Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

फ्रान्सका राष्ट्रपति म्याक्रोँ मङ्गलबार बेलायत जाँदै, स्टार्मरको नजर इयूसँग नयाँ सम्बन्ध स्थापनातर्फ

खबरडबली संवाददाता

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार देखि बेलायतको राजकीय भ्रमण सुरु गर्ने भएका छन् । उनले बेलायती संसदलाई सम्बोधन गर्ने र युक्रेनसम्बन्धी बैठकको सह–अध्यक्षता गर्ने कार्यक्र रहेको छ ।

फ्रान्सका राजा चाल्र्स तृतीयले फ्रान्सेली नेता म्याक्रोँ तथा उनकी पत्नी ब्रिगिटलाई तीन दिने औपचारिक भ्रमणका लागि निमन्त्रणा गरेका हुन् । म्याक्रोँले बिहीबार ३७औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनमा प्रधानमन्त्री केइर स्टार्मरसँग छलफल गर्नेछन् ।

वार्ता युक्रेनलाई सहयोग, च्यानल पार गर्ने अवैध आप्रवासन रोक्न संयुक्त प्रयास र दुई देशबीच रक्षा सहयोगलाई मजबुत बनाउने विषयमा केन्द्रित हुने बताइएको छ । सन् २०१६ मा इयूबाट बाहिरिने बेलायतको पक्षमा भएको मतदानलाई सङ्केत गर्दै एलिसी प्यालेसले शुक्रबार भनेको छ, “ब्रेक्जिटपछि युरोपेली इयूको शक्तिशाली राष्ट्र फ्रान्सका राष्ट्रप्रमुखको यो पहिलो राजकीय भ्रमण हो ।

विज्ञप्तिमा भनिएको छ, “विशेष गरी, प्रधानमन्त्री स्टार्मरले संयुक्त अधिराज्य र युरोपबीचको सम्बन्धको ‘पुनः स्थापना’ को सङ्केत गरेपछि बे्रक्जिटपछि पहिलो पटक यो भ्रमण हुन लागेको हो ।” अघिल्लो दक्षिणपन्थी बेलायती सरकार (कन्जरभेटिभ पार्टी) को पालामा ब्रेक्जिटपछि पेरिस र लण्डनबीच राजनीतिक तनाव बढेको थियो तर स्टार्मरको नेतृत्वमा रहेको मध्य–वामपन्थी लेबर सरकारको पालामा सम्बन्धमा नयाँ न्यानोपन आएको छ र दुवै देशले युक्रेनका लागि शान्ति स्थापनाका लागि युरोपेली प्रयासको नेतृत्व गरिरहेका छन् ।

बकिङ्घम प्यालेसले शुक्रबार म्याक्रोंले आफ्ना पूर्ववर्तीचाल्र्स डी गौल र फ्रान्कोइस मिटर्रान्डको पदचाप पछ्याउँदै मङ्गलबार बेलायती संसद्लाई औपचारिक रूपमा सम्बोधन गर्ने जनाएको छ । म्याक्रोँ र उनकी पत्नी ब्रिगिट लण्डनको पश्चिममा रहेको विन्डसर क्यासलस्थित बेलायती राजा चाल्र्सको निवासमा हुने रात्रिभोजमा सरिक हुनेछन् ।

विन्डसरमा रहँदा म्याक्रोँले सेन्ट जर्ज च्यापलमा दिवंगत महारानी एलिजाबेथ द्वितीयको समाधिस्थलमा फूल चढाउने कार्यक्रम छ । भ्रमणका क्रममा म्याक्रोँ र स्टार्मरले बिहीबार लण्डनमा ३७ औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनको आयोजना गर्नेछन्, जहाँ उनीहरूले युक्रेनमा रूसको पूर्ण आक्रमणको प्रतिक्रियामा दुई देशबीच रक्षा सम्बन्धलाई मजबुत बनाउने अवसरहरूको बारेमा छलफल गर्नेछन् ।

म्याक्रोँ र स्टार्मरले मस्कोविरुद्ध किएभको प्रतिरक्षालाई बलियो बनाउन ‘इच्छुक’ देशहरूलाई एक साथ ल्याउने वार्ताको सह–अध्यक्षता गर्नेछन् । दुवै नेताले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जर्मन चान्सलर फ्रेडरिक मर्ज र इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँग कुराकानी गर्नेछन् ।

सन् २०२२ मा रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेयता युक्रेनको सबैभन्दा ठूलो सैन्य सहयोगी संयुक्त राज्य अमेरिकाले मङ्गलबार युक्रेनमा केही प्रमुख हतियार ढुवानी रोक्न लागेको बताएको थियो । रुसले शुक्रबार राति युक्रेनमा अहिलेसम्मकै सबैभन्दा धेरै ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

युद्धविरामपछि युक्रेनमा ’आश्वस्त पार्ने सेना’ तैनाथ गर्ने र बिनाशर्त युद्धविराम स्वीकार गर्न रुसमाथि कसरी ‘दबाब बढाउने’ भन्ने विषयमा छलफल हुने एलिसी प्यालेसले जनाएको छ । कार्यसूचीको अर्को उच्च विषय भनेको आप्रवासीहरूलाई च्यानलको खतरनाक सानो डुङ्गा क्रसिङ गर्ने आप्रवासीहरूलाई रोक्ने रणनीतिमा सहमत हुनु हो, जुन बेलायतको मुख्य चासोको राजनीतिक मुद्दा हो ।

इङ्लिस किनारामा धेरै साना डुङ्गाहरू अवतरण गर्ने र अनियमित आप्रवासनलाई नियन्त्रण गर्न बेलायती सरकार दक्षिणपन्थीहरूको बढ्दो दबाबमा पर्ने भएकोले लण्डनले पेरिसलाई अझ धेरै काम गर्न दबाब दिएको छ । हालैका हप्ताहरूमा, फ्रान्सले आप्रवासी डुङ्गाहरूलाई आफ्नो गहिरो तटीय पानीमा रोक्न विचार गरिरहेको बताएको छ, यद्यपि यो कदमले सुरक्षा र कानुनी मुद्दाहरू उठाएको छ।

शुक्रबार बेलायती सरकारले फ्रान्सेली प्रहरीले आप्रवासी बोकेको एउटा सानो डुङ्गालाई च्यानलपार गर्नबाट रोकेको फुटेजको स्वागत गरेको बताएको छ । सन् २०२३ मा राजा चाल्र्सको फ्रान्सको राजकीय भ्रमणपछि हुन लागेको फ्रान्सेली राष्ट्रपतिको भ्रमणलाई व्यापक सफलताको रूपमा हेरिएको छ जसले सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।

यसअघि, सन् २००८ मा फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले बेलायतको राजकीय भ्रमण गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: