Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

मानव-हात्ती द्वन्द्व न्यूनीकरणको आवश्यकता

खबरडबली संवाददाता

झापा । गत बिहीबार बिर्तामोड–७ फक्तालुङमा शौचालय जान निस्किएको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट आँगनमै ज्यान गयो । अचानक आएको हात्तीले किच्दा घटनास्थलमा नै लिम्बूको मृत्यु भएको थियो ।

यसैगरी, गत जेठ २० गते कमल–३ रतुवामाई वृक्षरोपणका क्रममा जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भयो । हात्तीले विद्युत् पोलमा धक्का दिँदा उसलाई करेन्ट लागेको थियो । हात्तीको घटनास्थलमा नै ज्यान गयो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत भरतबाबु श्रेष्ठले विगत १७ वर्षमा यहाँ जङ्गली हात्तीको आक्रमणमा परी ७४ जनाले ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार २०६२ सालदेखि हालसम्ममा प्राकृतिक रुपले २५ वटा हात्तीको ज्यान गएको छ ।

भारतको पश्चिम बङ्गालबाट बर्सेनि जङ्गली हात्तीहरु झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्छन् । ती हात्तीहरु झापा, मोरङ र सुनसरीका वन क्षेत्रमा रहेर पुनः भारत  फर्किने गरेको प्रमुख अधिकृत श्रेष्ठले बताए । “पछिल्लो समय मानिसहरुको अत्यधिक चापले गर्दा वन क्षेत्रको विनाश हुन गई हात्तीलगायत वन्यजन्तुको बासस्थान सङ्कुचन हुन गएकाले हात्तीको जीवन अत्यन्त सङ्कटग्रस्त अवस्थामा रहेको छ,” उनले भने । 

डिभिजन वन झापाका अनुसार २५ देखि ३० को सङ्ख्यामा रैथानी जङ्गली हात्ती बाह्रै महिना यही क्षेत्रमा रहने गरेका छन् । मुख्य रुपमा जङ्गली हात्तीको खानाको उपलब्धता र विचरणमा समस्या आएका कारणबाट मानिस र जङ्गली हात्तीको बीचमा द्वन्द्व सृजना भएको छ । स्थानीयको व्यवहारले हात्ती–मानव द्वन्द्व झन् चर्किएको प्रमुख श्रेष्ठले उल्लेख गरे । 

हात्ती गाउँमा प्रवेश गरेपछि स्थानीयले साइरन बजाउने, पटका पड्काउने, हल्लाखल्ला गर्ने, हात्तीलाई चारैतिरबाट घेर्ने आदि क्रियाकलापले हात्ती झनै उत्तेजित हुने र दुर्घटनाको सम्भावना बढ्ने गरेको उनले बताए । यस प्रकारका क्रियाकलाप रोक्न वनकर्मी र सुरक्षाकर्मीको साथमा संयमता अपनाउनु जरुरी रहेको उनको भनाइ छ ।

द्वन्द्व न्यूनीकरणको प्रयास

सहभागितामूलक पद्धतिको अवलम्बन गर्दै वन उपभोक्त समूहमार्फत स्थानीय डिभिजन वन कार्यालहरुबाट हात्तीको प्राकृतिक बासस्थान संरक्षण र संवद्र्धन गर्ने गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । जसअनुसार हात्तीले मनपराउने वनस्पतिहरुको संरक्षण गर्ने, आउटेङ्गाका प्रजातिहरु वनस्पति रोपण गर्ने, हात्तीलाई पानी पिउन तथा पौडी खेल्नका लागि बासस्थान सुधारअन्तर्गत वन क्षेत्रभित्र नै पानीको पोखरी अर्थात् आहाल निर्माण गर्नेलगायत क्रियाकलाप गरिएको छ ।

यसैगरी, वन क्षेत्र र मानव बस्ती तथा खेतबारीको बीचमा हात्ती छेक्ने तारबार निर्माण, जङ्गली हात्तीबाट हुनसक्ने जनधनको क्षति र मानवीय गतिविधिका कारण हात्तीमा हुने क्षति न्यूनीकरण गर्न गाउँ, टोल, समुदायस्तरमा युवा जनशक्ति सङ्गठित गरिएको, दश पशु चिकित्सक, वन प्राविधिक र सशस्त्र वनरक्षकसहितको दुत्र प्रतिकार्य टिम गठन गरी परिचालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा हात्तीबाट कुल रु दुई करोड एक हजार ९८८ बराबरको क्षति भएको छ । जुन रकम मानिस मृत्यु, मानिस घाइते, घरगोठ क्षति, अन्नबाली क्षति र भण्डारण गरेको अन्न क्षतिका लागि राहतस्वरुप उपलब्ध गराइएको हो । उक्त रमकमध्ये वन निर्देशनालयबाट रु एक करोड ३० लाख आठ हजार ४२३ र बाँकी रु ६९ लाख ९३ हजार ५६५ डिभिजन वन कार्यालयबाट विनियोजन भएको प्रमुख श्रेष्ठले जानकारी दिए । 

डिभिजन वनका पशु चिकित्सक डा सोनाम भालका अनुसार मृतकका परिवारलाई जनही रु १० लाख, घाइतेलाई अवस्था हेरी रु दुई लाखसम्म, जीवनभर अशक्त भएको अवस्थामा रु पाँच लाखसम्म, अन्नबाली तथा भण्डारणमा क्षति भएमा बढीमा १० हजारसम्म र घर गोठ भत्केको अवस्थामा अधिकतम २० हजारसम्म डिभिजन वनले राहत उपलब्ध गराउँदै आएको बताए । 

झापालगायत तराईका वन क्षेत्रमा हात्तीको बासस्थान सङ्कुचन, मानव बस्तीको विस्तार र जनचापका कारण जङ्गली हात्ती र मानवबीचको द्वन्द्व बढ्दो रहेको जनाइएको छ । वन क्षेत्रको संरक्षण, मानव–हात्ती सहअस्तित्वमा आधारित चेतना अभिवृद्धि, वैज्ञानिक व्यवस्थापन र स्थानीयको सहभागिता मात्रै यो समस्या न्यूनीकरण गर्न सकिने प्रमुख वन अधिकृत श्रेष्ठको भनाइ छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: