चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घोषणा गरेका छन्।
भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले शुल्क अब अनिवार्य नभएको स्पष्ट पार्दै पहिले तिरेका प्रतिनिधिहरूले चाहेको खण्डमा रकम फिर्ता लिन सक्ने व्यवस्था रहने बताए।
“प्रतिनिधिका रूपमा तोकेको ५ हजार स्वेच्छिक बनाउन चाहन्छु,” लामिछानेले भने, “यति धेरै दिन बस्दा तपाईंहरूलाई दु:ख भयो होला। चाहनुहुन्छ भने तिरिसकेकाहरूले पनि फिर्ता लिन सक्नुहुनेछ।”
त्यस क्रममा उनले पार्टीभित्र सबैलाई स्वतन्त्र रूपमा उम्मेदवारी दिन आग्रह गर्दै रास्वपा पुराना राजनीतिक दलजस्तो नभएको दाबी गरे। साथै, “यसलाई र उसलाई भोट दिनु” भन्ने मानसिकता राख्ने व्यक्ति रास्वपाको हुन नसक्ने पनि उनले बताए।
लामिछानेले विवेक प्रयोग गरेर ५२ लाख नागरिकले रास्वपालाई शक्तिशाली दल बनाएको उल्लेख गर्दै अब पार्टीभित्र पनि विवेकपूर्ण निर्णय आवश्यक रहेको बताए।
उनले महाधिवेशनलाई सफल बनाउन केही चुनौती भए पनि पूर्व नेताहरूले राजनीतिक दल निर्माणका क्रममा धेरै कठिनाइ भोगेको स्मरण गर्दै आफूहरूलाई दुई दिनको असुविधा मात्र भएको टिप्पणी गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...
आषाढ़ ९ गते, २०८३ - १५:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८–१० वर्षमा नेपाली कांग्रेसलाई गम्भीर रूपमा कमजोर बनाइएको टिप्पणी गरेका छन्। झापामा आयोजित...
आषाढ़ ९ गते, २०८३ - १५:१०
काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जार...
आषाढ़ ९ गते, २०८३ - १४:५४
काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विका...



प्रतिकृया लेख्नुहोस्: