Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

फ्रान्सका राष्ट्रपति म्याक्रोँ मङ्गलबार बेलायत जाँदै, स्टार्मरको नजर इयूसँग नयाँ सम्बन्ध स्थापनातर्फ

खबरडबली संवाददाता

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार देखि बेलायतको राजकीय भ्रमण सुरु गर्ने भएका छन् । उनले बेलायती संसदलाई सम्बोधन गर्ने र युक्रेनसम्बन्धी बैठकको सह–अध्यक्षता गर्ने कार्यक्र रहेको छ ।

फ्रान्सका राजा चाल्र्स तृतीयले फ्रान्सेली नेता म्याक्रोँ तथा उनकी पत्नी ब्रिगिटलाई तीन दिने औपचारिक भ्रमणका लागि निमन्त्रणा गरेका हुन् । म्याक्रोँले बिहीबार ३७औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनमा प्रधानमन्त्री केइर स्टार्मरसँग छलफल गर्नेछन् ।

वार्ता युक्रेनलाई सहयोग, च्यानल पार गर्ने अवैध आप्रवासन रोक्न संयुक्त प्रयास र दुई देशबीच रक्षा सहयोगलाई मजबुत बनाउने विषयमा केन्द्रित हुने बताइएको छ । सन् २०१६ मा इयूबाट बाहिरिने बेलायतको पक्षमा भएको मतदानलाई सङ्केत गर्दै एलिसी प्यालेसले शुक्रबार भनेको छ, “ब्रेक्जिटपछि युरोपेली इयूको शक्तिशाली राष्ट्र फ्रान्सका राष्ट्रप्रमुखको यो पहिलो राजकीय भ्रमण हो ।

विज्ञप्तिमा भनिएको छ, “विशेष गरी, प्रधानमन्त्री स्टार्मरले संयुक्त अधिराज्य र युरोपबीचको सम्बन्धको ‘पुनः स्थापना’ को सङ्केत गरेपछि बे्रक्जिटपछि पहिलो पटक यो भ्रमण हुन लागेको हो ।” अघिल्लो दक्षिणपन्थी बेलायती सरकार (कन्जरभेटिभ पार्टी) को पालामा ब्रेक्जिटपछि पेरिस र लण्डनबीच राजनीतिक तनाव बढेको थियो तर स्टार्मरको नेतृत्वमा रहेको मध्य–वामपन्थी लेबर सरकारको पालामा सम्बन्धमा नयाँ न्यानोपन आएको छ र दुवै देशले युक्रेनका लागि शान्ति स्थापनाका लागि युरोपेली प्रयासको नेतृत्व गरिरहेका छन् ।

बकिङ्घम प्यालेसले शुक्रबार म्याक्रोंले आफ्ना पूर्ववर्तीचाल्र्स डी गौल र फ्रान्कोइस मिटर्रान्डको पदचाप पछ्याउँदै मङ्गलबार बेलायती संसद्लाई औपचारिक रूपमा सम्बोधन गर्ने जनाएको छ । म्याक्रोँ र उनकी पत्नी ब्रिगिट लण्डनको पश्चिममा रहेको विन्डसर क्यासलस्थित बेलायती राजा चाल्र्सको निवासमा हुने रात्रिभोजमा सरिक हुनेछन् ।

विन्डसरमा रहँदा म्याक्रोँले सेन्ट जर्ज च्यापलमा दिवंगत महारानी एलिजाबेथ द्वितीयको समाधिस्थलमा फूल चढाउने कार्यक्रम छ । भ्रमणका क्रममा म्याक्रोँ र स्टार्मरले बिहीबार लण्डनमा ३७ औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनको आयोजना गर्नेछन्, जहाँ उनीहरूले युक्रेनमा रूसको पूर्ण आक्रमणको प्रतिक्रियामा दुई देशबीच रक्षा सम्बन्धलाई मजबुत बनाउने अवसरहरूको बारेमा छलफल गर्नेछन् ।

म्याक्रोँ र स्टार्मरले मस्कोविरुद्ध किएभको प्रतिरक्षालाई बलियो बनाउन ‘इच्छुक’ देशहरूलाई एक साथ ल्याउने वार्ताको सह–अध्यक्षता गर्नेछन् । दुवै नेताले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जर्मन चान्सलर फ्रेडरिक मर्ज र इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग कुराकानी गर्नेछन् ।

सन् २०२२ मा रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेयता युक्रेनको सबैभन्दा ठूलो सैन्य सहयोगी संयुक्त राज्य अमेरिकाले मङ्गलबार युक्रेनमा केही प्रमुख हतियार ढुवानी रोक्न लागेको बताएको थियो । रुसले शुक्रबार राति युक्रेनमा अहिलेसम्मकै सबैभन्दा धेरै ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

युद्धविरामपछि युक्रेनमा ’आश्वस्त पार्ने सेना’ तैनाथ गर्ने र बिनाशर्त युद्धविराम स्वीकार गर्न रुसमाथि कसरी ‘दबाब बढाउने’ भन्ने विषयमा छलफल हुने एलिसी प्यालेसले जनाएको छ । कार्यसूचीको अर्को उच्च विषय भनेको आप्रवासीहरूलाई च्यानलको खतरनाक सानो डुङ्गा क्रसिङ गर्ने आप्रवासीहरूलाई रोक्ने रणनीतिमा सहमत हुनु हो, जुन बेलायतको मुख्य चासोको राजनीतिक मुद्दा हो ।

इङ्लिस किनारामा धेरै साना डुङ्गाहरू अवतरण गर्ने र अनियमित आप्रवासनलाई नियन्त्रण गर्न बेलायती सरकार दक्षिणपन्थीहरूको बढ्दो दबाबमा पर्ने भएकोले लण्डनले पेरिसलाई अझ धेरै काम गर्न दबाब दिएको छ । हालैका हप्ताहरूमा, फ्रान्सले आप्रवासी डुङ्गाहरूलाई आफ्नो गहिरो तटीय पानीमा रोक्न विचार गरिरहेको बताएको छ, यद्यपि यो कदमले सुरक्षा र कानुनी मुद्दाहरू उठाएको छ।

शुक्रबार बेलायती सरकारले फ्रान्सेली प्रहरीले आप्रवासी बोकेको एउटा सानो डुङ्गालाई च्यानलपार गर्नबाट रोकेको फुटेजको स्वागत गरेको बताएको छ । सन् २०२३ मा राजा चाल्र्सको फ्रान्सको राजकीय भ्रमणपछि हुन लागेको फ्रान्सेली राष्ट्रपतिको भ्रमणलाई व्यापक सफलताको रूपमा हेरिएको छ जसले सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।

यसअघि, सन् २००८ मा फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले बेलायतको राजकीय भ्रमण गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending