जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको वार्तामा गाजामा बन्दी बनाइएका बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्न जारी सैन्य अभियानबारे छलफल गरेको बताएका छन् ।
दुई नेताबिचको दोस्रो बैठकमा मङ्गलबार राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई गाजामा युद्धको त्रासदी अन्त्य गर्न सक्ने सम्झौतामा पुग्न दबाब दिएका थिए । नेतान्याहूले एक विज्ञप्तिमार्फत जारी वार्ताका क्रममा इजरायलको उद्देश्यलाई पुनः पुष्टि गर्दै बन्धकहरूलाई मुक्त गर्ने प्रयासमा ध्यान केन्द्रित गरेको बताएका थिए ।
नेतान्याहुले भने, हार मानिरहेका छैनौँ र यो हाम्रा वीर सैनिकहरूको सैन्य दबाबका कारण सम्भव भएको हो । उनले भने, “हाम्रा सबै जीवित र मृतक बन्दीहरूको रिहाइ, र हमासको सैन्य र शासकीय क्षमताहरूको उन्मूलनले गर्दा गाजा फेरि कहिल्यै इजरायलका लागि खतरा नहुने सुनिश्चित गर्दछु ।”
नेतान्याहूले सैन्य दबाब आवश्यक रहेको बताउदै उत्तरी गाजामा मङ्गलबार पाँच इजरायली सैनिकको मृत्यु भएको बताए । हालैको इरान-इजरायल युद्धलाई लिएर ट्रम्पले इजरायलका लागि कडा अमेरिकी समर्थन कायम राखेता पनि गाजामा नरक भन्दै अन्त्य गर्न दबाब बढाइरहेका छन् ।
अमेरिकी नेताका विशेष दूत स्टिभ विटकोफले इजरायल र हमासबिचको सम्झौताको लागि कतारमा अप्रत्यक्ष वार्ता गरिरहेको जनाइएको छ । इजिप्ट र अमेरिकासित मध्यस्थता गरिरहेको कतारले वार्ताका लागि थप समय आवश्यक रहेको बताएको छ । पछिल्लो समयमा गाजाको नागरिक सुरक्षाले बुधबार खान युनिस र प्यालेस्टिनी क्षेत्रको उत्तरमा रहेको शिविरमा भएको इजरायली आक्रमणको क्रममा प्यालेस्टिनी लडाकूहरूले लिएका २५१ जना बन्धकहरूमध्ये ४९ जना अझै पनि गाजामा रहेको र २७ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी अभियानमा गाजामा अधिकांश नागरिकसहित कम्तिमा ५७ हजार ५७५ जनाको मृत्यु भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १७:१६
भक्तपुर । भक्तपुरको बालकोट–२ वडाका नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन् । उनीहरू आज नेपाली...
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...




प्रतिकृया लेख्नुहोस्: