महोत्तरी । महोत्तरीको गौशाला मालपोत कार्यालयमा एक जना मृतक व्यक्तिको नाममा जग्गा खरिदबिक्री भएको खुलासा भएको छ । यस कार्यमा मालपोतका केही कर्मचारी र भूमाफियाहरुको मिलेमतोमा नक्कली कागजात तयार पारेर जग्गाको कारोबार गरिएको घटना सार्वजनिक भएको हो ।
शिवभक्ति खोर २ (ख) स्थित कित्ता नम्बर १८३ मा रहेको ५ आना १२.५ धुर जग्गा महेश चौधरी नामका व्यक्तिको नाममा थियो । यो जग्गा कृषि क्षेत्रका लागि वर्गीकृत गरिएको थियो र उक्त जग्गाको बाटो समेत थिएन ।
महेश चौधरी जग्गाधनी रहेकोमा उनको मृत्यु भइसकेको भए पनि गौशाला नगरपालिका–४ का वडाध्यक्ष रामनारायण महासेठले असार ६ गते उक्त जग्गा बिक्रीको सिफारिस गरेका थिए । मृतकको नाममा नक्कली कागजात बनाएर असार ८ गते सो जग्गा सम्सी गाउँपालिका–४ का रञ्जित कुमार साहको नाममा ११ लाख ३५ हजार रुपैयाँमा नामसारी गरिएको थियो । नियम अनुसार, यस्तो रकम बैङ्क मार्फत भुक्तानी गरी भौचर मालपोतमा बुझाउनु पर्ने हो । तर, यो कारोबार नगदमा गरिएको पाइयो ।
यसमा विक्रेताको नागरिकता प्रमाणित नगरी, बैङ्क खातामा पैसा जम्मा गरी, झुटा विवरण प्रयोग गरी लेखापढी व्यवसायी र मालपोत कर्मचारीको मिलेमतोमा कारोबार गरिएको छ ।
गौशाला मालपोतका कर्मचारीका अनुसार महेश चौधरीको नाममा रहेको अन्य जग्गा पनि जलेश्वर मालपोत कार्यालयमार्फत बिक्री भएको थियो । तर, खरिदकर्ता र बिक्रेता बीच आर्थिक सहमति नजुटेपछि गौशाला मालपोतले नामसारी फिर्ता गरेको हो ।
किर्ते कागजात प्रयोग गरी तीन पटक असार ६, ८, र ९ गते—जग्गा बिक्री भएको खुलेपछि असार १६ गते ती सबै कारोबार रद्द गरिएको मालपोतका सूचना अधिकारी विष्णु कुमार महतले जानकारी दिए । महतका अनुसार, बिक्रेता फरार छन् भने खरिदकर्ताबाट सहयोग लिएर फेरि जग्गा मृतककै नाममा फिर्ता गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: