Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसंघ

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसंघ । गाजा क्षेत्रमा चार महिनादेखि जारी नाकाबन्दीका कारण संयुक्त राष्ट्रसंघले बाँकी रहेको इन्धन अत्यावश्यक जीवनरक्षक सेवाहरूमा मात्र प्रयोग गर्न थालेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए) का अनुसार, इन्धन अभावले अस्पताल, एम्बुलेन्स र पिउने पानीको व्यवस्था गम्भीर रूपमा प्रभावित भएको छ ।

“अस्पतालहरू सेवा सञ्चालनका लागि कठिनाइ भोगिरहेका छन् र यो अवस्था अब धेरै समय टिक्न सक्दैन,” कार्यालयले जानकारी दिएको छ । ओसीएचएका अनुसार सञ्चार सेवा प्रदायकहरूले पनि गाजामा चाँडै नै सम्पूर्ण इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् ।

यसबिच, गाजाका सर्वसाधारणहरू दैनिक जीवनमा केवल द्वन्द्वबाट होइन, भोकमरीको डरले पनि त्रस्त छन् । खाद्य सहायता लिन खोज्दा केही नागरिकहरूले ज्यान गुमाएको जानकारी सार्वजनिक भएको छ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को हालैको सर्वेक्षण अनुसार गाजाका प्रत्येक तीन जना मध्ये एक जनाले धेरै दिनसम्म खाना नपाउने अवस्था रहेको छ ।

यसले हजारौँलाई भोकमरीको गम्भीर जोखिममा पारेको छ । संस्थाका उपप्रमुख  कार्ल स्काउले गाजा भ्रमणपछि भने, “मैले त्यहाँ देखेको पीडा अत्यन्तै मार्मिक छ । मानिसहरू केवल खाना खोज्न जाँदा पनि आफ्नो ज्यान गुमाइरहेका छन् ।” उनका अनुसार, एक आमा भान्छाघर पुग्दा त्यहाँ केही नपाई बेहोस भइन्, र अर्का एक पिताले दुई महिनामा २५ किलो तौल घटाएको बताएका छन् ।

ओसीएचाले इजरायललाई सबै नाका खोल्न र गाजाभित्र मानवीय सहायता पुर्‍याउने कार्यलाई सहज बनाउन आग्रह गरेको छ। साथसाथै, अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न पनि अपिल गरिएको छ । आइतवार खान युनिसको केही भागमा पुनः विस्थापनको आदेश दिइएको छ । यो पछिल्लो दुई दिनभित्र दोस्रो पटक हो । अनुमानअनुसार ५० हजार भन्दा बढी व्यक्ति त्यसबाट प्रभावित हुन सक्ने छन् ।

मार्चमा युद्धविराम अन्त्य भएयता करिब सात लाख मानिस बारम्बार विस्थापित भएका छन्, जहाँ सुरक्षित आश्रयको अभावले तटीय क्षेत्रहरू अत्यधिक भीडभाड भएका छन् । जनसंख्या कोषका अनुसार, खाद्यान्न संकटका बिच महिलाहरू मानसिक र सामाजिक तनावको उच्च भार बोकिरहेका छन् । अधिकांश महिलाहरू चिन्ता, डर र असहज सपनाबाट पीडित छन् । संयुक्त राष्ट्रसंघले अन्ततः सबै सम्बन्धित पक्षहरूलाई मानवीय कार्यमा अबरोध नगर्न, आपतकालीन सहायता सहज रूपमा गाजाको सबै क्षेत्रमा पुग्ने वातावरण सिर्जना गर्न र नागरिकहरूको जीवन र सम्मानको रक्षा गर्न आग्रह गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE