नवलपुर । नवलपुरको कावासोती नगरपालिका– ३ मा निर्माणाधीन नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार निर्माणाधीन सभाहलमा फर्मा सेटिङका लागि ड्रिल गर्ने क्रममा करेन्ट लागेर बर्दियाको ठाकुरबाबा नगरपालिका– २ घर भई कावासोती– २ मा डेरा गरी बस्दै आएका ३५ वर्षीय सरोज थारूको मृत्यु भएको हो ।
सोमबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका थारूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डन्डा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । उक्त भवन निर्माणको काम समानान्तर जेबी बुद्ध हिमाली कन्स्ट्रक्सन प्रालिले गर्दै आएको छ ।
सोही ठाउँका मजदुर झम्कबहादुर श्रेष्ठका अनुसार राति पानी परेको र पानी जमेका कारण करेन्ट लागेको हो । थारूलाई करेन्ट लागेको थाहा पाउनासाथ लाइन छुटाएर उद्धार गरी उपचारका लागि मध्यविन्दु अस्पताल पठाइएको उनले बताए । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ६ गते, २०८२ - २०:२२
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको विकास र समृद्धि अवरुद्ध हुनुको कारण केवल राजनीतिक अस्थिरता मात्र न...
भाद्र ६ गते, २०८२ - १९:४५
भारत । भारतको संसदले व्यापक असर पार्ने गरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कप...
भाद्र ६ गते, २०८२ - १९:३९
रोम । संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीक...
भाद्र ६ गते, २०८२ - १९:३४
भोजपुर । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि भोजपुरका किसान मारमा परेका छन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाल...
भाद्र ६ गते, २०८२ - १९:२९
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको का अविभाज्य भूभाग रहेको बताएका छन् । उक्त भूमि नेपा...
भाद्र ६ गते, २०८२ - १८:२१
इस्लामाबाद । एसियाली विकास बैंक (एडिबी) ले शुक्रबार पाकिस्तानको रेको डिक तामा र सुन खानी विकासका लागि ४१ करोड डलरको प्याकेज स्वीकृत गरेको छ । यस खानीम...
भाद्र ६ गते, २०८२ - १८:१८
जर्मनी । जर्मनीको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा अनुमानभन्दा पनि धेरै घटेको सरकारी तथ्याङ्कमा देखिएको छ, जसले युरोपको सबैभन्दा ठूलो अर्थतन्...
भाद्र ६ गते, २०८२ - १८:१५
बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनी घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट...
भाद्र ६ गते, २०८२ - १८:१२
गुल्मी । गुल्मीमा छल्दी खोलाले बगाएर एकजना पुरुषको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ राहले निवासी ५३ वर्षका मानबहादुर कुमालको म...
भाद्र ६ गते, २०८२ - १८:११
गुल्मी । लुम्बिनी प्रदेश सरकारले बर्का अट्वारी पर्वको अवसरमा भदौ ८ गते आइतबार लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक ब...
प्रतिकृया लेख्नुहोस्: