Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

लहानमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकमा कडाइ

खबरडबली संवाददाता

सिरहा । लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरू गरेको छ ।

मङ्गलबारदेखि सुरू गरिएको अनुगमनमा लहान नगरपालिका स्वास्थ्य शाखा र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए । अनुगमनका क्रममा लहान–३ स्थित हस्पिटल चोकमा रहेको ‘विन्धवासिनी क्लिनिक’ ले कुनै प्रकारको कानुनी प्रक्रिया पूरा नगरेको, बिना दर्ता क्लिनिक सञ्चालन गरेका पाइएपछि उक्त क्लिनिक मङ्गलबार नै सिल गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले भने, “प्रथम दृष्टिमा नै क्लिनिक अवैध देखिएकाले जिल्ला प्रशासन कार्यालयको परामर्शमा ताला लगाएर सिल गरिएको हो । अब कानुनी प्रक्रिया अगाडि बढ्ने छ ।” क्लिनिकका सञ्चालक डा धीरजकुमार साहले आफू सरकारी अस्पतालमा कार्यरत रहेको स्वीकार गरेका छन् । क्लिनिकको बोर्डमा पनि ‘लहान अस्पतालमा कार्यरत’ भनेर उल्लेख गरिएको छ, जुन सरकारी कर्मचारी आचारसंहिता विपरीत हो । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार यो विषयमा छानबिन हुनेछ ।

उनका अनुसार जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम स्वास्थ्य क्लिनिकले ‘डि’ र ‘ई’ वर्गको प्रयोगशाला राख्नुपर्ने व्यवस्था रहेको छ । तर, यस क्लिनिकले कुनै प्रकारको प्रयोगशाला राखेको पाइएन । त्यसैले बिना परीक्षण बिरामीको शल्यक्रिया गर्दा जोखिम आउन सक्छ ।

त्यस्तै, अनुगमनको क्रममा हस्पिटल चोककै ‘राधा कृष्ण डेन्टल क्लिनिक’ पनि सञ्चालनको लागि कुनै पनि इजाजतबिनै सञ्चालन गरेको पाइएको छ । त्यस्तै, दन्तसम्बन्धी ‘बिडिएस’ डक्टर हुनुपर्नेमा त्यो पनि नरहेको पाइएको हो । उक्त क्लिनिकलाई तीन दिनभित्र नगरपालिकामा आवश्यक कागजपत्र बुझाउन निर्देशन दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए ।

यसैगरी, लहान—११ मा रहेको लीला मदन प्रसूति गृहले पनि सञ्चालनको लागि नगरपालिकाबाट अनुमति पत्र लिए पनि २०७७ सालदेखि नवीकरण नगरेको पाइएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार, लहान नगरपालिकाभित्र जम्मा ४४ वटा क्लिनिक सञ्चालनमा रहे पनि आठ वटा क्लिनिकले मात्र इजाजत पत्र लिएर सञ्चालन गरेको छ भने अन्यले बिना अनुमति निर्वाध सञ्चालन गरेको पाइएको छ । दर्ता गरेका कुनै पनि क्लिनिकले नवीकरण गरेका छैनन् ।

अनुगमनको क्रममा अधिकांश क्लिनिकले अस्पतालजन्य फोहरको उचित व्यवस्थापन नगरेको, प्रयोगशाला सुविधा नपुगेको, सङ्क्रमित फोहर खुला स्थानमा फालेको, प्रयोग गरिएका औजार सुरक्षित तरिकाले नष्ट नगरेको जस्ता गम्भीर त्रुटि पाइएको छ । यसले सङ्क्रमणको जोखिम थप बढाएको अनुगमन टोलीको निष्कर्ष छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गम्भीर विषय भएकाले अब यस्ता क्लिनिकमाथि थप निगरानी र कानुनी कारबाही अघि बढाइने इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलले बताए । “जनताको जीवन र स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो । नियम उल्लङ्घन गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइनेछ”, उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खुला सीमाका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण छ: डिआइजी कार्की

धनकुटा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीले खुला सीमाका कारण दक्षिणी क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण चुनौतीपूर्ण...

इजरायलकाे गाजा सहर कब्जा गर्ने याेजनाकाे विपक्षमा विश्वका नेताहरू

इजरायल । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले...

पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चितता हुनुपर्छ : जेलेंस्की

किएभ । युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिम...

पर्वतमा पाँच वर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

पर्वत । एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनै पनि आधारभूत अस्पताल हालसम्म सञ्च...

खेती गर्दै आएको जग्गाको लालपुर्जा पचास वर्षपछि...

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ का ८३ वर्षीया जयकुमारी तामाङ आफूले खेती गर्दै आएको जग्गाको लालपुर्जा हातमा प्राप्त हुँदा खुसी छि...

पाथीभरामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना सुरु

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा गत १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना कार्य सुरु भएको छ ।  पाथीभरा क्षेत्र विकास सम...

पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने

काठमाडौं । पर्यटन विभागले आफ्नो सेवालाई व्यवस्थित र प्रविधिमैत्री बनाउने भएको छ । विभागले कार्यसम्पादनलाई क्रमशः संस्थागत, प्रक्रियागत सरलीकरण, प्रणाल...

पत्रकारलाई खोज पत्रकारिता गर्न पूर्वसभामुखकाे सुझाव

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्...

सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिँदै हिँड्न बाध्य

बाँके । नेपालगन्जका सहकारीमा राखेको बचत फिर्ता नपाउँदा निक्षेपकर्ता भौतारिँदै हिँड्न बाध्य भएका छन् ।पाँच वर्ष अघिदेखि नेपालगन्जको एउटा सहकारी संस्थाम...

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

इलाम । इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि प्रयोगविहीन बनेको छ । इलाम नगरपालिका–९ सेरामा करोडौं खर्चेर निर्माण गरिएको स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending