Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड, सम्मेलनमा पारसको दमदार प्रस्तुती

खबरडबली संवाददाता

काठमाडौँ। नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ ।

सिङ्गापुरमा शनिबार भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालले लगातार दोस्रो पटक यस अवार्ड जितेको  हो ।

सम्मेलनमा भाग लिन गएका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरे।

आइसिसीले यसअघि नै नेपाललाई एसियाली क्षेत्रको विजेताका रुपमा ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’  अवार्डको मनोनयनमा पारेको थियो । 

यस अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया परेका थिए ।

सम्मेलनमा पारसको दमदार प्रस्तुती

आइसिसीको सम्मेलनमा भाग गएका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं सचिव पारस खड्काले सम्मेलनमा नेपाली क्रिकेटको अवास्था र भविष्यको योजान बारे दमदार प्रस्तुती दिएको छन् ।

उनले आइसिसी सम्मेलनमा नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने लक्ष्यमा अघि बढिरहेको बताए । उनले पछिल्लो १० वर्षमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो फड्को मारेको र यसमा आइसिसी, नेपाल सरकार तथा सरोकारवालाको ठूलो साथ रहेको पनि उल्लेख गरे। 

‘‘नेपालले दुई पटक आइसिसी टी–२० विश्वकप खेलिसकेको छ । नेपाल प्रिमियर लिग ९एनपीएल०को सफलता, महिला क्रिकेटको प्राथमिकता, ग्रासरुट क्रिकेटको विकाससँगै विस्तारै  टेस्ट बन्ने हाम्रो प्रतिबद्धता हो,’’ पारसले भने । 

उहाँले नेपाली क्रिकेटमा संरचनागत सुधार भईरहेको र यसले ठुलो स्टेजको रुप लिने पनि दाबी गरे। नेपाल क्रिकेटको इतिहास स्मरण गर्दै पारसले भने,’’ हामीले करिब दुई दशक नेपाली टोलीलाई डिभिजन फाइभबाट ओडीआई राष्ट्रसम्म पुर्‍याउने काम गरेका छौँ । अहिले हामी जहाँ पुगेका छौँ, त्यो यात्रा अविश्वसनीय छ। अब हाम्रो यात्रा रोकिँदैन, तर योजनाबद्धररुपमा अघि बढ्नु जरुरी छ।’’

उनले नेपालका गतवर्ष आयोजना गरिएको एनपिएललाई  नेपाली क्रिकेटको रूपान्तरणकारी क्षण भएको बताउनुभयो । उनले भने, ‘‘एनपिएल केवल नेपालमा मात्र सीमित रहेन, यसले अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिच्यो । आठ फ्रेन्चाइज स्थानीय लगानीकर्ताले सञ्चालन गरे, शिखर धवन र जिमी निसमजस्ता अन्तर्राष्ट्रिय खेलाडीले प्रतक्ष्य स्वाद चाखे । ब्रायन लाराजस्ता महान व्यक्तित्व नेपाल पुगे । निसमले आफ्नो पहिलो फ्रेन्चाइज टाइटल नेपालमै जिते ।’’ 

सम्बोधनका क्रममा पारसले भने,  ‘‘एनपीएलको ट्रफीमा सगरमाथाको ढुङ्गा राखेर विश्वको ध्यान खिच्यौँ । यसबाट विश्वलाई सन्देश दिन खोज्यौँ, कि जलवायु परिवर्तन गम्भीर समस्या हो र नेपाल त्यसको केन्द्रमा छ । क्रिकेटमार्फत पनि यस्तो सन्देश फैलाउन सकिन्छ।’’

पारसले नेपालले अन्त्र्राष्ट्रिय क्रिकेटमा पाएका सफलता, महिला र उमेर समूहको प्रदर्शन जस्ता विषय पनि उजागर गरे। उनले नेपाली क्रिकेटमार सरकारले ठूलो लगानी गरिहरेको भन्दै आइसिसी र अन्य निकायको सहयोग पनि उक्तिकै आवश्यक रहेको बताए ।

‘‘नेपाली क्रिकेटमा ठूलो दर्शक छ, सरकार र आइसिसीको पनि साथ छ । फर्ड लाइटसहितको क्रिकेट रङ्गशाला तयार भईरहेको छ । हामीले घरेलु क्रिकेटमा रेड बल फर्म्याट सुरु गरिसकेका छौँ। फ्रेन्चाइज क्रिकेटले पैसा ल्याउने क्रम सुरु भएको छ । अब टेस्ट क्रिकेट तर्फ हामीले ध्यान दिन जरुरी छ । नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने निश्चित छ । यो हाम्रो सपना मात्र होइन, हाम्रो प्रतिबद्धता पनि हो ।”

पारसले नेपाली क्रिकेट स्पस्ट योजना र दृष्टिकोणसहित विश्वमञ्चमा अगाडि बढेकोले आइसिसीको थप साथ प्रभावकारी हुने समेत बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्।  हाम्रो पार्टी नेपालका...

मधेशका मुख्यमन्त्रीमा कांग्रेस नेता यादवको दाबी पेस

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...

देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...

सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु

खोटाङ। सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ।  खोटाङको खोटेहाङ...

टस जितेर लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले  लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा...

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली। भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलमा गम्भीर अव्यवस्था देखिएको छ । ...

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूले बुझाएको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत पनि गरिसकेको छ। ...

प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रवक्तामा सन्तोष परियार

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...

मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...

प्रधानमन्त्री कार्कीसँग जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending