मुगु। हिमाली जिल्ला मुगुमा हरेक वर्ष झैँ यस वर्ष पनि परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने सङ्क्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी मनाइएको छ ।
छायाँनाथ रारा नगरपालिका– ६ का ज्येष्ठ नागरिक कर्णबहादुर ऐडीका अनुसार गाउँमा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र ओटालोमा राँको बाल्दै सङ्क्रान्ति मनाएका छन् । उनले भने, ‘‘हाम्रो गाउँहरुले परम्परागत रुपमा राँको बाल्दै गरेको आफ्नो घरको राँको अर्को गाउँका मानिसहरुलाई गाली गर्दै मनाइन्छ ।’’
हरेक वर्ष साउन १ गते का दिन बेलुकी झिसमिसेमा मुगुका बस्तीहरुमा यसपटकको साउने सङ्क्रान्तिका दिनमा राँकोले उज्यालो पारेका छन् । हिमाली जिल्लाको परम्परा अनुसार हरेक घरमा जति परिवार सदस्य छन त्यति नै राँको बालेर आ आफ्नो छत तथा आँगनमा आफू र आफ्नो घरमा रहेको लुतोपाउँडो लैजा, दाङ देउखुरीको समूह आइजा, रोग व्याधि सबै जावस् भन्ने कामना अनुसार राँको बाल्ने चलन मुगुसहित कर्णाली क्षेत्रमा रहेका ज्येष्ठ नागरिक ऐडीको भनाइ छ ।
हरेक वर्ष साउन १ गते नेपालको पर्यटकीय स्थल रारा तालमा स्थानीय देउडा भाकामा साउने सङ्क्रान्तिको मेला मनाइन्छ । मुगुमा परपरागत रुपमा यो संस्कृतिले एक फरक सभ्यता र पर्यटकीय क्षेत्रमा उदाहरण स्थापित गर्दै आएको छ । आगोको राँकोले वित्तिकै जस्तो उज्यालो हुने, ठुलो स्वरले घरका सबै परिवारहरुले कराउने छिमेकी गाउँलाई गाली गर्ने चलन छ । राँको बाली सकेपछि बनाइएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन पनि छ । राँको बाल्ने समयमा दमाहा, ताल समेत बजाउने चलन छ ।
समाजसेवी रुपबहादुर मल्लका अनुसार जिल्लाको सदरमुकाम र जिल्लाका गाउँबस्तीहरुमा एकैपटक आगोको राँको बालेर साउने सङ्क्रान्तिको सन्देश दिने चलन अहिले पनि जीवित छ । करिब १ घण्टा गाउँका बस्तीहरु झलमलिएका हुन्छन् । एकै पटक सबैको घरमा परिवार सदस्य अनुसारको हजारौँ राँको बालेर हेर्दाको दृश्य अच्चमित हुने गरेको छ ।
मल्लले भने, ‘‘परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठुलो सभ्यता बोकेको छ ।’’ साउन १ गते यो क्षेत्रमा स्थानीय बिदा समेत गर्ने चलन रहि आएकोमा यस वर्ष कर्णाली प्रदेश सरकारले राजपत्रअनुसार साउन १ गते बिदा दिएको छ ।
पछिल्लो समयमा बढ्दो बजारीकरणले भने मानिसहरु छतमा स्थान नहुदा राँको ओटालोमै बाल्न थालेका छन् । मुगुको गाउँ बस्तीमा नयाँ आधुनिक घरहरु निर्माण भएका कारण टिन र सिमेन्टको छत भएका घरहरुले आँगन र ओटालोमा राँको बाल्ने चलनको निरन्तरता पछिल्लो पुस्ताले दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ९ गते, २०८२ - १७:००
ताप्लेजुङ । ताप्लेजुङको तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका छन् ।निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर खस्दा तनहुँको सुक्लागण्डकी गाउँपा...
भाद्र ९ गते, २०८२ - १६:४८
काठमाडौं । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। आज ३१७ स्क्रिप्सको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब ७५ करोड...
भाद्र ९ गते, २०८२ - १६:२६
काठमाडौँ । गुन्डा नाइके रेस लामा भनेर परिचित गोपाल मोक्तानलाई पक्राउ परेको छन् । गौशाला प्रहरी वृत्तको टोलीले आइतबार गौशाला क्षेत्रमा गुन्डागर्दी गर्द...
भाद्र ९ गते, २०८२ - १६:१६
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार भोलि दिउँस...
भाद्र ९ गते, २०८२ - १६:०८
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । प्रधानन्यायाधीश प्रका...
भाद्र ९ गते, २०८२ - १५:३४
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्र...
भाद्र ९ गते, २०८२ - १५:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने फेरि उच्च अदालत पुगेका छन् । लामिछाने पत्नी निकिताले सोमबार आफूले श्रीमानको तर...
भाद्र ९ गते, २०८२ - १४:५९
प्राग। मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलो पटक युरोपमा प्रदर्शनीमा राख...
भाद्र ९ गते, २०८२ - १४:४५
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधम...
भाद्र ९ गते, २०८२ - १४:२७
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्र...
प्रतिकृया लेख्नुहोस्: