Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

भाेजपुरमा ससुरालीले श्रीमती घर नपठाइदिएकाे झाेँकमा विभत्स हत्या

खबरडबली संवाददाता

भोजपुर । भोजपुर नगरपालिका–२, हेलौछाका राजेन्द्र राईले रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानी ससुरालीको चार सदस्यको चक्कु प्रहार गरी हत्या गरेका छन् । 

श्रीमती मनीषा गिरीलाई घर लान पाँच दिन अगाडि ससुराल आएका राईले श्रीमती लान नपाएपछि ससुरालीमा श्रीमतीसहित ससुरा, सासू, सालोको विभत्स हत्या गरेका हुन् । उनले ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी, १६ वर्षीया श्रीमती मनीषा गिरी, ९ वर्षीय सालो सयन गिरीलाई हत्या गरी आफ्नो पेटमा छुरा प्रहार गरेका थिए ।

शनिबार राति ११ बजे हत्या गरी राजेन्द्र भागेर हुर्लु भञ्ज्याङ पुगेका राईले १०० मा नेपाल प्रहरीलाई फोन गरी जानकारी दिएका थिए । जिल्ला प्रहरी कार्यालय भोजपुरले खबर पाउने बित्तिकै ओख्रे प्रहरी चौकीलाई खबर गरी पक्राउ गरेको थियो । पक्राउ परेका राईलाई नजिकै रहेको ओख्रे स्वास्थ्य चौकीमा उपचार गराई थप उपचारका लागि जिल्ला अस्पताल भोजपुर ल्याएको र भोजपुरबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरी थप उपचार भइरहेको छ ।

यता, घटनाको बारेमा स्वास्थ्य चौकी ओख्रेकी स्वास्थ्यकर्मी सङ्गीता राईले मृतकका आफन्तलाई, गाउँपालिकाका जनप्रतिनिधि लगायत छरछिमेकलाई जानकारी दिएकी थिइन् । त्यस लगतै गाउँघरमा हल्ला गरी घरमा हेर्दा परिवारका चार जना सदस्य मृत अवस्थामा भेटिएका थिए । आइतबार बिहान स्थानीय जनप्रतिनिधि, छरछिमेकी, प्रहरी लगायतको उपस्थितिमा घटनाको बारेमा मुचुल्का बनाई मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ भने पोस्टमार्टम सोमबार बिहान हुने भएको छ । घटना के कारणले, कसरी, किन भयो घटनाको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । 

घटना घट्नुको कारण भने, पहिलो श्रीमतीले छाडेका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया मनीषालाई प्रेममा पारेर विवाह गरेका थिए । विवाह गरेको केही दिनदेखि मनीषालाई विभिन्न बहानामा मानसिक तनाव दिएपछि मनीषा घरबाट माइतमा गएर बसेका थिए । 

माइत आएको एक महिनासम्म श्रीमती घर नफर्किएपछि लिन करिब पाँच दिन अघि ससुराल आएका राजेन्द्रले श्रीमतीलाई घर जान सम्झाउँदै थिए । शुक्रबार दिउँसो राजेन्द्रले सानो सालोलाई लिएर नजिकैको खेल मैदानमा खेल खेल्न गएको र राति घर फर्किएका थिए । बेलुका ससुरालीमा सासू आमाले तत्काल छोरी नपठाउने सल्लाह दिएपछि राजेन्द्र रिसाएका थिए ।

प्रारम्भिक बयानमा राजेन्द्रले प्रहरीलाई भने अनुसार, रातको करिब ११ बजे सासू आमाले छुरा लिएर मार्न आएको र आफूले प्रतिकार गर्दा सासू आमा, ससुरा, श्रीमती र सालोलाई क्रमशः मारेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार “छोरी मनिसाले आमा मञ्जु गिरीलाई ज्वाइँले दिएको मानसिक तनाव लगायत समस्याको बारेमा जानकारी गराएपछि आमा मञ्जु गिरीले छोरीलाई फर्काएर घर ल्याएकी थिइन् । आमाले फर्काएपछि मनीषा विगत महिनादेखि धोद्लेखानी स्थित माइती घरमै बस्दै आइकी थिइन् । ज्वाइँ लिन आउँदा जान नमानेपछि राति दुर्घटना भएको थियो ।”

ज्वाइँ राजेन्द्रले प्रहार गरेको छुराबाट श्रीमती, ससुरा, सासू र सालोको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै परिवारका अन्य सदस्य ठुली छोरी यशोदा गिरी, माइली छोरी यसुना गिरी र जेठो छोरा सबिन गिरी काठमाडौँ बस्दै आएको र साइली छोरी प्रेमकुमारी गिरी वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । 

घटनाबारे दुःख व्यक्त गर्दै रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले पीडित परिवारलाई सहयोग गर्नुका साथै घटनाको बारेमा थप अनुसन्धान गरी अपराधीलाई कानुनी दण्ड सजाय गराउन सहयोग गर्ने प्रतिबद्धता जनाए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: