Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

पाँच वामपन्थी दल मध्यपूर्वमा इजरायली हस्तक्षेपविरुद्ध एकजुट

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) लगायत पाँच वामपन्थीले इजरायलले मध्यपूर्वका मुलुकमाथि गरेको हस्तक्षेपविरुद्ध एकजुट हुने भएका छन् ।

माओवादी कार्यालय पेरिस डाँडामा शनिबार बसेको पाँच दलको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपविरुद्ध साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । 

प्यालेस्टाइनीमाथिको बर्बरतापूर्ण इजरायली नरसंहारविरुद्ध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको उनले बताए । महासचिव गुरुङले अन्य दलसँग पनि छलफल अघि बढाइने जानकारी दिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा मसालका महासचिव मोहनविक्रम सिंह र नेकपा क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सिपी गजुरेललगायत नेताहरू सहभागी थिए । उनिहरु सबैले मध्यपूर्वमा इजरायली हस्तक्षेपविरुद्ध एक जुट भएर विराेध गर्ने भएका हुन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला सीमाका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण छ: डिआइजी कार्की

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीले खुला सीमाका कारण दक्षिणी क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण...

इजरायलकाे गाजा सहर कब्जा गर्ने याेजनाकाे विपक्षमा विश्वका नेताहरू

इजरायल । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले...

पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चितता हुनुपर्छ : जेलेंस्की

किएभ । युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिम...

पर्वतमा पाँच वर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

पर्वत । एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनै पनि आधारभूत अस्पताल हालसम्म सञ्च...

खेती गर्दै आएको जग्गाको लालपुर्जा पचास वर्षपछि...

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा खुसी छि...

पाथीभरामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना सुरु

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा गत १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना कार्य सुरु भएको छ ।  पाथीभरा क्षेत्र विकास सम...

पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने

काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणाल...

पत्रकारलाई खोज पत्रकारिता गर्न पूर्वसभामुखकाे सुझाव

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्...

सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिँदै हिँड्न बाध्य

बाँके । नेपालगन्जका सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिँदै हिँड्न बाध्य भएका छन् ।पाँच वर्ष अघिदेखि नेपालगन्जको एउटा सहकारी संस्थाम...

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

इलाम । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending