Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता : आइओएम

खबरडबली संवाददाता

काबुल । इरानले आवाश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म देश छोड्न आदेश दिएपछि जुन महिनाको सुरुदेखि करिब चार लाख ५० हजार अफगानीहरू इरानबाट फर्केको संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सी (आइओएम)ले सोमबार बताएको छ ।

गत मे महिनाको अन्त्यमा, इरानले जुलाई ६ सम्ममा कागजातविहीन अफगानहरूले देश छोड्नुपर्ने बताएको थियो । जुनको मध्यदेखि सीमा पार गर्ने मानिसहरूको सङ्ख्या बढेको र केही दिनहरूमा पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमाबाट करिब ४० हजार मानिसहरू स्वदेश भित्रिएको संयुक्त राष्ट्रसङ्घीय निकायले बताएका छन् ।

जुन १ देखि जुलाई ५ सम्म चार लाख ४९ हजार २१८ अफगानहरू इरानबाट फर्केको  आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्ठनका प्रवक्तालाई लक्षित गर्दै एएफपीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी समूह र तालिबान अधिकारीहरूले फर्कनेहरूलाई सहयोग गर्न थप कोषको आह्वान गर्दै विदेशी सहायता कटौतीले सङ्कट व्यवस्थापनमा असर पारेको जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घले यो आगमनले गरिबी, बेरोजगारी र जलवायु परिवर्तनसँग सम्बन्धित समस्यासँग जुझिरहेको देशलाई अस्थिर बनाउन सक्ने चेतावनी दिँदै सम्बन्धित राष्ट्रहरूलाई अफगानहरूलाई जबरजस्ती फिर्ता नगर्न आग्रह गरेको छ । 

अफगानहरूलाई फिर्ता गर्न बाध्य पार्नु वा दबाब दिनुले यस क्षेत्रमा थप अस्थिरता ल्याउनुका साथै युरोपतर्फ अघि बढ्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी युएनएचसीआरले विज्ञप्तिमार्फत जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending