Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

करका कारण जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यातमा भारी गिरावट

खबरडबली संवाददाता

बर्लिन । संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ ।

यद्यपि जनवरीदेखि मे महिनासम्मको अवधिमा समग्र निर्यातमा जम्मा १.९ प्रतिशतको मात्र गिरावट आएको जर्मन सङ्ख्यात्मक कार्यालयले जनाएको छ । वर्षको पहिलो तीन महिनामा अमेरिकी ग्राहकले शुल्क लागू हुनु अघि गाडी अर्डर गरेकाले निर्यातमा १४.७ प्रतिशतको वृद्धि देखिएको थियो । तर एप्रिल ३ मा २५ प्रतिशतको नयाँ आयात शुल्क लागु भएपछि जर्मन गाडी निर्यात २३.५ प्रतिशतले घटेको हो ।

जर्मनीको सवारी साधन उद्योग सङ्घ (भिडिए) ले यसअघि नै यस्तो शुल्कले युरोपेली सङ्घबाट अमेरिकातर्फ गाडी पठाउने कार्यमा गम्भीर असर पर्ने चेतावनी दिएको थियो । सङ्घले भनेको छ,“थप शुल्कले स्वतन्त्र र नियममा आधारित व्यापारमा नराम्रो असर पार्दछ ।” सन् २०२४ मा जर्मनीले अमेरिका तर्फ ३६ अर्ब ८० करोड युरो बराबरका गाडी निर्यात गरेको थियो भने सात अर्ब ९० करोड युरो बराबरका गाडी आयात गरेको थियो ।

युरोपेली सङ्ख्यात्मक संस्था यूरोस्ट्याटका अनुसार, अमेरिका अझै पनि युरोपेली गाडीहरूको सबैभन्दा ठूलो निर्यात गन्तव्य हो । कुल घरेलु मूल्यवृद्धिको २० प्रतिशत हिस्सा अमेरिकी बजारबाटै आउने गर्छ । जर्मनी युरोपको सबैभन्दा ठुलो गाडी निर्यात गर्ने देश हो । फक्सवागन, मर्सिडिज-बेन्ज र बिएमडब्लु जस्ता जर्मन कम्पनीहरूले २०२४ मा युरोपेली सङ्घबाट अमेरिका पठाइएका गाडीहरूको झण्डै ७३ प्रतिशत हिस्सा ओगटेका थिए ।

ती सबै कम्पनी अहिले शुल्क वृद्धिका कारण ठुलो दबाबमा छन् । पोर्शे, जुन फक्सवागन समूह अन्तर्गत पर्छ, हाल खर्च कटौतीको योजना बनाउँदैछ । पोर्शेका प्रमुख ओलिभर ब्लुमले कर्मचारीलाई पठाएको पत्रमा कम्पनीको हालको अवस्था कमजोर रहेको र संरचनात्मक परिवर्तन आवश्यक हुने बताए । 

पोर्शेले अप्रिल र मे महिनामा मात्र नयाँ अमेरिकी शुल्कका कारण करिब ३० करोड युरो बराबरको अतिरिक्त खर्च बेहोर्नु परेको जनाएको छ । उता, जर्मनीमा अमेरिका बाट ल्याइने गाडीहरूको मागमा पनि भारी गिरावट आएको छ । जनवरीदेखि मे महिनासम्म अमेरिका बाट आयात हुने गाडी ३० प्रतिशतभन्दा बढीले घटेका छन् । अहिले अमेरिका चीनपछि पाँचौँ स्थानमा झरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending