Ntc summer Offer
Khabar Dabali ४ श्रावण २०८२ शनिबार | 19th July, 2025 Sat
Investment bank

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

खबरडबली संवाददाता

स्याङ्जा  । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन् ।

गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत गाउँपालिकाका सात वटै वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती  सुरु गरिएको हो ।

बजार मूल्य र माग राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन गरी किसानको आर्थिकस्तर उकास्नका लागि अभियानले ठुलो महत्त्व राख्ने गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।
“कालीगण्डकी गाउँपालिकाभित्रका विभिन्न ठाउँमा ठुलो परिमाणमा अकबरे खुर्सानी उत्पादन हुँदै छ”, उनले भने, “कृषकले उत्पादन गरेको खुर्सानीको बजारीकरणको जिम्मेवारी गाउँपालिकाले नै लिनेछौँ । यसले किसानलाई व्यावसायिक रूपमा खुर्सानी उत्पादनमा लाग्न थप प्रेरित गर्नेछ ।”

प्रतिकेजी अकबरेको बजार मूल्य न्यूनतम रु २२५ निर्धारण गरिएको छ । उत्पादन भएको समयमा बजारमा चलेको मूल्यका आधारमा थप गरिने जनाइएको छ । परियोजनामार्फत पालिकाका विभिन्न पाँच स्थानका नर्सरीबाट बेर्ना उत्पादन गरी किसानलाई निःशुल्क उपलब्ध गराइएको परियोजनाका बजार सहजकर्ता मुक्ति पाण्डेले जानकारी दिए ।

समग्रमा एक लाख ८३ हजार ३०० वटा बेर्ना १३० भन्दा बढी किसानलाई निःशुल्क वितरण गरिएको उनले बताए ।“यहाँका कृषकलाई निःशुल्क रूपमा बेर्ना, मल्चिङ प्लास्टिक र निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराएका छौँ”, सहजकर्ता पाण्डेले भने, “भर्खरै–भर्खरै कृषकले बेर्ना लगाउनुभएको छ, आगामी दसैँसम्ममा उत्पादन लिन सकिन्छ ।”

कालीगण्डकी–१ किपटका पृथ सिञ्जाली मगरले यसपटक १० रोपनी क्षेत्रफलमा आठ हजार अकबरेका बेर्ना लगाएको बताउनुभयो । गाउँपालिकाबाट बेर्ना, मल्चिङ प्लास्टिक र प्राविधिक सहयोग निःशुल्क पाएपछि व्यावसायिक खेती सुरु गरेको उनको भनाइ छ ।

“सिँचाइका लागि पर्याप्त पानीको सुविधा नभए पनि यहाँ ठुला बारीका पाट छन्”, उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि नै रैथाने बाली तथा मुख्यगरी मकै लगाइँदै आएको भए पनि यसपटक व्यावसायिक रूपमा अकबरेखेती सुरु गरेको हुँ ।” अकबरे खुर्सानीको बजार मूल्य राम्रो रहेको र उत्पादन पनि छिटो हुने भएकाले मकैखेतीलाई विस्थापित गरी अकबरेको व्यावसायिक खेती सुरु गरेको सिञ्जाली मगरले बताए ।

विगतमा घरायसी प्रयोजनका लागि लगाइएको अकबरे खुर्सानीको उत्पादन राम्रो भएकाले पनि व्यावसायिक उत्पादनका लागि सहज भएको उनको धारणा छ । “हामीले उत्पादन गरेको खुर्सानीको अहिले नै न्यूनतम मूल्य तोकिएको छ भने बजारीकरण पनि गाउँपालिकाले गरिदिने भएपछि बजार खोज्नुपर्ने झन्झट कृषकलाई नहुने भो । त्यसैले पनि हामी उत्साहित छौँ”, सिञ्जाली मगरको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउन २४ गतेदेखि ताप्लेजुङ गोल्डकप हुँदै

ताप्लेजुङ । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । हरेक वर्ष लाखेजात्रा पर्वको अवस...

भीरबाट खसेर रसुवामा एककाे मृत्यु

रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–५ स्थित सिनो जलविद्युत आयोजनाको पाजुङ कालो डाँडा क्षेत्रमा सफाइ गर्ने क्रममा भीरबाट खस्दा एक मजदुरको मृत्यु भएको...

मधेसमा सुख्खाका कारण राेपाँइ हुन नसकेपछि अध्ययन टोली परिचालन हुने

काठमाडौँ  । मधेस प्रदेशका ८ जिल्लाहरूमा सुख्खाका कारण धान रोपाइँ हुन नसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा  टोली प...

सुनसरीकाे रामधुनीमा बाँस झ्याङबाट तीन सय केजी गाँजा बरामद

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका– ७ स्थित बाँस झ्याङमा लुकाएर राखेको तीन सय केजी बेवारिसे गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय प...

विराटनगरमा लिम्बू र मैथिलीलाई प्रदेशको सरकारी भाषाको मान्यता दिन माग

विराटनगर । कोशी प्रदेशमा स्थानीय लिम्बू र मैथिली भाषालाई सरकारी मान्यता दिन माग गर्दै विराटनगरमा शुक्रबार प्रदर्शन भएको छ । लिम्बू र मैथिली भाषालाई...

पाकिस्तानमा तालहरूको वरिपरि नयाँ होटल निर्माणमा पाँच वर्षका लागि प्रतिबन्ध

पाकिस्तान । पाकिस्तानले हरेक वर्ष हजारौँ पर्यटकलाई आकर्षित गर्ने उत्तरी भागका रमणीय तालहरूको वरिपरि नयाँ होटल निर्माणमा पाँच वर्षका लागि प्रतिबन्ध लगा...

उदयपुरमा नागरिकताको महत्व बारे नागरिक प्रतिवद्धता स्वघोषणा लागू

उदयपुर । उदयुरमा नयाँ नागरिकताको प्रमाणपत्र लिने नयाँ पुस्तालाई ‘नागरिकता’ को महत्व बुझाउन नागरिक प्रतिवद्धता स्वघोषणा लागू गरिएको छ ।  आजदेखि जिल्...

हेटौडा सिमेन्ट उद्योगको समस्या समाधान गर्न प्रचण्डसँग माग

काठमाडौं । हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्...

चीनको खुद्रा बिक्रीमा वृद्धि : ५० ट्रिलियन युआन पुग्ने अनुमान

बेइजिङ । चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार, चीनमा उपभोक्ता सामग्रीको खुद्रा बिक्री पछिल्ला चार वर्षमा वार्षिक औसत ५.५ ...

भाेजपुरकाे हतुवागढीमा सात करोड लागतमा पालिका भवन निर्माण हुँदै

भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending