Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

चिकित्सककाे आन्दोलनले बिरामीलाई सास्ती

खबरडबली संवाददाता

चितवन । चिकित्सकले उठाएका माग समयमा सम्बोधन हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव बिरामीमा परेको छ । नेपाल चिकित्सक सङ्घको अगुवाइमा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी आन्दोलित भएपछि बिरामीले सास्ती व्यहोर्नु परेको हो ।

जिल्लाका सरकारी, निजी र सामुदायिक सबै अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द छन् । जिल्लाभरका चिकित्सक स्वास्थ्यकर्मी भरतपुर अस्पतालमा जम्मा भएर प्रदर्शन गर्न थालेपछि यहाँ आएका बिरामी उपचार नपाएर फर्किन बाध्य छन् ।

अत्यावश्यक बिरामीलाई भने आकस्मिक कक्षबाट सेवा दिइएको छ । तत्काल गर्नुपर्ने शल्यक्रिया नरोकिएको भए पनि नियमित हुने शल्यक्रिया र बहिरङ्ग सेवामा हुने परीक्षण भने रोकिएको छ । यहाँ चितवनसहित २५ भन्दा बढी जिल्लाबाट  उपचारका लागि बिरामी आउने गर्दछन् । क्यान्सर उपचारका लागि भने देशैभरि र भारतबाट समेत बिरामी आउने गरेका छन् ।

चिकित्सकको आन्दोलनले यसरी उपचारका लागि आएका बिरामी प्रभावित भएका हुन् । तनहुँको रिसिङ् गाउँपालिकाबाट ससुरालाई उपचार गराउन भरतपुर अस्पताल आउनुभएकी सरिता दराईले उपचार गराउन नपाएको गुनासो गरिन् । उनले भनिन्,“छालासम्बन्धी उपचारका लागि यहाँ आएका थियौँ । सोमबारदेखि चिकित्सकको पर्खाइमा छौँ । अस्पताल आएपछि थाहा भयो, यहाँ आकस्मिकबाहेक अन्य सेवा बन्द रहेछन् । उपचार नभएपछि खर्च र समयको बर्बाद मात्रै भयो”, उनले भनिन् ।

भरतपुर महानगरपालिका–१२ का ६० वर्षीय दिलबहादुर कुँवर खड्का परीक्षणपछि आएका रिपोट लिएर भरतपुर अस्पतालमा भौतारिँदै थिए । “उपचारका लागि समय मिलाएर आए पनि अस्पताल बन्द हुँदा समस्या भयो”, उनले सुनाए,“उपचारका लागि कार्यालयमा बिदा लिएर आएको थिए, यहाँ समस्यामा परियो ।”

सर्लाहीबाट श्रीमतीको उपचारका लागि आउनुभएका गोपी मुखियाको पनि समस्या उस्तै छ । विभिन्न किसिमका परीक्षण सकेर रिपोट देखाउने तयारी गरेको समयमा अस्पतालमा आन्दोलन हुँदा कहाँ बस्ने कहाँ खाने भन्ने समस्यामा परेको उनले बताए । यहाँ आएको १० दिन भए पनि उपचार नपाएको मुखियाको गुनासो छ । 

उनीहरूजस्तै पर्साको ठोरी गाउँपालिकाबाट छोरीको उपचारका लागि आउनुभएकी धनमायाँ श्रेष्ठ, भरतपुर महानगरपालिका–५ बाट आउनुभएका दण्डपाणी सापकोटालगायत धेरै बिरामीले यस्तै समस्या भोग्नु परिरहेको छ ।

भरतपुर अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, भरतपुर आँखा अस्पताल, बकुलहर रत्ननगर अस्पतालसहित निजी अस्पतालमा आउने बिरामीको समस्या पनि यस्तै छ । जिल्लाभन्दा बाहिरबाट आएका बिरामीले धेरै समस्या भोग्नु परेको छ । 

नेपाल चिकित्सक सङ्घ चितवन शाखाका वरिष्ठ उपाध्यक्ष डा दिपेन्द्र न्यौपाने उपभोक्ता अदालतले चिकित्सकलाई आन्दोलनमा उत्रन बाध्य बनाएको बताए ।आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ थियो । डा.न्यौपानेले भने,“चिकित्सक मरेर अरुलाई कसरी बचाउन सक्नु !”

सङ्घका जिल्ला अध्यक्ष डा.उमेश नेपालले सरकारले समयमा माग सम्बोधन नगर्दा आन्दोलन गर्नुपरेको बताए । उनले भने,“यो हाम्रो बाध्यता हो, रहर होइन ।” 

चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले यथाशक्य छिटो चिकित्सकका माग सम्बोधन गरेर नियमित सेवा गर्नुपर्ने बताए । आकस्मिक कक्षमा बिरामीको चाप बढेको भन्दै उनले चितवन र छिमेकी जिल्लाबाट आएका बिरामीलाई आन्दोलनका कारण प्रभाव परेको स्वीकारे । 

कारागारमा मौसमी रुघा र ज्वरोको समस्या  

कारागार कार्यालय भरतपुरमा एक सातादेखि मौसमी रुघा र ज्वरोको समस्या देखिएको छ । कारागारमा रहेका २२ जनामा यस्तो समस्या देखिएपछि उपचार सुरु गरिएको हो ।

कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार रुघा र ज्वरोले समस्या देखिएपछि उनीहरूलाई छुट्टै राखेर उपचार गरिएको हो । मौसममा आएको परिवर्तनसँगै वर्षातका कारण समस्या देखिएको उनले बताए । “मनसुनमा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढेको छ । 

महामारी आउनसक्ने बिरामी, क्षयरोगलगायतलाई छुट्टै राखेर उपचार गर्ने गरिएको छ”, ढुङ्गानाले भने ।यहाँ हाल ७१६ जना कैदीबन्दी र चारजना आश्रित बालबालिका रहेका छन् । कारागारमा ३५ जना महिला र ४७० जना पुरुषको क्षमता रहेकामा हाल ४३ जना महिला र ६८२ जना पुरुष कैदीबन्दी रहेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलले फेरि आक्रमण गरे नयाँ मिसाइल तैनाथ गर्ने इरानको घोषणा

तेहरान । हालैको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि त...

जनमतको सम्मान गर्नु दलहरूको दायित्व हाे: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनता नै देशका मालिक भएकाले जनमतको सम्मान गर्नु राजनीतिक दलहरूको प्रमुख द...

अष्ट्रेलियामा ४६ वर्षपछि मृत्यु कर पुनः लागू हुँदै

काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरेको ‘मृत्यु कर’ (डेथ ट्याक्स) पुनः लागू गर्ने तयारी गरेको छ । विज्ञहरूका अनुसार यो करले देशमा पुस्तागत असम...

उपसभामुख हटाउने तयारीकाे कांग्रेसबाटै विरोध

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने तयारीसहित सत्तारूढ नेपाली कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन थालेपछि पार्टीभित्रै विरोध चर्कि...

रवि भेटेपछि प्रचण्डले भने- दुब्लाउनुभएको छ, तर भैरहवा कारागारको तुलनामा नख्खुमा सेवा–सुविधा राम्रो

प्रचण्डसँग लामिछानेले भने-कांग्रेस र एमालेले सुनियोजित रूपमा फसाए

आधुनिक बाजाले कैलालीका बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली । बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उनी काठ काट्ने  औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउछन् । त्यसपछि तयार भए...

लोकप्रियतावादले मुलुकका समस्या समाधान गर्दैन: पुन

कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग गरे

रियल म्याड्रिडले स्पेनिस लिगकाे जितमा एमबाप्पेको निर्णायक गोल

काठमाडौं । प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेको निर्णायक गोलमा रियल म्याड्रिडले स्पेनिस लिगमा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति...

संसद् भवनका कर्मचारीद्वारा आन्दोलनको घोषणा

काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन गर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले एकैपटक ८० कर्मचारी हटाएको छ । एकप...

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उनको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । उनले यो योजनालाई ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending