्दै गएको छ । ती क्षेत्रमा घोडा पाल्ने चलन पनि कम हुँदै गएको छ ।

समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, विश्वको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६ मिटर) थोराङ्ला भञ्ज्याङ यात्रामा पर्यटकको सहजताका लागि घोडाकै प्रयोग गरिन्छ ।

यहाँ घाँस-दाउरा, लेकबाट जडीबुटी सङ्कलन, खाद्यान्न तथा औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजानसमेत घोडाको प्रयोग हुँदै  आएको गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाको भनाइ छ । सडक पुगेका क्षेत्रमा घोडा पाल्ने प्रचलन घट्दै गए पनि सडक सञ्जालले छुन नसकेका स्थानमा पुग्न घोडाले नै सहयोग पुर्‍याउँदै आएको उनले सुनाए।

मनाङमा आलु, फापर, जौ, करु, कोदो, बोडीलगायत बाली बढी लगाइने गरिन्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending