Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एअर इन्डिया दुर्घटनाको मृत्यु सङ्ख्या २६० मा स्थिर

खबरडबली संवाददाता

भारत । भारतीय फोरेन्सिक अनुसन्धानकर्ताहरूले गत महिनाको लन्डनतर्फ गइरहेको यात्रु विमानको दुर्घटनामा मारिएका सबै दुई सय ६० जनाको पहिचान गरेको स्वास्थ्य अधिकारीहरूले बुधबार बताएका छन् । यद्यपि दुर्घटनाका बारेमा अत्यधिक प्रतीक्षित प्रारम्भिक प्रतिवेदन आउनुअघि यो जानकारी दिइएको हो ।

भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले दशकौँको सबैभन्दा घातक हवाई दुर्घटनाहरूमध्ये एकको अनुसन्धानको नेतृत्व गरिरहेको छ । दुर्घटनाको एक महिनापछि शुक्रबार प्रारम्भिक प्रतिवेदन जारी हुने अपेक्षा गरिएको छ । जुन १२ मा दुर्घटनाग्रस्त हुँदा एअर इन्डिया बोइङ ७८७–८ ड्रिमलाइनरमा सवार दुई सय ४२ जनामध्ये एक जना बाहेक सबैको मृत्यु भएको थियो ।

पश्चिमी सहर अहमदाबादमा उडानको तुरुन्तपछि विमान आवासीय क्षेत्रमा खसेको थियो । अधिकारीहरूले जमिनमा मारिएका १९ जनाको पनि पहिचान गरेका छन् । अनुसन्धानको बारेमा कुनै विवरण जारी गरिएको छैन । अनुसन्धानमा बेलायत र अमेरिकी हवाई दुर्घटना अनुसन्धान एजेन्सीहरू पनि सहभागी छन् ।

यद्यपि विशेषज्ञ वेबसाइट द एअर करेन्टले अनुसन्धानसँग जानकार धेरै व्यक्तिलाई उद्धृत गर्दै यसले ‘आफ्नो ध्यान इन्जिन इन्धन स्विचहरूको गतिमा केन्द्रित गरेको’ बताएको छ । पूर्ण विश्लेषणमा ‘महिनौँ र अझ धेरै समय लाग्नसक्ने’ पनि वेबसाइटले बताएको छ । वेबसाइटमा ‘त्यो समयमा अनुसन्धानकर्ताहरूको केन्द्रविन्दु परिवर्तन हुनसक्ने’ पनि बताइएको छ ।

तर वेबसाइटले ‘अनुसन्धानको यो विन्दुमा अनुसन्धानकर्ताहरूका लागि उपलब्ध डेटाले ७८७ विमान वा यसका इन्जिनहरूमा मेकानिकल वा डिजाइन समस्याको सङ्केत गर्दैन’ पनि भनेको छ । वेबसाइटले यसका स्रोतहरूले ‘दुर्घटनापछिको विश्लेषणले इन्धन सम्मिश्रण वा विमानको फ्ल्यापहरूको अनुचित तरिकाले पछि हटेको कुनै सङ्केत देखाएन’ भनेको छ । यसका बारेमा यो एउटा कारण थियो भनी अनुमान गरिएको छ ।

भारतीय राज्य गुजरातका स्वास्थ्य अधिकारीहरूले सुरुमा कम्तीमा दुई सय ७९ जनाको मृत्यु भएको भनेका थिए, तर फोरेन्सिक वैज्ञानिकहरूले धेरै छरपस्ट भएका र नराम्ररी जलेका अवशेषहरूको पहिचान गरेपछि सङ्ख्या घटाएका छन् । “विमान दुर्घटनामा अन्तिम मृत्यु सङ्ख्या अब दुई सय ६० मा पुगेको छ”, अहमदाबादको मुख्य सरकारी अस्पतालका प्रमुख राकेश जोशीले बुधबार एएफपीलाई भने, “दुर्घटनास्थलबाट अहिलेसम्म भेटिएका सबै मानवीय अवशेषहरूको पहिचान गरी तिनीहरूका परिवारहरूलाई हस्तान्तरण गरिएको छ ।”

“हाम्रो काम अब समाप्त भएको छ”, उनले भने, “हामीले दुर्घटनास्थलबाट सङ्कलन गरिएका सबै मृत अवशेषहरूको डिएनए मिलाएका छौँ ।” संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइसिएओ) ले अनुसन्धानको नेतृत्व गर्ने राज्यहरूले दुर्घटनाको ३० दिनभित्र क्यानाडा मुख्यालय भएको सङ्गठनलाई प्रारम्भिक प्रतिवेदन पेश गर्नुपर्छ भनी निर्धारण गरेको छ ।

त्यो प्रतिवेदन भने सार्वजनिक गर्नुपर्दैन । आइसिएओका अनुसार प्रारम्भिक प्रतिवेदनहरू गोपनीय राख्न वा अनुसन्धान गर्ने राज्यका विवेकमा सार्वजनिक गर्न सकिन्छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending