बागलुङ। पछिल्लो तीन वर्षमा घरेलु हिंसा पीडितले न्याय खोज्न आउने दर घटेको छ । यो दर घट्नुमा घटना कम भएको विषय सकारात्मक भए पनि उजुरीमै नआउने विषय भने खतरा भएको सरोकारवालाले बताएका छन् ।
हिंसा प्रभावितका लागि सञ्चालित अल्पकालीन महिला सेवा केन्द्र बागलुङको वार्षिक समीक्षाको क्रममा सरोकारवालाले उक्त धारणा राखेका हुन् । उनीहरुले घरेलु हिंसाका घटना कम देखिनुलाई सकारात्मक मानिए पनि हिंसाका कतिपय घटना बाहिर नआएको पनि हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
अल्पकालीन सेवा केन्द्र बागलुङ सञ्चालक समितिकी सदस्य सचिव तथा महिला बालबालिका शाखा प्रमुख रचना आचार्यका अनुसार, चालु वर्ष बागलुङमा ७६ जना हिंसा पीडितले केन्द्रमार्फत न्यायको खोजीमा आएका छन् ।
उक्त तथ्याङ्क अघिल्लो वर्षको तुलनामा घटेको हो । गत आर्थिक वर्ष ९२ र त्यस अघिल्लोमा ९९ पीडित न्यायका लागि आएकोमा यो वर्ष कम देखिएको हो । ती मध्ये शारीरिक हिंसाका नौ जना, मानसिक हिंसाका १३ जना, आर्थिक हिंसाका आठ जना, यौनजन्य हिंसाका १० जना र अन्य ३३ जना छन् ।
पीडितहरुको कानुनी उपचारमा जिल्ला कानुनी सहायता समितिले काम गर्दै आएको छ । समितिले नि:शुल्क रुपमा काम गर्छ । यो अभियान सञ्चालनमा सङ्घीय सरकारले पाँच लाख, प्रदेश सामाजिक विकास मन्त्रालयले ६ लाख र नगरपालिकाले पाँच लाख गरी १४ लाख रुपियाँ लगानी गरेको छ । अल्पकालीन सेवा केन्द्रमा आएका पीडितले ३० दिनसम्म आश्रय लिन पाउँछन् । विशेष परिस्थिति परेमा निर्णय गरेर १५ दिन थप गर्न सकिने प्रावधान रहेको सदस्य सचिव आचार्यले जानकारी दिए।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले हिंसालाई सुक्ष्म रुपमा अनुगमन गर्ने, पीडितको पक्षबाट हेर्ने हो भने कैयौ घटना अझै बाहिर आउन नसकेको प्रष्ट हुने बताए । घरपरिवार, आफन्तबाटै हिंसा हुने भएकोले उजुरीमा नआउने कुराप्रति सचेत बन्दै कानुनको शासन र आम नागरिकनै जिम्मेवार बन्ने वातावरण बनाउनुपर्ने थापाको धारणा थियो ।
नगर प्रमुख बसन्तकुमार श्रेष्ठले लैंगिक हिंसा न्यूनीकरणका लागि सशक्तीकरण, जनचेतनाका कार्यक्रम बढाउनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले हिंसाका घटना कम गर्न कानुनी शासनको पालना हुनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ११ गते, २०८२ - १६:४०
अमेरिका । कृत्रिम बुद्धिमत्ता (एआई)ले अमेरिकामा २२ देखि २५ वर्ष उमेर समूहका कर्मचारीलाई विस्थापित गर्न थालेको छ र सन् २०२२ को अन्त्यदेखि एआई(सम्बन्धित...
भाद्र ११ गते, २०८२ - १६:२३
बैतडी। जिल्ला सदरमुकाम नजिक इश्वरीगङ्गाधान जाने बाटो नजिक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । ब...
भाद्र ११ गते, २०८२ - १६:१४
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्रा...
भाद्र ११ गते, २०८२ - १६:०९
काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले गाली बेइज्जती तथा चरीत्रहत्या सम्बन्धी ...
भाद्र ११ गते, २०८२ - १५:५६
हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित काठेचुलीमा जीप ब्रेक फेल भएर दुर्घटना भएको छ । बुधबार दिउँसो १ लु।प्र–०१–००१ज०२८२ नम्बरको जीप ब्रेक फेल भएर सि...
भाद्र ११ गते, २०८२ - १५:४९
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले नेपालमा इपिएस (EPS) कार्यक्रम सन्चालन गरी नेपाली युवाहरुलाई रोजगार...
भाद्र ११ गते, २०८२ - १५:१८
संयुक्त राष्ट्र। इजरायली सैन्य कारबाही सुरु भएयता गाजा सिटीमा हजारौं मानिस घरबार विहीन भएका छन् । संयुक्त राष्ट्रका मानवीय सहयोगकर्ताले मंगलबार यस्तो ...
भाद्र ११ गते, २०८२ - १५:०७
काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीले आज (बुधबार) तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व...
भाद्र ११ गते, २०८२ - १५:००
सिड्नी। अस्ट्रेलियाको उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि दर सन् २०२५ को जुलाई महिनामा २ दशमलव ८ प्रतिशत पुगेको छ, जुन पछिल्लो एक वर्षको सबैभन्दा उच्...
भाद्र ११ गते, २०८२ - १४:४५
वासिङ्टन। अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा ‘ठूलो बैठक’ को अध्यक्षता गर्नुहुने घोषणा गरेको छन् । बैठकमा...
प्रतिकृया लेख्नुहोस्: