काठमाडौं । लिथुआनिया, रोमानिया लगायतका देशहरूमा पठाउने भनी पीडितहरूबाट एक करोड असी लाख त्रियानब्बे हजार ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितहरूको उजुरीको आधारमा रामेछाप उमाकुण्ड-६, घर भई हाल काठमाडौँ महानगर-६, बस्ने ३२ वर्षीय फिन्चु लामालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले ४५ जनाबाट रकम ठगी गरी फरार भएको जनाएको छ ।
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुकाएर ठगी गर्ने गरे पनि उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
त्यसै गरी सर्बिया पठाइ दिने भन्दै दुई लाख ठगी गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । सङ्खुवासभा खादबारी-३, घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा-८, बस्ने २९ वर्षीय उत्तम खड्कालाई पक्राउ गरी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८२ - २०:३८
सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले रुसका विदेशमन्त्री सर्गेई लाभरोभसँगको वार्ताका क्रममा युक्रेनमा जारी युद्धमा मस्कोलाई पूर्ण समर्थन गर्ने प्रस...
आषाढ़ २९ गते, २०८२ - २०:३३
उदयपुर । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि उदयपुरमा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ । आकासे पानी...
आषाढ़ २९ गते, २०८२ - २०:२६
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रभित्र बङ्गुर तथा सुँगुरको खोर हटाउन उर्दी गरिएको छ । बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्...
आषाढ़ २९ गते, २०८२ - २०:२०
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु २५ अर्ब ७६ करोड ४३ लाख बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख सुनिता डङ...
आषाढ़ २९ गते, २०८२ - २०:१६
काठमाडौं । काठमाडौँ महानगरपालिका-१६ बालाजु चमतिस्थित झोला गोदाममा आगलागी हुँदा दुई करोडको क्षति भएको बताइएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता अ...
आषाढ़ २९ गते, २०८२ - २०:११
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–६, चोभारमा पानी जमेको खाल्डोमा डुबेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा स्थायी घर भइ काठमाड...
आषाढ़ २९ गते, २०८२ - १८:४१
पाँचथर । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिनाले विदेश जाने सप...
आषाढ़ २९ गते, २०८२ - १८:३५
काठमाडाैं । स्रोत नखुलेको विदेशी मुद्रासहित एक युवक विमानस्थलमा पक्राउ परेका छन् । थाई एयरवेजको उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेकानागार्जुन न...
आषाढ़ २९ गते, २०८२ - १८:२९
सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला ...
आषाढ़ २९ गते, २०८२ - १८:२२
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले पुर्...
प्रतिकृया लेख्नुहोस्: