Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

सल्यानमा अझै पनि ३१ प्रतिशत घरधुरी विद्युतविहीन

खबरडबली संवाददाता

सल्यान । सल्यानमा अझै पनि ३१ प्रतिशत घरधुरी विद्युत् सेवाको पहुँचबाट वञ्चीत रहेका छन् । विद्युत् विस्तारका लागि योजना सुरु भएता पनि सम्बन्धित निर्माण कम्पनीले समयमै काम नगर्दा अझै पनि ३१ प्रतिशत घरधुरीका नागरिकहरू विद्युत् सेवाबाट वञ्चित हुनु परेको हो ।

विशेष गरेर कालीमाटी गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा विद्युतीकरणको धेर्रै काम बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण सल्यानका प्रमुख दिनेश पौडेलले जानकारी दिए । यसबिचमा जिल्लामा विद्युत् विस्तार कार्यमा भइरहेको ढिलासुस्तीका सन्दर्भमा जिम्मेवार निकाय एवं सरोकारवालाहरूको बैठक बसी विभिन्न निर्णय गरिएको छ । 

जिल्ला समन्वय समिति सल्यानको अग्रसरतामा बसेको बैठकले जिल्लाको विद्युत् विस्तारसम्बन्धी योजना कार्यान्वयनको अवस्था मूल्याङ्कन तथा समाधानका उपायहरू तय गरेको छ भने पूर्ण विद्युतीकरणको सम्झौता अवधि आगामी कार्तिक २९ भित्र विद्युतीकरणको कार्य सम्पन्न गर्न निर्देशन दिएको हो । 

२०७८ साल असोजमा महाशक्ति क्रिस्टल जेभीसँग १३ करोड बराबरको लागतमा गरिएको विद्युतिकरण सम्बन्धी ठेक्का सम्झौता अनुसार १८ महिनाको म्याद सकिएपछि थप गरिएको म्याद २०८२ कात्तिक २९ गतेसम्म छ । उक्त म्यादभित्रै सम्पूर्ण कार्य सम्पन्न गर्न बैठकले निर्देशन दिएको जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले जानकारी दिए । 

जस अनुसार जिल्लाको पूर्ण विद्युतिकरण तथा बाँकी रहेका टोल, बस्ती र वडाहरूमा विद्युत् पहुँच विस्तार गर्न सम्बन्धित निकायहरूलाई कार्य योजना सहित फिल्डमा खटाउने सहमति भएको छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदार कम्पनीको संयुक्त टोली फिल्डमा खटिनेछन् भने विद्युतीकरणको काममा सबै स्थानीय तहहरूले आवश्यक सहकार्य तथा सहजीकरण गर्नेछन् ।

सल्यानका दश वटै पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विद्युत् प्राधिकरणका निर्देशक र प्रमुख, महाशक्ति क्रिस्टल जेभीका प्रतिनिधि तथा पत्रकारहरूको समेत सहभागिता रहेको थियो । बैठकले पूर्ण विद्युतिकरणले नसमेटेका कुमाख, दार्मा, बागचौर, सिद्ध कुमाख, शारदा, कपुरकोट, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाका टोल, बस्ती र वडामा कर्णाली प्रदेश विद्युतिकरण आयोजना तुरुन्तै सुरु गरिने निर्णय भएको दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । 

त्रिवेणी र छत्रेश्वरी गाउँपालिकामा अपुरो रहेको सामुदायिक विद्युतिकरणको काम नेपाल विद्युत् प्राधिकरणले तत्काल सम्पन्न गर्नेछ । त्यसै गरी पूर्ण र सामुदायिक विद्युतिकरणले नछोएका बनगाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकामा पनि विद्युत् विस्तार कार्य सुरु गरिनेछ । नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयबाट एआईआईबी परियोजना अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका र कालीमाटी गाउँपालिकाका लागि विद्युतिकरण कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

वनगाड कुपिण्डे नगरपालिका प्रमुख कर्णबहादुर बुढाथोकीले पूर्ण विद्युतिकरणको जिम्मेवारी लिएको निर्माण कम्पनीको लापरवाहीकाे काममा ढिलाइ भएकाले विद्युतिकरणमा समस्या भएको बताए । नेपाल विद्युत् प्राधिकरण प्रदेश निर्देशनालयका निर्देशक शशीभूषण शाहले तोकिएकै समयमा विद्युतिकरणको कार्य पुरा गर्ने गरी आवश्यक व्यवस्था मिलाइने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: