काठमाडौँ । संवैधानिक आयोगहरूमा नियुक्त गरिएका ५२ पदाधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले आज (बुधबार) फैसला सुनाउने भएको छ।
करिब साढे चार वर्षअघि गरिएको नियुक्ति संवैधानिक व्यवस्था विपरीत भएको दाबी गर्दै दायर १५ वटा रिटमाथि संवैधानिक इजलासले निरन्तर सुनुवाइ गर्दै आएको थियो।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको इजलासले माघ ३० गतेदेखि नियमित रूपमा मुद्दाको सुनुवाइ थालेको थियो।
इजलासले अन्तिम सुनुवाइ जेठ २ गते सम्पन्न गर्दै जेठ २८ गते फैसला सुनाउने मिति तोकेको थियो। तर सो मिति स्थगन गर्दै फैसला आजका लागि सारिएको हो।
२०७७ साल माघ २१ गते संवैधानिक परिषद्को सिफारिसमा ३२ जना र २०७८ असार १० गते थप २० जना गरी ५२ जना पदाधिकारी नियुक्त गरिएको थियो। ती नियुक्ति संविधान र प्रक्रिया विपरीत भएको भन्दै निवेदकहरूले सर्वोच्चमा रिट दर्ता गराएका थिए।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक परिषद्बाट गरिएको सिफारिसमा उनी स्वयं संलग्न रहेका कारण मुद्दा हेर्न नमिल्ने विवादसमेत उत्पन्न भएको थियो। त्यसपछि कार्यवाहक प्रधानन्यायाधीश दीपक कार्की, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकालमा पनि मुद्दा टुंगिन सकेन।
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएपछि मात्र मुद्दाको निरन्तर सुनुवाइ अघि बढाइएको हो।
आजको फैसला संवैधानिक परिषद्को सिफारिस प्रक्रिया, पदाधिकारी नियुक्तिको वैधानिकता तथा भविष्यका लागि मार्गनिर्देशक सिद्धान्तका रूपमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: