Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

लहानमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकमा कडाइ

खबरडबली संवाददाता

सिरहा । लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरू गरेको छ ।

मङ्गलबारदेखि सुरू गरिएको अनुगमनमा लहान नगरपालिका स्वास्थ्य शाखा र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए । अनुगमनका क्रममा लहान–३ स्थित हस्पिटल चोकमा रहेको ‘विन्धवासिनी क्लिनिक’ ले कुनै प्रकारको कानुनी प्रक्रिया पूरा नगरेको, बिना दर्ता क्लिनिक सञ्चालन गरेका पाइएपछि उक्त क्लिनिक मङ्गलबार नै सिल गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले भने, “प्रथम दृष्टिमा नै क्लिनिक अवैध देखिएकाले जिल्ला प्रशासन कार्यालयको परामर्शमा ताला लगाएर सिल गरिएको हो । अब कानुनी प्रक्रिया अगाडि बढ्ने छ ।” क्लिनिकका सञ्चालक डा धीरजकुमार साहले आफू सरकारी अस्पतालमा कार्यरत रहेको स्वीकार गरेका छन् । क्लिनिकको बोर्डमा पनि ‘लहान अस्पतालमा कार्यरत’ भनेर उल्लेख गरिएको छ, जुन सरकारी कर्मचारी आचारसंहिता विपरीत हो । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार यो विषयमा छानबिन हुनेछ ।

उनका अनुसार जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम स्वास्थ्य क्लिनिकले ‘डि’ र ‘ई’ वर्गको प्रयोगशाला राख्नुपर्ने व्यवस्था रहेको छ । तर, यस क्लिनिकले कुनै प्रकारको प्रयोगशाला राखेको पाइएन । त्यसैले बिना परीक्षण बिरामीको शल्यक्रिया गर्दा जोखिम आउन सक्छ ।

त्यस्तै, अनुगमनको क्रममा हस्पिटल चोककै ‘राधा कृष्ण डेन्टल क्लिनिक’ पनि सञ्चालनको लागि कुनै पनि इजाजतबिनै सञ्चालन गरेको पाइएको छ । त्यस्तै, दन्तसम्बन्धी ‘बिडिएस’ डक्टर हुनुपर्नेमा त्यो पनि नरहेको पाइएको हो । उक्त क्लिनिकलाई तीन दिनभित्र नगरपालिकामा आवश्यक कागजपत्र बुझाउन निर्देशन दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए ।

यसैगरी, लहान—११ मा रहेको लीला मदन प्रसूति गृहले पनि सञ्चालनको लागि नगरपालिकाबाट अनुमति पत्र लिए पनि २०७७ सालदेखि नवीकरण नगरेको पाइएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार, लहान नगरपालिकाभित्र जम्मा ४४ वटा क्लिनिक सञ्चालनमा रहे पनि आठ वटा क्लिनिकले मात्र इजाजत पत्र लिएर सञ्चालन गरेको छ भने अन्यले बिना अनुमति निर्वाध सञ्चालन गरेको पाइएको छ । दर्ता गरेका कुनै पनि क्लिनिकले नवीकरण गरेका छैनन् ।

अनुगमनको क्रममा अधिकांश क्लिनिकले अस्पतालजन्य फोहरको उचित व्यवस्थापन नगरेको, प्रयोगशाला सुविधा नपुगेको, सङ्क्रमित फोहर खुला स्थानमा फालेको, प्रयोग गरिएका औजार सुरक्षित तरिकाले नष्ट नगरेको जस्ता गम्भीर त्रुटि पाइएको छ । यसले सङ्क्रमणको जोखिम थप बढाएको अनुगमन टोलीको निष्कर्ष छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गम्भीर विषय भएकाले अब यस्ता क्लिनिकमाथि थप निगरानी र कानुनी कारबाही अघि बढाइने इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलले बताए । “जनताको जीवन र स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो । नियम उल्लङ्घन गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइनेछ”, उनले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: