Ntc summer Offer
Khabar Dabali ६ भाद्र २०८२ शुक्रबार | 22nd August, 2025 Fri
Investment bank

खानेपानी योजनाले ल्यायो गाउँमा खुसीयाली

खबरडबली संवाददाता

पाल्पा । एक गाग्री पिउने पानीका लागि घण्टौँ समय बिताएका माथिल्लो मनभागा गाउँका स्थानीयलाई अब भने खानेपानीको पिरलो छैन । घरमै धारा जडान गरेर पानी आएपछि स्थानीयको मुहार फेरिएको छ ।

रामपुर नगरपालिका वडा नम्बर १० स्थित माथिल्लो मनभागा गाउँ नगरकै विकट भेगमा पर्छ । वर्षौँदेखि यहाँका स्थानीयले खानेपानीका लागि कष्ट भोग्दै आएका थिए । अहिले रामपुर नगर सरकारको सहयोगमा योजनामार्फत घरघरमा पानी आएको देख्दा स्थानीय खुसीले उत्साहित बनेका छन् । 

यहाँका स्थानीयलाई खानेपानी मात्र नभई घरायसी प्रयोजनका लागि पानीको उत्तिकै दुःख थियो । गाउँ नजिकका खोला, खोल्सा, मूल, कुवामा पुगेर एक गाग्री पानीका लागि घण्टौँ समय खर्चनु पर्दथ्यो । रामपुर नगरपालिकाको सहयोगमा लिफ्टिङमार्फत खानेपानी योजना निर्माण भएपछि घरघरमा पानीको सुविधा पुगेको छ । 

नगरपालिकाले खानेपानी योजना निर्माणका लागि विभिन्न आर्थिक वर्षमा गरेर रु १७ लाख ५० हजार रकम र स्थानीय उपभोक्ताको रु चार लाख २१ हजार ६०० सहयोगमा खानेपानी योजना सम्पन्न भई सञ्चालनमा आएको माथिल्लो मनभागा खानेपानी योजनाका सचिव थानबहादुर गाहाले जानकारी दिए ।

नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा रु आठ लाख, २०७५/७६ मा रु पाँच लाख, २०७८/७९ मा रु एक लाख ५० हजार र ७९/८० मा रु तीन लाख गरी कुल रु १७ लाख ५० हजार बजेट विनियोजन गरेको हो । सो योजना निर्माणका लागि स्थानीय उपभोक्ताले श्रमदानसमेत गरेका छन् ।

समितिका अध्यक्ष दिलबहादुर सिञ्जालीले २२ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरी लिफ्टिङमार्फत योजना सम्पन्न गरी घरघरमा पानी वितरण भइरहेको बताए ।मनभागामा टोकलोक डिबाट लिफ्टिङमार्फत यहाँका १८ घरपरिवारलाई शुद्ध पिउने पानी वितरण गरेको अध्यक्ष सिञ्जालीले बताए । 

खानेपानी योजनाले स्थानीयको दैनिकीमा ठुलो परिवर्तन ल्याइदिएको स्थानीय अमिता थापाले बताए । “पानी खोज्नका लागि सबेरै उठेर गाउँतिरका कुवा, खोल्सी, मूल भएतिर धाउनुपर्थ्यो, पानी खोज्नमै समय धेरै बिताउनुपर्थ्यो, घरको कामकाज गर्न धेरै अप्ठ्यारो स्थिति बेहोर्नुपर्‍यो, योजनामार्फत घरघरमा धारा जडान गरेर पानी आउँदा हर्षित छौँ, पानी बोक्नमा बित्ने समय अब अन्य कामकाजमा लगाउन पाइने भयो,” उनले खुसी हुँदै भने ।

घरको धारामा चौबिसैँ घण्टा पानी आइरहँदा स्थानीयको वर्षौँदेखिको सपना पूरा भएको छ । नगरकै विकट र दुर्गममा रहेको हुँदा कष्टका साथ गाउँमा खानेपानी योजना सम्पन्न गरेर पानी वितरण गर्न सफल भएको वडाध्यक्ष तोयानाथ सारु थापाले बताए । 

गाउँका स्थानीयले भोगेको खानेपानी समस्याले कतिबेला योजना सम्पन्न गरेर घरघरमा पानी खुवाउने भन्नेमा ध्यान केन्द्रित रहने गरेको र अहिले आएर सपना पूरा भएको नगरप्रमुख रमणबहादुर थापाले बताए । 

खानेपानी योजनाका लागि नगरप्रमुख थापाको जोडबलमा कामलाई धमाधम अगाडि बढाएर अहिले घरघरमा पानी पुर्‍याइएको हो ।“विक्रम संवत् २०७४ को स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका लागि गाउँमा जाने क्रममा खानेपानीको अभाव दयनीय देखेँ, निर्वाचन जिते पनि हारे पनि खानेपानी ल्याउँछु भनेर प्रतिबद्धता जनाएको थिएँ,” नगरप्रमुख थापाले भने, “निर्वाचन सकिएपश्चात् योजनाको काम सुरु भयो, योजना सम्पन्न गरेर पानी खुवाउन पाउँदा खुसी लागेको छ ।” 

नगरवासीको आवश्यकता पूरा गर्नका लागि तीनै तहका सरकार र सरोकारवालाबिच समन्वय तथा सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । जनताको आवश्यकतालाई पूरा गर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै आवश्यकताका आधारमा काम गर्दै आएको नगरप्रमुख थापाको भनाइ छ । 

नगरप्रमुख थापाको रामपुर नगरपालिकामा दोस्रो कार्यकालको नेतृत्व हो । गाउँमा पहिला बस्ती ठुलो रहे पनि पछिल्लो समय बसाइँसराइले गर्दा बस्ती पातलो हुँदै गएको छ । पहिलो समय यहाँ ३६ घरपरिवारको बसोबास रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला सीमाका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण छ: डिआइजी कार्की

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीले खुला सीमाका कारण दक्षिणी क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण...

इजरायलकाे गाजा सहर कब्जा गर्ने याेजनाकाे विपक्षमा विश्वका नेताहरू

इजरायल । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले...

पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चितता हुनुपर्छ : जेलेंस्की

किएभ । युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिम...

पर्वतमा पाँच वर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

पर्वत । एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनै पनि आधारभूत अस्पताल हालसम्म सञ्च...

खेती गर्दै आएको जग्गाको लालपुर्जा पचास वर्षपछि...

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा खुसी छि...

पाथीभरामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना सुरु

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा गत १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना कार्य सुरु भएको छ ।  पाथीभरा क्षेत्र विकास सम...

पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने

काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणाल...

पत्रकारलाई खोज पत्रकारिता गर्न पूर्वसभामुखकाे सुझाव

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्...

सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिँदै हिँड्न बाध्य

बाँके । नेपालगन्जका सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिँदै हिँड्न बाध्य भएका छन् ।पाँच वर्ष अघिदेखि नेपालगन्जको एउटा सहकारी संस्थाम...

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

इलाम । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending