जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको ह्वाइट हाउस भ्रमणको पूर्वसन्ध्यामा गाजामा युद्धविराम र बन्धक मुक्त सम्झौता वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल आइतबार दोहामा पुग्ने अपेक्षा गरिएको छ ।
नेतन्याहूले यसअघि नै द्वन्द्वको मुख्य मध्यस्थकर्ता कतारमा एक टोली पठाउने घोषणा गरेका थिए, यद्यपि, उनले अमेरिका समर्थित युद्धविराम सम्झौताको मस्यौदामा हमासको प्रतिक्रियामा केही ‘अस्वीकार्य’ मागहरू समावेश भएको बताएका थिए ।
गाजामा युद्धको २२ औं महिना नजिकिदै गर्दा युद्ध अन्त्यका लागि बढ्दो मागको सामना गरिरहेका नेतान्याहुले आगामी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि गाजा पट्टीमा रहेका बन्धकहरूलाई फिर्ता गर्न माग गर्दै शनिबार इजरायली प्रदर्शनकारीहरू इजरायलको तटीय केन्द्र तेल अभिभमा भेला भएका छन् ।
बन्दी गाली र जिभ बर्मनकी काकी म्याकाबित मेयरले ‘सबैलाई बचाउने’ सम्झौताको लागि आह्वान गरे । हमासले शुक्रबार वार्तामा’ तत्काल र गम्भीरतापूर्वक संलग्न हुन’ तयार रहेको बताइसकेको छ । नेतन्याहूको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कतारको प्रस्तावमा इजरायलले सहमति जनाएको छ र छलफल गर्न वार्ताकारहरू पठाउँदैछ ।
उनले भने, हमासले कतारको प्रस्तावमा गर्न चाहेको परिवर्तन इजरायलका लागि अस्वीकार्य हुनेछ ।” गाजाको नागरिक सुरक्षा निकायले आइतबार इजरायली सेनाको कारबाहीमा परी १४ जनाको मृत्यु भएको जनाएको छ ।
गाजामा सञ्चारमाध्यममा लगाइएको प्रतिबन्ध र धेरै क्षेत्रमा पहुँचमा कठिनाइको अर्थ एएफपीले नागरिक सुरक्षा एजेन्सीले उपलब्ध गराएको सङ्ख्या र विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न असमर्थ भएको छ । एएफपीसँग सम्पर्क गर्दा इजरायली सेनाले निश्चित समन्वय बिना कुनै खास आक्रमणबारे टिप्पणी गर्न नसक्ने बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: