Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

खबरडबली संवाददाता

सियोल । दक्षिण कोरियाली पूर्व राष्ट्रपति युन सुक योललाई दुई पटकसम्म सोधपुछ गरेपछि पुनः सोधपुछका लागि भन्दै पक्राउ पुर्जी जारी गर्न आइतबार अभियोजनकर्ताले अनुरोध गरेका छन् ।

गत बर्षको डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको भन्दै सांसदहरूले महाभियोग र निलम्बन गरेपछि युनलाई अप्रिलमा औपचारिक रूपमा पदबाट हटाइएको थियो । उनी राज्य विद्रोहको अभियोगमा अदालतमा उपस्थित भएका छन् र सैनिक कानुन (मार्शल ल) घोषणाको अनुसन्धान गरिरहेका एक विशेष वकिलले उनलाई सोधपुछ गरेका छन् ।

“आज विशेष वकिलले सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टमा पूर्व राष्ट्रपति युन सुक योेललाई शक्तिको दुरुपयोग र विशेष सरकारी कर्तव्यमा बाधा पुर्‍याएको अभियोगमा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्,” विशेष वकिलमध्येका एक सदस्य (अभियोजक) पार्क जी–योङले सञ्चारकर्मीसँग भने ।

पार्कका अनुसार युनमाथि सैनिक शासनको घोषणालाई लिएर ‘आधिकारिक कागजातमा मिथ्याकरण गरेको’ आरोप पनि लगाइएको छ । पार्कले भने, “पक्राउ पूर्जीमा पूर्व राष्ट्रपति युनलाई किन हिरासतमा राख्नु आवश्यक छ भन्ने उल्लेख गरिएको छ, तर म यहाँ विस्तृत विवरण दिन सक्दिनँ ।”

अभियोजकहरूले गत जनवरीमा पक्राउ प्रयास असफल हुँदा युनले गरेको प्रतिरोधका साथै उनले सैन्य कानुन घोषणा गर्नुको औचित्यका रुपमा ड्रोनलाई प्योङयाङ उड्न अनुमति दिएको आरोपबारे शनिबार प्रश्न उठाएको थियो । युनको कानुनी टोलीले उक्त पक्राउपूर्जी ’अत्यधिक र अवाञ्छित’ भन्दै आलोचना गरेको छ ।

उनको कानुनी टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले आरोपको पूर्ण रुपमा खण्डन गरेका छौं र कानूनको रूपमा कुनै पनि अपराध स्थापित गर्न सकिँदैन भन्ने प्रमाणित गरेका छौं ।” “विशेष वकिलले अनुसन्धानका क्रममा कुनै वस्तुगत प्रमाण प्रस्तुत गर्न सकेनन् र साक्षीको बयानका आधारमा पनि आरोप टिक्न सक्दैन,” उनीहरूले भने ।

गत हप्ता, अदालतले विशेष वकीलले ‘यूनले सुरुमा सोधपुछको लागि उपस्थित हुन इन्कार गरको तर उनले आवश्यक भएमा भविष्यमा उपस्थित हुने इच्छा व्यक्त गरेको भन्दै गिरफ्तारीका लागि अनुरोध गरेको पक्राउ पूर्जी खारेज गरिदिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending