Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

भारतमा चट्याङबाट ३३ जनाको मृत्यु

खबरडबली संवाददाता

पटना। पूर्वी भाारतमा मनसुनी आँधीका क्रममा चट्याङ् पर्दा कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीले शुक्रबार बताएका छन् । बिहारमा बुधवार र बिहीबार आएको भीषण आँधीका क्रममा यस्तो घटना घटेको भारतको विपद् व्यवस्थापन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्राय: किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका छन् । पटनाका केही भागहरूमा अझै भारी वर्षा र चट्याङको पूर्वानुमान गरिएको छ ।

बिहार राज्यका विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डललाई उदृत गर्दै एएफपीले  सम्बन्धित जिल्ला अधिकारीलाई चट्याङको चेतावनीपछि सावधानी अपनाउन सूचना जारी गर्न निर्देशन दिइएको जनाएको छ ।  

पटना सरकारले चट्याङ्बाट ज्यान गुमाउनेहरूका परिवारलाई ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । पटना सरकारका अनुसार सन् २०२३ मा २७५ र सन् २०२४ मा कम्तीमा २४३  जनाको चट्याङका कारण मृत्यु भएको थियो ।

बिहारसहित भारतको पूर्वी क्षेत्र वार्षिक बाढीको जोखिममा छ जहाँ मनसुनको समयमा कैयौँको ज्यान जानुका साथै लाखौँ मानिस विस्थापित हुने गरेको जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...

सर्वोच्चमा प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता अन्योलमा, प्रशासनिक अवरोधको आरोप

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश...

औषधी पसलमै ठूलो मात्रामा लागुऔषध फेला

ढल्केबर। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका...

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरु

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३ सय...

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...

अनुसन्धान र उद्योगमैत्री नीतिमा जोड दिँन महावीर पुनको सुझाव

काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसू...

देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल कांग्रेसनै हो : गगन थापा

काभ्रे ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल भएको बताएका छन्। सोमबारदेखि काभ्रेमा...

मालपोत कार्यालयका सुब्बाविरुद्ध दुई लाख घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौँ। मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएक...

क्यानडामा हान्ताभाइरस पुष्टि, तीनजनाको मृत्यु

ओटावा। क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी ९पीएचएसी० ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending