Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

बजेटबारे आवश्यक छानबिनका लागि गठित कार्यदल पुनर्गठन

खबरडबली संवाददाता

जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबारे छानबिन गर्न बिहीबार गठित कार्यदल पुनर्गठन गरिएको छ । 

बिहीबार सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएकामा संयोजकबाट मण्डलले राजीनामा दिएपछि कार्यदल पुनर्गठन गरिएको हो । 

प्रदेशसभा बैठकमा सभामुख मण्डलले उपसभामुख बबिताकुमारी राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन गरिएको घोषणा गरे। 

समितिको सदस्यमा सत्ता पक्षबाट नेपाली कांग्रेसका मोहम्मद समिम, जङ्गीलाल राय, नागेन्द्र साह, एमालेका सारदादेवी थापा, जनमत पार्टीका चन्दन सिंह, शम्भु साह र लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) नेपालकी रमिता प्रधान रहेका छन्। 

यस्तै, विपक्षी दलहरूका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल, नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहा, नेपाल सङ्घीय समाजवादीकी विमला अन्सारी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह सदस्य रहेका छन्। 

समिति पुनर्गठनसँगै मधेश प्रदेशसभामा विपक्षी दलले लगातार गर्दै आएको अवरोध अन्त्य भएको छ । यहाँ विपक्षी दलहरूले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेको भन्दै विरोध गर्दै आएका थिए । 

विपक्षीको माग सम्बोधन गर्न आवश्यक छानबिनका लागि भन्दै बिहीबार सभामुख मण्डलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो, तर उक्त कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई राखिएपछि विपक्षी दलले अस्वीकार गरेका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending