काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिचको भेटवार्तामा भण्डारीले २ वर्षअघि नै नवीकरण भएको आफ्नो सदस्यताको अहिले विवाद चर्काएकोमा चासो राखेकी छन् ।
आइतबार एमाले पार्टी मूख्यालय च्यासलमा दुई नेताबिच करिब २ घण्टा भएको भेटवार्तामा भण्डारीले आफ्नो सदस्यताबारे भइरहेका टीकाटिप्पणी र सतहमा आएको विवादबारे ओलीसँग प्रश्न मिश्रित चासो प्रकट गरेकी हुन् ।
राष्ट्रपतिको कार्यकाल पूरा गरेर सामान्य नागरिकको हैसियतमा फर्किएकी भण्डारीले सक्रिय राजनीति गर्ने घोषणा गरेसँगै उनको सदस्यताको वैधानिकता र पार्टीमा पाउने जिम्मेवारीबारे एमालेमा विवाद बढेपछि अध्यक्ष ओली र भण्डारीबिच सघन वार्ता भएको हो ।
आफ्नो सदस्यताबारे भेटमा चासो राख्नु स्वाभाविक रहेको भण्डारी निकट मानिएका एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले बताए । यद्यपि भण्डारीले ओलीसँगको भेटपछि राजनीतिक संवाद मात्र भएको प्रतिक्रिया दिएर टारेकी थिइन् । साथै उनले आफ्नो सदस्यता पहिल्यै नवीकरण गरिसकिएको उल्लेख गर्दै बाँकी काम पार्टीको आधिकारिक च्यानलबाट हुने पनि बताइन् ।
दुई नेताबिचको भेटवार्तालाई एमाले नेताहरूले सकारात्मक भनेका छन् । एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुई नेताबिचको छलफल सकारात्मक भएको बताए । उनले अब कुनै पनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि जान सक्ने परिस्थिति नबन्ने बताउँदै पार्टीले जे गर्छ सहमति र छलफलबाट नै टुङ्ग्याउँने बताए ।
उनले दुई नेताबिचको सहमति र संवादबारे सोमबार बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्षले ब्रिफिङ गर्ने जानकारी दिए ।
नेताहरूका अनुसार ओलीसँगको भेटमा भण्डारीले एमाले विधानको धारा ९ को ३ को व्यवस्था पनि स्मरण गराएकी छन् । उक्त धारामा विशेष परिस्थिति र काममा तत्कालीन अवस्थामा कतै नियुक्ति वा विशेष कामका लागि प्रयोग हुने बताएकी थिइन् ।
एमालेको केन्द्रीय कमिटी बैठक आज सोमबार बिहान ११ बजे ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुँदैछ । बैठक दुई दिनसम्म बस्ने तय भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...
पौष ४ गते, २०८२ - १०:१०
काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...
पौष ४ गते, २०८२ - ०९:५५
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...
पौष ४ गते, २०८२ - ०९:४५
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट विमानस्थल पुर्याइएको छ। प्रहरीले उनलाई भैरहवा लैजानका लागि ...
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...




प्रतिकृया लेख्नुहोस्: