Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

उदयपुरमा एसइई नतिजा: कुन पालिकामा कस्तो छ ?

खबरडबली संवाददाता

उदयपुर । माध्यमिक परीक्षा शिक्षा (एसइई)मा उदयपुर जिल्लाका छवटा सामुदायिक विद्यालयले शत प्रतिशत नजिता ल्याउन सफल भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरकी प्राविधिक सहायक मैनाकला लिम्बूका अनुसार जम्मा परीक्षा दिने विद्यार्थीकोको संख्यामा शत प्रतिशत नतिजा ल्याउन सफल भएका हुन् ।

उनका अनुसार सत्यवती देवि मावि भुल्के त्रियुगा नगरपालिका ३५ जना, त्रियुगाकै माध्यमिक विद्यालय चिलाउने १०, जल्पा मावि अजिङगरे चौदण्डीगढी नगरपालिका १४, जनता मावि लुङ्टार चौदण्डीगढी नगरपालिका १४, जनता मावि लामिडाँडा बेलका नगरपालिका ८ जना र जनता मावि रानीवास रौतामाई गाउँपालिका १० नै ग्रेडेड भएका छन् । यता संस्थागत विद्यालयमा सगरमाथा बोडिङ स्कुल त्रियुगा नगरपालिका गाईघाट लगायतका १६ वटा विद्यालयको नतिजा शतप्रतिशत रहेको लिम्बूको भनाइ छ ।

कुन पालिकाको नतिजा कस्तो ?

उदयपुरका आठ स्थानीयबाटबाट नियमिततर्फ जम्मा पाँच हजार १७० विद्यार्थीले एसइई परीक्षामा दिएकोमा ग्रेडेड हुनेमा तीनहजार ७८१ रहेका छन् । जसमा ननग्रेडेड हुनेमा एकहजार ३८४ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरका शाखा अधिकृतृ अर्जुनकुमार कार्कीले जानकारी दिए । 
उनका अनुसार उदयपुरगढी गाउँपालिकामा जम्मा विद्यालय ३२७ थिए । जसमा ग्रेडेड १६० र ननग्रेड १६२ छन् । कटारी नगरपालिकामा जम्मा ८५१ विद्यार्थीमा ग्रेडेड ६६२ र ननग्रेड १९७, चौदण्डीगढी नगरपालिकामा जम्मा विद्यार्थी ८०३ मा ग्रेडेड ६०९ र ननग्रेड १९४, ताप्ली गाउँपालिकामा २०० विद्यार्थीमा ग्रेडेड ११० र ननग्रेड ९० जना छन् ।

यसैगरी त्रियुगा नगरपालिकामा एकहजार ७२० विद्यार्थीमा एकहजार ३३८ विद्यार्थी ग्रेडेड र ननग्रेडमा ३८२ छन् । बेलका नगरपालिकामा ७८२ विद्यार्थीमा ग्रेडेड ६५३ र ननग्रेड १२९ रहेको कार्कीको भनाइ छ । यसैगरी रौतामाई गाउँपालिकामा ३३५ विद्यार्थीमा ग्रेडेड १९४ र ननग्रेड १४१, लिम्चुङबुङ गाउँपाकिलामा १४४ विद्यार्थीमा ५५ जना ग्रेडेड र ८९ जना ननग्रेड भएका छन् । 

उदयपुरमा पाँचजनाले चार जिपीए ल्याउन सफल भएका छन् । चार जिपीए ल्याउनेमा ज्योती माध्यमिक विद्यालय बेल्टार चौदण्डीगढी नगरपाकिलाकी लाजिमा राई, प्याराडाइज बोडिङ स्कुल गाईघाट त्रियुगाका दिनबन्धु बास्तोला, बालमन्दिर माध्यमिक विद्यालय बोक्सेका अबिन्द्र राई, क्याभास बोडिङ स्कुल गाईघाट त्रियुगाका अभुइत शाह, नर्थ स्टार स्कुल बेलका नगरपालिकाका रेखाकुमारी शाह रहेका छन् । 

कटारी नगरमै उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित 

कटारी नगरपालिकामै उत्कृष्ट अंक ल्याउने श्री नमूना त्रिवेणी माध्यमिक विद्यालयकी छात्रा सुभाना दर्लामी मगर सम्मानित भएकी छिन् । उनले तीन दशलमव ९८ जिपीए ल्याएकी छिन् ।
श्री नमूना त्रिवेणी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज दाहालले नगरपालिकाकै उत्कृष्ट अंक ल्याउने सुभाना दर्लामी मगरलाई विद्यालयले पनि सम्मान गरिएको जानकारी दिए । उनले भने, ‘नगरपालिकाले पनि १० हजार नगदसहित सम्मान गरेको छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: