Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको व्यापारमा केन्द्रित चीन भ्रमण सुरु

खबरडबली संवाददाता

बेइजिङ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको व्यापारिक सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले यस सप्ताहन्तमा चीनको भ्रमण सुरु गरेका छन् ।

अल्बानिजले आइतबार साङ्घाई पार्टीका सचिव चेन जिनिङसँग भेट गरे । यो उच्च–स्तरीय आदानप्रदानको शङ्खलामा पहिलो भेटवार्ता हो । भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली किआङ र नेसनल पिपुल्स कङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने छन् ।

अल्बानिजले चीनमा ‘एक धेरै ठूलो व्यापारिक प्रतिनिधिमण्डल’ को नेतृत्व गरिरहेका छन् । यसले अस्ट्रेलिया र चीनबीचको आर्थिक सम्बन्धको महत्त्वलाई देखाएको उनले शनिबार साङ्घाई आइपुगेपछि चिनियाँ राज्य प्रसारणकर्ता सिजिटिएनलाई बताए ।

एक हप्ता लामो भ्रमणका क्रममा अल्बानिजले साङ्घाई र चेङ्दुमा व्यापार, पर्यटन र खेलकुद प्रतिनिधिहरूसँग भेट गर्ने तालिका छ । यसमा मङ्गलबार बेइजिङमा सिइओ गोलमेच सम्मेलन हुने उनको कार्यालयले जनाएको छ ।
सन् २०२२ मा उनको मध्य–वामपन्थी लेबर पार्टीको सरकार पहिलो पटक निर्वाचित भएपछि अल्बानिजको यो दोस्रो चीन भ्रमण हो । पार्टी मे महिनामा बढ्दो बहुमतका साथ पुनः निर्वाचित भएको थियो ।

बेइजिङलाई अघिल्लो रूढिवादी सरकारअन्तर्गत लागु गरिएका आधिकारिक र अनौपचारिक व्यापार अवरोधहरूको शृङ्खला हटाउन राजी गर्न अल्बानिज सफल भएका छन् । यसले अस्ट्रेलियाका निर्यातकहरूलाई एक वर्षमा २० अर्ब अस्ट्रेलियन डलर (१३ अर्ब डलर) भन्दा बढी घाटा पु¥याएको थियो ।

कोभिड–१९ को उत्पत्ति र प्रतिक्रियाको स्वतन्त्र अनुसन्धानका लागि अस्ट्रेलियाले गरेको आह्वानसहितका मुद्दाहरूमा बेइजिङले अघिल्लो प्रशासनसँगको सञ्चार विच्छेद गरेको थियो । तर अल्बानिज स्वतन्त्र व्यापार साझेदार चीनमाथि अस्ट्रेलियाको आर्थिक निर्भरता कम गर्न चाहन्छन्।

“मेरो सरकारले व्यापारलाई विविधीकरण गर्न… र भारत, इन्डोनेसिया र आसियान देशहरू लगायत यस क्षेत्रका अन्य देशहरूसँग हाम्रो सम्बन्ध बढाउन धेरै मेहनत गरेको छ”, अल्बानिजले आफ्नो भ्रमणअघि दक्षिणपूर्व एसियाली राष्ट्रहरूको १० सदस्यीय सङ्घ (आसियान) लाई उल्लेख गर्दै भने, “तर चीनसँगको सम्बन्ध महत्त्वपूर्ण छ, दक्षिण कोरिया र जापानको उत्तर एसियाली अर्थतन्त्रसँगको निर्यातको सन्दर्भमा पनि हाम्रो सम्बन्ध महत्त्वपूर्ण छ ।”

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले आइतबार एउटा सम्पादकीयमा अस्ट्रेलियासँगको चीनको सम्बन्ध ‘निरन्तर सुधार’ भइरहेको र ‘नयाँ गति’ बाट गुज्रिरहेको बताएको छ ।

“चीन र अस्ट्रेलियाबीच कुनै पनि आधारभूत चासोको द्वन्द्व छैन”, सम्पादकीयमा भनिएको छ, “आपसी सम्मानको माध्यमबाट मतभेदहरू व्यवस्थापन गरेर र साझा हितहरूमा ध्यान केन्द्रित गरेर, दुवै पक्षले साझा समृद्धि र लाभ प्राप्त गर्न सक्छन् ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरको बालकोटका एमाले नेताहरु नेकपा प्रवेश

भक्तपुर । भक्तपुरको बालकोट–२ वडाका नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन् । उनीहरू आज नेपाली...

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending