Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु, पाँच सयभन्दा बढी पक्राउ

खबरडबली संवाददाता

नैरोबी । केन्यामा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा ११ जनाको मृत्यु भएको र पाँच सयभन्दा बढीलाई हिरासतमा लिइएको सिएनएनले सोमबार (स्थानीय समय) देशको राष्ट्रिय प्रहरी सेवालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

सिएनएनका अनुसार, सुरक्षा बलले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अश्रु ग्यास र पानी तोप प्रयोग गरेका थिए । मुख्यतया युवा केन्यालीहरूले भ्रष्टाचारको आरोप, पुलिसको क्रूरता र सन् १९९० को सबा सबा प्रजातन्त्र समर्थक आन्दोलनको ३५औँ वार्षिकोत्सवमा सरकारका आलोचकहरूलाई लक्षित गरी जबरजस्ती बेपत्ता भएको रिपोर्टमा आफ्नो आक्रोश र निराशा व्यक्त गरेका छन् ।

किस्वाहिलीमा ‘सबा सबा’ शब्दको अर्थ ‘सात सात’ हो, जसले सन् १९९० जुलाई ७ मा विरोध प्रदर्शन भएको मितिलाई जनाउँछ ।  प्रदर्शनका क्रममा ११ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । यद्यपि केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसिएचआर) ले यो सङ्ख्या २९ राखेको छ भने कुल पाँच सय ६७ जनालाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।

यसलाई बढ्दो सङ्कटको बिचमा कर बढाउने विवादास्पद वित्त विधेयक पेस भएपछि गत वर्ष देखि सुरु भएको अशान्तिको लहरको हिस्सा भएको जनाइएको छ । यद्यपि सरकारले सन् २०२४ जुनमा जनताको दबाबका कारण विधेयक खारेज गरे पनि विशेष गरी प्रहरी हिरासतमा एक शिक्षकको मृत्यु र प्रहरीको गोली लागि निहत्था सडक विक्रेताको मृत्यु भएपछि छसार्वजनिक आक्रोश बढ्दै गएको छ ।

गत महिना यस्तै विरोध प्रदर्शनमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो र सयौँ घाइते भएका थिए । सन् २०२४ को सुरुदेखि कर विरोधी प्रदर्शनमा दर्जनौँको मृत्यु भएको छ । सन् १९९० जुलाई ७ सबा सबा विरोधको सम्झनामा सोमबार केन्याका धेरै क्षेत्रमा प्रदर्शनहरू भए र ठुलो भिड जम्मा भयो । सिएनएनका अनुसार नैरोबीमा सुरक्षा बलहरूको संसद् र राष्ट्रपतिको निवाससहित प्रमुख सरकारी भवनहरू नजिकै प्रदर्शनकारीहरूसँग झडप भयो ।

सोमबार राति जारी गरिएको एक विज्ञप्तिमा केन्याको राष्ट्रिय प्रहरी सेवाले हिंसा र दुर्व्यवहारका सबै रिपोर्ट गरिएका घटनाहरूको कानुनी प्रक्रियाअनुसार अनुसन्धान गरिने घोषणा गरेको छ । केन्याली मानव अधिकार आयोगका कार्यालयहरूमा कथित रूपमा राज्य समर्थित कार्यकर्ताहरूले आइतबार छापा मारेपछि सरकारी कारबाही भएको हो । 

सबा सबा वार्षिकोत्सव अघि प्रदर्शनकारीहरूको मनमानी गिरफ्तारी, बेपत्ता र हत्याको अन्त्यको माग गर्दै आमाहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रमणकारीहरूले बाधा पुर्‍याएको सिएनएनले जनाएको छ । केन्याका गृहमन्त्री किपचुम्बा मुर्कोमेनले पहिले अपराधीहरूलाई शान्तिपूर्ण मार्चहरूमा घुसपैठ गर्न र अशान्ति निम्त्याउनबाट रोक्न सुरक्षा एजेन्सीहरू उच्च सतर्क रहेको बताउनुभएको थियो । उनले यसअघि गत महिनाको विरोध प्रदर्शनलाई ‘असहमतिको भेषमा आतङ्कवाद’ भन्नुभएपछि सार्वजनिक आक्रोशलाई थप बढावा दिएको सिएनएनले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: