Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

डोल्पाकाे एक प्रधानाध्यापकसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खबरडबली संवाददाता

काठमाडौं । अन्नपूर्ण माध्यामिक विद्यालय, डोल्पाका प्रधानाध्यापक नरदेव रोकायासहित १४ जनाविरुद्ध २९ लाख ६० हजार ६९२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रधानाध्यापक रोकाया समेतको मिलेमतोमा अन्नपूर्ण माध्यामिक विद्यालयको ठेक्का गाउँपालिकाको अध्यक्षको श्रीमती एवम् सोही विद्यालयका शिक्षिकाको नाममा रहेको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई बोलपत्र पारी सार्वजनिक खरिद ऐन नियमावली विपरीत कार्य गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याएको आरोप लागेको छ ।

आर्थिक वर्ष २०७९/८० मा डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर ७ स्थित अन्नपूर्ण माविको ठेक्का इबीआइडीमार्फत् बोलपत्र आव्हान गरी बोलपत्रको मूल्याङ्कन गरेको, सार्वजनिक खरिद ऐन, नियम तथा शिक्षा ऐन, नियमको मर्म विपरीत सम्बन्धित विद्यालयमै कार्यरत शिक्षिकाको दर्शन एण्ड दिग्दर्शन निर्माण सेवालाई छनौट गरेको र बोलपत्र मूल्याङ्कन गर्दा न्यून कबोल अङ्क भ्याट बाहेक ४९ लाख ८३ हजार ३९४ रुपियाँ कबोल गरेको महातारा निर्माण सेवालाई बिना कारण साइट भिजिट नभएको भन्ने आधार लिइ अयोग्य ठहराएको र चौथो नम्बरको कम कबोल अङ्क भ्याट बाहेक ७९ लाख ५१ हजार ७२९ रुपियाँ भएको दिग्दर्शनलाई आफूखुसी छनौट गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार दिग्दर्शन निर्माण सेवाले भुक्तानी पाएको ७९ लाख ४४ हजार ८७ रुपियाँबाट सबैभन्दा न्यून अङ्क कबोल गर्ने महातारा निर्माण सेवाको ४९ लाख ८३ हजार ३९४ रुपियाँ घटाउँदा हुन आउने फरक रकम २९ लाख ६० हजार ६९२ रुपियाँ बराबरको रकम अन्नपूर्ण माविलाई हानिनोक्सानी पुगेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बुढा, सहायक शिक्षकद्वय हृदय नारायण साह र जयबहादुर ठकुल्ला, इन्जिनियर देवराज रावत, व्यवस्थापन समितिका पदेन सदस्य तथा मुड्केचुला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष दत्तबहादुर बुढा र सदस्य दुर्गा देवी लामा, अशोक रोकाया, कविता बुढा (ठकुल्ला), रुपा रोकाया, पृथि ठकुल्ला, धनबहादुर कामी र नारायणी ठकुल्लाविरुद्ध आरोप लागेको छ ।

विद्यालयका शिक्षिका तथा दर्शन एण्ड दिग्दर्शन निर्माण सेवाका प्रोपाइटर उषा कुमारी सिंह र सो निर्माण सेवालाई समेत सो भ्रष्टाचार मुद्दा दायर भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिइ २९ लाख ६० हजार ६९२ रुपियाँ बिगो कायम गरी आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: