Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

ट्रम्पसँगको भेटवार्तामा नेतान्याहूद्वारा बन्धकको रिहाइ र हमासको पराजयका लागि अभियान जारी रहेको दावी

खबरडबली संवाददाता

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भएको वार्तामा गाजामा बन्दी बनाइएका बन्धकहरूलाई मुक्त गर्ने र हमासलाई पराजित गर्न जारी सैन्य अभियानबारे छलफल गरेको बताएका छन् । 

दुई नेताबिचको दोस्रो बैठकमा मङ्गलबार राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई गाजामा युद्धको त्रासदी अन्त्य गर्न सक्ने सम्झौतामा पुग्न दबाब दिएका थिए । नेतान्याहूले एक विज्ञप्तिमार्फत जारी वार्ताका क्रममा इजरायलको उद्देश्यलाई पुनः पुष्टि गर्दै बन्धकहरूलाई मुक्त गर्ने प्रयासमा ध्यान केन्द्रित गरेको बताएका थिए । 

नेतान्याहुले भने, हार मानिरहेका छैनौँ र यो हाम्रा वीर सैनिकहरूको सैन्य दबाबका कारण सम्भव भएको हो । उनले भने, “हाम्रा सबै जीवित र मृतक बन्दीहरूको रिहाइ, र हमासको सैन्य र शासकीय क्षमताहरूको उन्मूलनले गर्दा गाजा फेरि कहिल्यै इजरायलका लागि खतरा नहुने सुनिश्चित गर्दछु ।”

नेतान्याहूले सैन्य दबाब आवश्यक रहेको बताउदै उत्तरी गाजामा मङ्गलबार पाँच इजरायली सैनिकको मृत्यु भएको बताए । हालैको इरान-इजरायल युद्धलाई लिएर ट्रम्पले इजरायलका लागि कडा अमेरिकी समर्थन कायम राखेता पनि गाजामा नरक भन्दै अन्त्य गर्न दबाब बढाइरहेका छन् । 

अमेरिकी नेताका विशेष दूत स्टिभ विटकोफले इजरायल र हमासबिचको सम्झौताको लागि कतारमा अप्रत्यक्ष वार्ता गरिरहेको जनाइएको छ । इजिप्ट र अमेरिकासित मध्यस्थता गरिरहेको कतारले वार्ताका लागि थप समय आवश्यक रहेको बताएको छ । पछिल्लो समयमा गाजाको नागरिक सुरक्षाले बुधबार खान युनिस र प्यालेस्टिनी क्षेत्रको उत्तरमा रहेको शिविरमा भएको इजरायली आक्रमणको क्रममा प्यालेस्टिनी लडाकूहरूले लिएका २५१ जना बन्धकहरूमध्ये ४९ जना अझै पनि गाजामा रहेको र २७ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ । हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी अभियानमा गाजामा अधिकांश नागरिकसहित कम्तिमा ५७ हजार ५७५ जनाको मृत्यु भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: