Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

बागलुङमा घरेलु हिंसा पीडितले न्याय खोज्न आउने दर घट्यो

खबरडबली संवाददाता

बागलुङ। पछिल्लो तीन वर्षमा घरेलु हिंसा पीडितले न्याय खोज्न आउने दर घटेको छ । यो दर घट्नुमा घटना कम भएको विषय सकारात्मक भए पनि उजुरीमै नआउने विषय भने खतरा भएको सरोकारवालाले बताएका छन् ।

हिंसा प्रभावितका लागि सञ्चालित अल्पकालीन महिला सेवा केन्द्र बागलुङको वार्षिक समीक्षाको क्रममा सरोकारवालाले उक्त धारणा राखेका हुन् । उनीहरुले घरेलु हिंसाका घटना कम देखिनुलाई सकारात्मक मानिए पनि हिंसाका कतिपय घटना बाहिर नआएको पनि हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

अल्पकालीन सेवा केन्द्र बागलुङ सञ्चालक समितिकी सदस्य सचिव तथा महिला बालबालिका शाखा प्रमुख रचना आचार्यका अनुसार, चालु वर्ष बागलुङमा ७६ जना हिंसा पीडितले केन्द्रमार्फत न्यायको खोजीमा आएका छन् ।

उक्त तथ्याङ्क अघिल्लो वर्षको तुलनामा घटेको हो । गत आर्थिक वर्ष ९२ र त्यस अघिल्लोमा ९९ पीडित न्यायका लागि आएकोमा यो वर्ष कम देखिएको हो । ती मध्ये शारीरिक हिंसाका नौ जना, मानसिक हिंसाका १३ जना, आर्थिक हिंसाका आठ जना, यौनजन्य हिंसाका १० जना र अन्य ३३ जना छन् ।

पीडितहरुको कानुनी उपचारमा जिल्ला कानुनी सहायता समितिले काम गर्दै आएको छ । समितिले नि:शुल्क रुपमा काम गर्छ । यो अभियान सञ्चालनमा सङ्घीय सरकारले पाँच लाख, प्रदेश सामाजिक विकास मन्त्रालयले ६ लाख र नगरपालिकाले पाँच लाख गरी १४ लाख रुपियाँ लगानी गरेको छ । अल्पकालीन सेवा केन्द्रमा आएका पीडितले ३० दिनसम्म आश्रय लिन पाउँछन् । विशेष परिस्थिति परेमा निर्णय गरेर १५ दिन थप गर्न सकिने प्रावधान रहेको सदस्य सचिव आचार्यले जानकारी दिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले हिंसालाई सुक्ष्म रुपमा अनुगमन गर्ने, पीडितको पक्षबाट हेर्ने हो भने कैयौ घटना अझै बाहिर आउन नसकेको प्रष्ट हुने बताए । घरपरिवार, आफन्तबाटै हिंसा हुने भएकोले उजुरीमा नआउने कुराप्रति सचेत बन्दै कानुनको शासन र आम नागरिकनै जिम्मेवार बन्ने वातावरण बनाउनुपर्ने थापाको धारणा थियो । 

नगर प्रमुख बसन्तकुमार श्रेष्ठले लैंगिक हिंसा न्यूनीकरणका लागि सशक्तीकरण, जनचेतनाका कार्यक्रम बढाउनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले हिंसाका घटना कम गर्न कानुनी शासनको पालना हुनुपर्ने बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending