Ntc summer Offer
Khabar Dabali ५ भाद्र २०८२ बिहीबार | 21st August, 2025 Thu
Investment bank

रवि लामिछानेको पक्षमा करिब २५ लाख हस्ताक्षर, ४६ लाख सहयोग संकलन

साउन पाँच गतेदेखि घरदैलो हस्ताक्षर अभियान चलाउने

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाएको छ।

बिहिबार केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी हस्ताक्षर र खर्चको विवरण सार्वजनिक गरेको हो । 

सहकारी ठगी आरोपमा पुर्पक्षका लागि भैरहवा जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई राजनीति प्रतिशोध र पूर्वाग्रहका आधारमा राज्यले थुनामा राखेको भन्दै असार ७ गतेबाट हस्ताक्षर अभियान थालेको थियो ।

अभियानका संयोजक दीपक बोहराले हस्ताक्षर अभियानलाई थप प्रभावकारी बनाउन साउन पाँच गतेदेखि वडा स्तरमा घरदैलो कार्यक्रम गर्ने बताए । 

पाँच लाख लामिछानेको अपिल र २ लाख हस्ताक्षर फारम भरेर पठाइसकेको पनि जानकारी दिए । हस्ताक्षर अभियानमा हालसम्म ५९ लाख ६८ हजार खर्चको भएको बोहराले जिकिर गरेका छन् । 

‘अभियानलाई थप विस्तार गर्न सभापतिको अपिल पाँच लाख र हस्ताक्षर २ लाख पठाइसकेको छ । साउन पाँच गतेबाट घरदैलो अभियानमा जाँदैछौँ । सात प्रदेश र अन्य दुई केन्द्रमा गरी जम्मा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर भएको छ’, उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे, यो लोकतन्त्रका लागि निकै ठूलो खतरा : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले सत्तारुढ कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यन भएको र यो लोकतन्त्...

माओवादी पदाधिकारी बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । पछिल्लो राजनीतिक अवस्था र संसदमा प्रभावकारी भूमिका खेल्नुपर्ने भएकाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अनिश्चि...

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा

झापा । लागुऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुन:स्थापना)केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा रहेका...

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने : ट्रम्प

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी सेना नपठाउने आश्वासन दिएको छन् । यद्यपि उहाँले एक दिनअघि यस्तो...

प्रधानमन्त्री अस्वस्थ, सांसदहरको सँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधिसभामा आज हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले ‘ ...

पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग सभामुखको शिष्टाचार भेटवार्ता

काठमाडौँ। सभामुख देवराज घिमिरेले आज सिंहदरबारमा पाकिस्तानको संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेको छन् । काठमाडौँमा मङ्लबार सम्पन्न भएको हिन्दुकुश ह...

भौतिक पूर्वाधार मन्त्री दाहालद्वारा बेलिब्रिज उद्घाटन

इलाम । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज ...

सिस्नेरी–फर्पिङ सडक पहिरो पन्छाएर चार दिनपछि सुचारु

मकवानपुर। पहिरोका कारण अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक पहिरो पन्छाएर चार दिनपछि बुधबार बिहानबाट सुचारु भएको छ । ...

इरानबाट फर्किंदै गरेका अफगानी प्रवासी चढेको बसमा दुर्घटना, ७३ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा बसमा दुर्घटना हुँदा १७ जना बालबालिकासहित ७३ जनाको मृत्यु भएको छ । दुर्घटनाग्रस्तमा बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अ...

प्रतिनिधि सभाको बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा

काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आन्तरिक छलफलमा जुट्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक अगाडि छलफलमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending