Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

माओवादी नयाँ क्रान्तिको बाटो कोर्दै हिडेको छः गजुरेल

खबरडबली संवाददाता

युवराज कार्की (सन्तोष)

उदयपुर । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा माओवादी केन्द्र प्रदेश–१ का इन्चार्ज हरिबोल गजुरेलले माओवादी नयाँ क्रान्तिको बाटो कोर्दै अघि बढेको बताएका छन् । शनिबार एकीकृत अखिल शिक्षक संगठन कटारी नगरपालिकाको दोस्रो नगर परिषद् कार्यक्रममा बेतेनीमा यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘माओवादी क्रान्तिको बाटो कोर्दै हिडेको छ । हिजोको क्रान्तिको बाटो अब हिडेर गनतव्यमा पुग्न सकिदैन् । अब एकाइशौँ शताब्दीको मुल्य, मान्यता, विशेषता भएको हुनुपर्छ ।’

गजुरेलले पार्टी भनेको जीवन भएको बताउँदै भने, ‘मान्छेको जीवनमा बिरामी हुन्छ । स्वास्थ्य हुन्छ । फेरि बिरामी हुन्छ । कहिले बिरामी नहुने त हुँदैन होला ! पार्टी पनि त्यस्तै हुन्छ । पार्टी जीवनमा उत्तारचढाव हुन्छ ।’ उनले अहिले माओवादीमा क्रान्तिको बाटो कोर्दै हिड्नु पर्ने बाध्ता रहेको बताए । प्रष्ट  पार्दै भने, ‘यहाँ कसैले पनि माओवादीको लागि बाटो कोरदिनेवाल छैनन् । हिजोको क्रान्तिको मोडेलले काम दिँदैन । हिजोको चीन र रुसको मोडल यहाँ बनाएर हुँदैन । अहिलेको एकाइशौँ शताब्दीको विशेषता अनुसारको पार्टी, विचार चाहिन्छ । त्यसको लागि क्रान्तिको गोरेटो कोर्दै हिड्नु पर्ने अवस्था छ । अरुले बनाइदिएको बाटोमा छिटो पुगिन्छ । आफुले बनाउँदै हिडेको बाटोमा ढिलो पुगिन्छ ।’

माओवादीमा अहिले पार्टी र विचार निर्माण गर्ने काम सुरु भएको उद्घोष गरेका छन् । उनले भने, ‘हिजो युद्ध गरेका पार्टीहरु युद्ध गर्दागर्दै सिद्धिएका छन् । कोही शान्ति प्रक्रियामा आएर बिना उपलब्धी सिधिएका छन् । माओवादीले युद्ध पनि लड्यो । शान्ति प्रक्रियामा पनि आयो । केही उपलब्धी पनि हाँसिल गरेको छ । उनले भने, ‘कुन राम्रो त ? युद्ध लडेको लडेको सिद्धिनु की ? उपलब्धीसँगै शान्ति प्रक्रियामा आउनु ?’

उनले माओवादी अहिले पनि नेपाली राजनीतिकको केन्द्र भागमा रहेको बताउँदै माओवादीकै एजेन्डामा संविधान बनेको दाबी गरे । उनले भने, ‘यसलाई हामीले गर्व गर्नुपर्छ । तर, हामीले गरेकै काम जनताको बीचमा पुरा भएका छैनन् । हिजो हामीले जनताकोबीचमा जे जे कुरा गरेका थियौँ । अहिले माओवादीले त्यही त्यही कुरा गरेको छ ।’ 

उनले थप्दै भने, ‘हिजो हामीले सुखसुविधाका कुरा, नातावाद, कृपावादका, भ्रष्टचार, अनियमितताका कुराको विरोध गर्‍यौँ । आज जनताले माओवादीलाई यही आरोप लगाउँदै छन् । यहीबाट ठूलो घाटा माओवादीलाई छ । माओवादी भएर यस्तो गर्ने ? हिजो विरोध गर्ने ? आज आफु त्यस्तै हुने भन्ने कुरा गर्दै छन् । यो व्यवहारिक कुरा हो । यो व्यवहारिक कुरा जनताले विचार र राजनीतिसँग जोडर बुझदैन । त्यसको लागि अहिले माओवादी विचार पार्टी निर्माण गर्ने र नयाँ क्रान्तिको बाटो कोर्ने अभियानमा छ ।’ 

उक्त कार्यक्रममा माओवादी केन्द्रका कन्द्रीय सदस्य मोहनबहादुर खत्री, केपी बराल, माओवादी केन्द्र उदयपुरका जिल्ला संयोजक विनोद कटुवाल दिवश लगायतको उपस्थिति रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: