काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत नौ सय ६० मेगावाट क्षमता बराबरको सौर्य परियोजनाको आवश्यक प्रक्रिया अगाडि बढाएको छ । त्यसमध्ये आठ कम्पनीको एक सय ७० मेगावाट बराबरको सौर्य आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
यस्तै, चार हजार नौ सय ६६ मेगावाट क्षमताका जलविद्युत् आयोजनाको ग्रीड कनेक्सन एग्रिमेन्टको प्रावधानअनुसार विद्युत् खरिद सम्झौताको प्रक्रिया अगाडि बढाइएको छ । प्राधिकरणले एक सय दुई मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन प्रक्रिया आरम्भ गर्न लागिएको उनले जानकारी दिए ।
सो आयोजनाको मुख्य सुरुङमा पानी चुहिने समस्या देखिएको थियो । सो समस्यासमेत समाधान भइसकेको जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले गत वर्षको बाढीपहिरोका कारण समस्याग्रस्त भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई मर्मत गरी पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको उल्लेख गरे ।
प्राधिकरणमा हाल सिर्जित दायित्व तथा प्राधिकरणमा देखिएको तरलता व्यवस्थापनका लागि रु १० अर्ब बराबरको अल्पकालीन ऋण लिन अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको उनको भनाइ छ । उत्पादन प्रसारण र वितरण प्रणालीको विस्तार, विद्यमान संरचनाको स्तरोन्नतिलगायत कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न रु २० अर्ब बराबरको ऋणपत्र जारी गर्न पनि अर्थले प्राधिकरणलाई स्वीकृति दिएको छ ।
प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त भएको १०० दिन पुगेको अवसरमा विवरण सार्वजनिक गर्दै उहाँले डिजिटल एनइए निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाइएका बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ६ गते, २०८२ - २०:२२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको विकास र समृद्धि अवरुद्ध हुनुको कारण केवल राजनीतिक अस्थिरता मात्र न...
भाद्र ६ गते, २०८२ - १९:४५
भारत । भारतको संसदले व्यापक असर पार्ने गरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कप...
भाद्र ६ गते, २०८२ - १९:३९
रोम । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीक...
भाद्र ६ गते, २०८२ - १९:३४
भोजपुर । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि भोजपुरका किसान मारमा परेका छन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाल...
भाद्र ६ गते, २०८२ - १९:२९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको का अविभाज्य भूभाग रहेको बताएका छन् । उक्त भूमि नेपा...
भाद्र ६ गते, २०८२ - १८:२१
इस्लामाबाद । एसियाली विकास बैंक (एडिबी) ले शुक्रबार पाकिस्तानको रेको डिक तामा र सुन खानी विकासका लागि ४१ करोड डलरको प्याकेज स्वीकृत गरेको छ । यस खानीम...
भाद्र ६ गते, २०८२ - १८:१८
जर्मनी । जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्...
भाद्र ६ गते, २०८२ - १८:१५
बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट...
भाद्र ६ गते, २०८२ - १८:१२
गुल्मी । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको म...
भाद्र ६ गते, २०८२ - १८:११
गुल्मी । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक ब...
प्रतिकृया लेख्नुहोस्: