Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा जवाफी प्रतिबन्धको घोषणा

खबरडबली संवाददाता

काठमाडाैं । युरोपेली संघ (इयू)ले चिनियाँ कम्पनीहरूलाई प्रमुख चिकित्सा उपकरण खरिदमा प्रतिबन्ध लगाएपछि चीनले आइतबार जवाफी प्रतिबन्धको घोषणा गरेको छ।

चीनको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनमा स्थापना भएका युरोपेली पुँजी भएका कम्पनीहरूबाहेक युरोपेली युनियनका कम्पनीहरूलाई चार करोड ५० लाख युआन (६३ लाख अमेरिकी डलर)भन्दा बढीको मागबाट बाहिर राखिनेछ।’

सम्बन्ध सुधारका लागि चीनका विदेशमन्त्री वाङ यीले गत साता युरोपेली संघको मुख्यालय ब्रसेल्सका साथै फ्रान्स र जर्मनीको भ्रमण गरेका थिए। यद्यपि, इयूको चीनसँग ३५७.१ अर्ब डलरको व्यापार घाटासहित आर्थिक सम्बन्धमा गहिरो द्वन्द्व कायमै छ।

आइतबारदेखि लागू हुने गरी चीनले लगाएको प्रतिबन्धमा कृत्रिम बौद्धिकतासम्बन्धी उपकरण, पार्टपुर्जादेखि मेडिकल मेसिनरी र सर्जिकल उपकरणसम्मका उत्पादन समावेश गरिएको छ। चिनियाँ अर्थ मन्त्रालयले गैरयुरोपेली कम्पनीहरूको सवालमा इयूका उत्पादनहरूको अनुपात ५० प्रतिशतभन्दा बढी हुन नसक्ने बताएको छ।

इयूले चीनविरुद्ध दोहोरो मापदण्ड अपनाएको र चिनियाँ कम्पनीहरूलाई ५० लाख युरो (५८ लाख डलर)भन्दा बढीको सरकारी मेडिकल उपकरणहरू खरिदमा प्रतिबन्ध लगाएको बेइजिङले आरोप लगाएको र बदलामा इयूले बेइजिङका तर्फबाट आक्रोशपूर्ण प्रतिक्रियाको सामना गर्नुपरेको हो।

युरोपेली संघले उक्त प्रतिबन्ध ‘चीनले लामो समयदेखि इयूमा निर्मित मेडिकल उपकरणलाई चिनियाँ सरकारी सम्झौताबाट बहिष्कृत गरेको’ प्रतिक्रिया भएको बताएको थियो। ब्रसेल्सका अनुसार चीनमा निर्यात हुने चिकित्सा उपकरणहरूका लागि सार्वजनिक खरिद सम्झौताको झन्डै ९० प्रतिशत इयूका फर्महरू ‘बहिष्करण र भेदभावपूर्ण मापदण्डको दायरामा’ थिए।

चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनले पटकपटक द्विपक्षीय संवादका माध्यमबाट सार्वजनिक खरिदका क्षेत्रमा परामर्श, संवाद र द्विपक्षीय व्यवस्थाका माध्यमबाट यी विवादहरूको उचित समाधान गर्न आफ्नो इच्छा व्यक्त गर्दै आएको छ।’

विगत तीन वर्षमा ब्रसेल्स र बेइजिङ इलेक्ट्रिक कार, रेल उद्योग, सौर्य प्यानल र हावाबाट चल्ने टर्बाइनसहितका धेरै आर्थिक कारोबारहरूमा द्वन्द्व देखिएको थियो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending