ढाका । बङ्गलादेशका पूर्व प्रहरी प्रमुखले गत वर्ष प्रदर्शनकारीहरूमाथि गरिएको दमनका क्रममा मानवता विरुद्धको अपराधमा दोष स्वीकार गरेकाे र पूर्व प्रधानमन्त्री शेख हसिनालाई औपचारिकरूपमा अभियोग लगाइएको बिहीबार पुनः सुरु भएको मुद्दामा अभियोजकहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार हसिनाको सरकारले विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने प्रयास गर्दा सन् २०२४ जुलाई र अगस्टका बीचमा एक हजार चार सय मानिस मारिएका थिए । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले हसिनाको अपदस्थ सरकार र उनको अहिले प्रतिबन्धित पार्टी अवामी लिगसँग सम्बन्धित पूर्व वरिष्ठ व्यक्तिहरूलाई मुद्दा चलाइरहेको छ ।
“पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) चौधरी अब्दुल्लाह मामुनले मानवता विरुद्धको अपराधमा दोष स्वीकार गर्नुभएको छ”, आइसिटीका प्रमुख अभियोजक मुहम्मद ताजुल इस्लामले पत्रकारहरूलाई भने । ‘जुलाई-अगस्ट विद्रोहको समयमा भएका अपराधहरूबारे आफूसँग भएका सबै जानकारी’ दिँदै मामुनले साक्षीका रूपमा काम गरेर अदालतलाई सहयोग गर्न सहमत भएको इस्लामले बताए ।
अदालतले मामुनको सुरक्षा सुनिश्चित गर्न छुट्टै आवासको व्यवस्था गर्न अनुमोदन गरेको छ । न्यायाधिकरणले बिहीबार हसिना र उनका गृहमन्त्री असादुज्जमान खान कमालमाथिका आरोपहरू खारेज गर्न वकिलहरूको अनुरोध पनि अस्वीकार गरेको छ । दुवै हसिना र कमाललाई सोही मुद्दामा औपचारिक रूपमा अभियोग लगाइएको छ ।
हसिना र कमालका राज्यद्वारा नियुक्त वकिल आमिर हुसेन भने आशावादी छन् । “मुद्दा प्रारम्भिक चरणमा छ र अन्य धेरै चरण छन्”, उनले भने । विरोध प्रदर्शनले आफ्नो १५ वर्षको शासन समाप्त गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट भारत भागेका थिए । उनले ढाका फर्कने प्रत्यर्पण आदेशको अवहेलना गरे । ढाकामा उनको अनुपस्थितिमा जुन १ मा मुद्दा सुरु भएको थियो । हसिनाले आइसिटीमा कम्तीमा पाँचवटा आरोपको सामना गरिरहेका थिए ।
यसमा ‘जुलाई विद्रोहको समयमा सामूहिक हत्याका लागि उक्साउने, प्रेरणा गर्ने, संलग्नता, सहजीकरण, षड्यन्त्र र रोकथाम गर्न असफल हुने’ समावेश छन् । अभियोजकहरूले हिंसाका लागि हसिनाले समग्र कमान्डको जिम्मेवारी लिएको बताएका छन् । उनलाई जुलाई २ मा छुट्टै मुद्दामा अदालतको अवहेलनाको दोषमा दोषी ठहराइएको थियो, जसमा छ महिनाको सजाय भएको थियो । फरार पूर्वमन्त्री कमाल पनि भारतमा रहेको विश्वास गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: