Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

नयाँ भन्सार शुल्क समयसीमा ‘१०० प्रतिशत दृढ छैन’ : राष्ट्रपति ट्रम्प

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक दर्जनभन्दा बढी देशलाई उच्च भन्सार शुल्क लगाउने धम्की दिएर आफ्नो व्यापार युद्धलाई पुनःस्थापित गरेका छन् । यद्यपि त्यसपछि उनले सम्झौतामा पुग्नका लागि आफ्नो नयाँ अगस्टको समयसीमा लचिलो हुनसक्ने बताएका छन् ।

अमेरिकाका प्रमुख सहयोगीहरू जापान र दक्षिण कोरियासहितका व्यापारिक साझेदारहरूलाई पत्र पठाउँदै ट्रम्पले अप्रिलमा निलम्बन गरेको भन्सार शुल्क तीन हप्तामा अझ तीव्र रूपमा फिर्ता हुने घोषणा गरेका थिए । टोकियो र सियोललाई उनीहरूका सामानमा २५ प्रतिशत कर लगाउने उनले लेखेका छन् । इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, दक्षिण अफ्रिका र मलेसियालगायतका देशहरूलाई २५ प्रतिशत देखि ४० प्रतिशत सम्मका भन्सार शुल्क लगाइएको छ ।

तर आफ्नो करहरूद्वारा पहिले नै अस्थिर वैश्विक अर्थतन्त्रमा नयाँ अनिश्चितता निम्त्याउने कदममा ७९ वर्षीय ट्रम्पले एक पटक फेरि देशहरूलाई सम्झौता गर्न ठाउँ छाडेका छन्। “म दृढ भन्छु, तर सतप्रतिशत दृढ होइन”, अगस्ट १ को समयसीमा दृढ छ कि छैन भनेर सोध्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको रात्रिभोजमा ट्रम्पले पत्रकारहरूलाई भने ।

पत्रहरू उनको अन्तिम प्रस्ताव हो कि होइन भनेर सोधिएको प्रश्नमा ट्रम्पले जवाफ दिए, “म अन्तिम भन्छु–तर यदि तिनीहरूले फरक प्रस्तावका साथ फोन गरे र मलाई यो मनपर्‍यो भने, हामी यो गर्नेछौँ ।”

अमेरिकी राष्ट्रपतिले अप्रिल २ मा ‘मुक्ति दिवस’ भन्दै सबै देशमा आधारभूत १० प्रतिशत भन्सार शुल्कसहित आयातमा व्यापक भन्सार शुल्क घोषणा गरेका थिए । तर बजारमा उथलपुथल भएपछि उ नलेतुरुन्तै १० प्रतिशतभन्दा माथिका सबै भन्सार शुल्क ९० दिनका लागि निलम्बन गरे । ती पत्र बुधबार पुनः लागु हुने तय थियो र ट्रम्पले त्यो समयसीमाअघि नै पत्रहरू पठाए ।

जापानी र दक्षिण कोरियाली नेताहरूलाई ट्रम्पको लगभग समान शब्दको पत्रले वासिङ्टनसँगको उनीहरूको व्यापारिक सम्बन्ध ‘दुर्भाग्यवश, पारस्परिकबाट टाढा’ भएकाले उनले २५ प्रतिशत भन्सार शुल्क लगाउने बताएका थिए ।

उनले भन्सार शुल्कहरूको विरुद्धमा प्रतिशोध भएमा थप वृद्धिको चेतावनी दिए। तर सोमबार ट्रम्पले बुधबारको समयसीमा अगस्ट १ सम्मका लागि औपचारिक रूपमा विस्तार गर्ने आदेशमा हस्ताक्षर पनि गरे ।

– राष्ट्रपतिको विशेषाधिकार –

नयाँ अगस्ट मितिले प्रभावकारी रूपमा थप ढिलाइलाई अङ्कित गर्दछ र ट्रम्पको पछिल्लो टिप्पणीहरूले समयसीमा वास्तवमा कहिले हुन्छ भन्ने अनिश्चिततालाई अझ बढाउने खतरा छ ।

ट्रम्पको ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएका पत्रअनुसार इन्डोनेसियाका उत्पादनहरूमा ३२ प्रतिशत, बङ्गलादेशमा ३५ प्रतिशत र थाइल्यान्डमा ३६ प्रतिशत भन्सार शुल्क लाग्नेछ ।

अहिलेसम्म पत्रहरू प्राप्त गर्ने अधिकांश देशमा अप्रिलमा खतरामा परेका भन्सार शुल्कहरू जस्तै वा अपरिवर्तित भन्सार शुल्कहरू थिए । यद्यपि लाओस र कम्बोडिया जस्ता केही देशले उल्लेखनीय रूपमा कम स्तरहरू देखे ।

ट्रम्प प्रशासन ‘९० दिनमा ९० सम्झौता’ गर्ने वाचा गरेपछि परिणाम देखाउने दबाबमा छ ।

अहिलेसम्म बेलायत र भियतनामसँग दुईवटा मात्र दृढ सम्झौता भएका छन् । साथै चीनसँग सुपर–हाई टिट–फर–ट्याट भन्सार शुल्क फिर्ता गर्ने सम्झौता भएको छ । जापानका प्रधानमन्त्री शिगेरू इशिबाले सोमबार मन्त्रिपरिषद् बैठकमा २५ प्रतिशत भन्सार महसुलको घोषणा ‘साँच्चै खेदजनक’ भएको बताए ।

यसैबीच दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार वाइ सुङ–ल्याकले वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी मार्को रुबियोसँग भेट गरी ‘मुख्य विचाराधीन मुद्दाहरूमा पारस्परिक रूपमा फाइदाजनक परिणामहरू’ प्राप्त गर्न द्विपक्षीय शिखर सम्मेलन चाँडै हुनसक्ने आशा व्यक्त गरे ।

ट्रम्पले जापान र दक्षिण कोरियासँग सुरु गर्न किन रोज्नुभयो भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले भने, “यो राष्ट्रपतिको विशेषाधिकार हो, र ती देशहरू उहाँले रोज्नुभएको छ ।”

एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका उपाध्यक्ष वेन्डी कटलरले टोकियो र सियोललाई ट्रम्पले लेखेको प्रारम्भिक पत्रलाई उद्धृत गर्दै यो घोषणाले ‘अरूलाई डरलाग्दो सन्देश पठाउने’ बताए ।

“दुवै आर्थिक सुरक्षा मामिलामा घनिष्ठ साझेदार रहिआएका छन्”, जापान र दक्षिण कोरियाका कम्पनीहरूले ‘हालैका वर्षहरूमा अमेरिकामा महत्त्वपूर्ण निर्माण लगानी’ गरेको उल्लेख गर्दै उनले भने ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार थप सम्झौताहरू आउने उल्लेख गर्दै भने, “हामीले अर्को ४८ घण्टामा धेरै घोषणाहरू गर्नेछौँ ।” ट्रम्पको ताजा धम्कीका कारण प्रमुख अमेरिकी स्टक सूचकाङ्कहरू सोमबार रेकर्डबाट तल झरेका छन् । नास्डाक शून्य दशमलव नौ प्रतिशत र एसएन्डपी ५०० शून्य दशमलव आठ प्रतिशतले घटेको छ ।

ट्रम्पले उदीयमान ब्रिक्स राष्ट्रहरूसँग आफूलाई मिलाउने देशहरूमा थप १० प्रतिशत कर लगाउने धम्की दिएका छन् । उनीहरूले शिखर सम्मेलनमा ट्रम्पको कर्तव्यको आलोचना गरेपछि उनले ‘अमेरिकी विरोधी नीतिहरू’ को आरोप लगाएका छन् ।

तर साझेदारहरू अझै पनि ट्रम्पको भन्सार शुल्कलाई पूर्ण रूपमा रोक्न हतारिरहेका छन् । युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयेनले आइतबार कुरा गर्दा व्यापारमा ट्रम्पसँग ‘राम्रो आदानप्रदान’ भएको युरोपेली आयोगले बताएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending